बझाङमा एमाले अगाडि, पछ्याउँदै माओवादी

काठमाण्डु टुडे २०८१ वैशाख १६ गते १८:०६ मा प्रकाशित

काठमाण्डु, १६ वैशाख– बझाङ–१ को प्रदेश सभा उपनिर्वाचनको जारी मत गणनामा एमाले उम्मेदवार दमन भण्डारीले अग्रता कायमै राखेका छन् ।

छविसपाथिभेरा गाउँपालिकाको १, २, ३ र ४, ५ र ६ वडामा मतगणना सकिँदा भण्डारीले १ हजार ५ सय ५ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ९ सय ९५ मत पाएका छन् । कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ९ सय १८ मतसहित तेश्रो स्थानमा छन् । एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५ सय ७७ र राप्रपाका किशोर खड्काले २० मत पाएका छन् ।

शनिबार भएको उपनिर्वाचनमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका थिए । २०७९ मा भएको निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंह १७ हजार एक सय १२ मत ल्याएर विजयी भएका थिए ।

सिंहको सवारी दुर्घटनामा निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us