काठमाण्डु, १ जेठ– सरकारले आगामी आर्थिक वर्ष भित्र सरकारले सबै स्थानीय तहका बालिलाई दर्ता गर्ने भएको छ । सबै बालिलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित सबै स्थानीय तहमा पाइने बालिलाई दर्ता गर्ने सरकारले निर्णय गरेको हो ।
यस्तै कृषि पशुपन्छी तथा माछा पालनलाई सूचना प्रविधिमा जडान गर्दै उत्पादकत्व बढाइने पनि भएको छ । एकीकृत उत्पादन र बजारीकरण कार्यक्रम कार्यान्वयनका लागि स्थानी तहलाई प्रोत्साहन गरिनेछ ।
कृषियोग्य बाँझो जमिनमा पशुपालनसहित कृषिखेती गर्न प्रोत्साहन गरिनेछ । कृषि चक्र सुरु हुनु अगावै कृषि क्षेत्रलाई चाहिने आवश्यक वस्तुको व्यवस्थापन र आधार मूल्य तोक्ने समेत सरकारको घोषणा गरेको छ ।