समाचार

प्रहरी चौकीमा आगजनी

२०७२ भदौ ९ गते १८:२९

  रौतहट, ९ भदौ– औरैया–१ स्थित प्रहरी चौकी औरैयाको प्रतिक्षालय, जवान ब्यारेक र थुनुवा ब्यारेकभित्र रहेको खाटमा मधेशी जनाधिकार फोरमका प्रदर्शनकारीहरु र मठिया गाबिसका स्थानीयबासीले बुधबार आगजनी गरेका छन् । औरैयाबासी र प्रहरी टोलीले प्रदर्शनकारीलाई लखेटी आगो नियन्त्रणमा लिएका थिए । यस सम्बन्धमा प्रहरीले...

अमेरिका पठाउने भन्दै ठग्दै, कतिदिन टिक्थ्यो र धन्दा…

२०७२ भदौ ९ गते १८:२४

काठमाण्डु– उच्च पदस्थ व्यक्तिहरुसँग पहुँच देखाई अमेरिका पठाउने भनि रकम ठगी गर्ने काठमाण्डु महानगरपालिका–११ टेकुस्थित सेन्ट्रल इन्भेष्टीगेसन सेक्यूरिटी फोर्स प्रालिका संचालक पक्राउ परेका छन् । सुर्खेत छिन्चु गाविस–२ का ४७ बर्षीय भागचन्द्र महरलाई महानगरीय अपराध महाशाखाले टेकुबाट पक्राउ गरेको छ । महरले म्याग्दीका राजेश...

भारतसँग गुहार माग्दै सभासदले भने, ‘नेपाली मिडिया शासकका लंगौटी’

२०७२ भदौ ९ गते १७:४२

काठमाण्डु, भदौ ९ – कैलालीको टीकापुरमा भएको अमानविय र पासविक घटनाका कारण सिंगो मुलुक स्तब्ध भइरहेको बेलामा केही मधेसवादी दलका सभासदले भारतमा पुगेर नेपाली शासक र सञ्चारमाध्यम विरुद्ध अभिव्यक्ति दिएका छन् । संघीय समाजवादी फोरम नेपालका सभासद अभिषेक प्रताप शाह, केन्द्रीय सदस्य सहसराम यादव,...

सुरक्षाको कारण देखाउँदै २१ प्रहरी युनिट हटाइयो

२०७२ भदौ ९ गते १७:०३

रौतहट, ९ भदौ– आन्दोलनकारीहरु प्रर्दशनलाई निरन्तरता दिएपछि स्थिति हिंसात्मक हुँदै गएपछि सुरक्षाको कारण देखाउँदै जिल्ला प्रहरी कार्यालयले सदरमुकाम बाहिरका २० युनिटलाई खाली गरेर त्यहाँका सुरक्षाकर्मीलाई आसपासका इलाका प्रहरी कार्यालयमा सारेको छ । स्थानीयले मंगलबार राति मठियाको प्रहरी चौकीमा आगजनीको प्रयास गरेपछि बुधबार प्रहरीका अस्थायी...

भारतीय दुतावासमा बम विष्फोट गरेको आरोपमा ५ जना पक्राउ

२०७२ भदौ ९ गते १६:५९

विराटनगर, ९ भदौ-विराटनगरस्थित भारतीय राजदूतावासको इकाइ कार्यालय नजिकको सडकमा गएराति सुतलीबम विष्फोट गराएको अभियोगमा बुधबार प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।   उक्त घटनाको अभियोगमा पक्राउमा एक महिलासहित पाँच जनासँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी गराए ।...

उत्तर–दक्षिण हुनेगरी पाँच विकास क्षेत्र बनाउन माग

२०७२ भदौ ९ गते १६:५०

काठमाण्डु, ९ भदौ-संविधानसभाको बुधबारको बैठकमा सहभागी सभासद्ले संविधान निर्माणको अन्तिम समयमा पनि जनताका जायज मागलाई सम्बोधन हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।   नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथिको छलफलमा भाग लिँदै उनीहरुले सबैको जित हुने गरी संविधान जारी गर्नुपर्ने, उत्तर–दक्षिण हुनेगरी पाँच विकास क्षेत्र...

डुबेर एक पुरुषको मृत्यु

२०७२ भदौ ९ गते १६:३५

सुनसरी, ९ भदौ– सुनसरीको नरसिंह–९ मा पानीमा डुबेको अवस्थामा बुधबार एक पुरुषको शव फेला परेको छ ।   पश्चिम कुशाहा–८ बस्ने वर्ष ४५ का दीलिपकुमार उरावको शव नालाको पानीमा डुबेको अवस्थामा फेला परेको हो ।   मृत्युको कारण खुल्न नसके पनि शव पानीमा केही...

सिर्दिवाससम्म मोटरबाटो खुलाउने तयारी

२०७२ भदौ ९ गते १६:३१

गोरखाबजार, ९ भदौ-जिल्ला दैवीप्रकोप उद्धार समिति गोरखाले उत्तरी भेगको सिर्दिवास गाविससम्म सडक पु¥याउनेबारे गृहकार्य सुरु गरेको छ ।   अहिले गुम्दा गाविसको यममगाउँ र थुमी गाविसको हावाडाँडासम्म सडक पुगेको भन्दै समितिले थप नयाँ सडक ट्र्याक खुलाउन पहल सुरु गरेको हो ।   जिल्लास्थित सडक...

चट्याङ लागेर एकै परिवारका दुई जनाको मृत्यु

२०७२ भदौ ९ गते १५:५५

सुनसरी, ९ भदौ– सुनसरीको कप्तानगञ्ज गाविसमा चट्याङ लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।   बुधबार बिहान चट्याङ लागेर कप्तानगञ्ज–६ की ५५ वर्षीया मोहरीदेवी सरदार र उनकै नातिनी सात वर्षीया चाँदनी सरदारको मृत्यु भएको हो ।   बिहानको खाना बनाउने क्रममा घरमै...

नवलपरासीमा प्रहरीको गोली लागेर २ जना घाइते, स्थिति तनावग्रस्त

२०७२ भदौ ९ गते १५:४६

नवलपरासी, ९ भदौ– नवलपरासीको परासी बजारमा प्रहरी र प्रर्दशनकारीबीच भएको झडपमा २ जना घाइते भएका छन् । बुधबार आक्रोसित भीडले निषेधित क्षेत्र तोडेर अघि बढ्न थालेपछि प्रहरीले गोली चलाउँदा २ जना घाइते भएका हुन् । प्रहरीले चलाएको गाली लागेर नवलपरासीको सनइ– ९ का ५०...

टीकापुर घटनामा घुसपैठ थियो: साउद

२०७२ भदौ ९ गते १५:२०

भक्तपुर, ९ भदौ-सिँचाइ मन्त्री नारायणप्रकास साउदले संविधान निर्माणको सङ्घारमा कैलालीको टीकापुरमा भएको घटनामा घुसपैठ भएको बताएका छन् ।   समसामयिक विषयमा बुधबार रिपोर्टर्स क्लब भक्तपुर शाखाले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री साउदले सो घटना सुनियोजितपूर्ण ढङ्गबाट गराइएको खुलासा गरे ।   संविधान...

काठमाण्डु जिल्ला प्रशासन कार्यालय घेराउ

२०७२ भदौ ९ गते १५:०९

काठमाण्डु, ९ भदौ-उत्पीडन विरोधी संयुक्त राष्ट्रिय मोर्चाले सम्पूर्ण उत्पीडित जनताको मुद्दालाई नयाँ बन्ने संविधानमा सुनिश्चित गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा बुधबार घेराउ गरेको छ ।   सो मोर्चाले देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने तथा घेराउ गर्ने कार्यक्रमअन्तर्गत आज विरोधका कार्यक्रम गरेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us