काठमाण्डू, ११ असार– त्रिशूली नदीमा हाम फालेकी एक जना महिला बेपत्ता भएकी छन । धादिङको गल्छी गाउँपालिका–१ की ५६ वर्षीया साइली गिरीले सोही ठाउँको छाङगेश्वर मन्दिर नजिकैको त्रिशूली नदीमा हाम फालेकी हुन् । बुधबार बिहान ९ बजे हाम फालेकी गिरीको खोजी कार्य सुरु गरिएको...
काठमाण्डू, ११ असार– सत्तारुढ एमालेको सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित मुख्यालयमा दिउँसो १ ०० बजे बैठक बस्न लागेको हो । एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि,...
काठमाण्डू, ११ असार– नेपाल एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा १३ असारमा बस्ने गरी बैठक बोलाइएको सो पार्टीले जनाएको छ । अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जली योगपीठलाई हदबन्दीभन्दा बढी जग्गा किन्न र बेच्न अनुमति दिँदा भ्रष्टाचार गरेको आरोपमा...
रौतहट, ११ असार– रौतहटको चन्द्रपुर नगरपालिका–१० निबुवा टोलमा शौचालयको सेफ्टी ट्यांकीमा खसेर एक बालक र एक कालिकाको ज्यान गएको छ । स्थानीय जगदीश साहकी छोरी एक वर्षीया खुश्बु साह र गरिमा साहका छोरा एक वर्षकै रञ्जे साहको सेफ्टी ट्याङकीमा खसेर मृत्यु भएको प्रहरीले जनाएको...
ललितपुर, ११ असार– मनोहरा खोलामा हामफालेका युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । नुवाकोटका १८ वर्षीय आयुष बडाल बुधबार बिहान पौने ७ बजेतिर ललितपुर महानगरपालिका–९ बालकुमारीबाट मनोहरामा हामफालेका थिए । च्यासलस्थित एमाले कार्यालयको सुरक्षार्थ तैनाथ टोलीले युवकको उद्धार गरेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता...
काठमाण्डू, १० असार– सत्ता घटक दल एमालेले आगामी कार्तीकमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही–३ मा एमालेले नेता खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । पूर्वराष्ट्रिय सभा सदस्य समेत रहेका भट्टराई नेकपा एमालेको पोलिटब्युरो सदस्य हुन् । ०७९ को निर्वाचनमा भट्टराई रुपन्देही क्षेत्र नम्बर–५...
काठमाण्डू, १० असार– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकबाट विनियोजन विधेयक (बजेट) पारित भएको छ । आजको प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाइ सभाले बहुमतले पारित गरेको हो ।...
काठमाण्डू, १० असार– पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचारीहरूको लर्को लागेको र त्यसमा आफूलाई नजोड्न आग्रह गरेका छन । अध्यक्ष भट्टराईले आफूले राज्य र समाजलाई हानी हुने गरी एक रुपैयाँ नखाएको जिकिर गर्दै संविधान...
काठमाण्डू, १० असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमा दोहोरोपना काहिँ पनि नभएको बताएका छन् । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक एवं खर्च कटौतीमाथि छलफलका क्रममा सांसदहरूले उठाएका विषयबारे जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।...
काठमाण्डू, १० असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदप्रतिको अपमान, प्रणाली र संविधानको अपमान सह्य नहुने बताएका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र, प्रणाली, उपलब्धि, संघर्ष र बलिदानको...
काठमाण्डू, १० असार– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरुबिच भेटवार्ता भएको छ । सिंहदरबारमा दुई दलबीच सरकारले हिजो गठन गरेको भिजिट भिसा प्रकरणमा छानबिन गर्न बनेको उच्चस्तरीय समिति, समाजवादी मोर्चालाई अगाडि बढाउनेबारे...
काठमाण्डू, १० असार– सर्वोच्च अदालतले टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको बारे कारण देखाउ आदेश जारी गरेको छ । रमाका बुवा बलदेव बस्नेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । प्रधानमन्त्रीसहित राजनीतिक नेतृत्वलाई गाली गरेको र...