छोरीले ढिकीको मुसलले हिर्काउँदा बाबुको मृत्यु

काठमाण्डु टुडे २०८१ वैशाख १६ गते १८:१० मा प्रकाशित

काठमाण्डु, १६ वैशाख– जुम्लामा बुबाको हत्या आरोपमा छोरी पक्राउ परेकी छन् ।

पातारासी गाउँपालिका–३ का ५६ वर्षीय सुवा महतरातको हत्या आरोपमा उनकी छोरी २६ वर्षीय हाँसु ऐडी पक्राउ परेकी हुन् ।

प्रहरी चौकी डिल्लीचौर र अस्थायी प्रहरी पोष्ट तल्फीबाट खटिएको टोलीले शनिबार उनलाई पक्राउ गरेको हो ।

पातारासि गाउँपालिका–१ घर भइ माइत आएएका बेला बाबुलाई ढिकीको मुसलले हानेर हत्या गरेकी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us