नीति तथा कार्यक्रम: आन्तरिक स्रोतलाई दिगो बनाई राजस्वको दायरा बढाइने, कर प्रणाली सुधारिने

काठमाण्डु टुडे २०८१ जेठ १ गते १५:५५ मा प्रकाशित

काठमाण्डु, १ जेठ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष कर प्रणालीलाई व्यवस्थित र सुदृढ बनाउँदै दायरा बढाउने बताएका छन ।

आज (मंगलबार) आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन । उनले आन्तरिक स्रोतलाई दिगो बनाइने राजस्वको दायरा बढाइने बताएका छन ।

यस्तै, उनले अनौपचारिक व्यावसायिक क्षेत्रलाई औपचारिक क्षेत्रमा जोड्ने, कर प्रणालीमा सुधार गरिनुका साथै आधुनिक प्रविधिको अधिकतम प्रयोग गरी राजस्व प्रशासनको दक्षता बढाइने पनि बताएका छन ।

यस्तै उनले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रणालीलाई अन्तरआवद्धता बढाई विद्युतीय प्रणालीमार्फत भुक्तानीको व्यवस्था मिलाइने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us