समाचार

पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमनले महिलामा उत्साह प्रदान गर्छः सुजाता कोइराला

२०८२ साउन १ गते १३:१०

काठमाण्डू, १ साउन– कांग्रेसकी नेतृ सुजाता कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पुनरागमनले महिलामा उत्साह प्रदान गरेको तर्क गरेकी छन । पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी कोइरालाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएकी हुन । उनले पूर्व राष्ट्रपति भण्डारी एक सक्षम, इमानदार र उच्च राजनीतिक संस्कारयुक्त व्यक्तित्व...

विवादास्पद मन्त्री अधिकारीले सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै

२०८२ साउन १ गते १३:०३

काठमाण्डू, १ साउन– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ३२ लाख घुस रकम लिएको दाबीसहित नयाँ अडियो क्लिप बाहिरिएपछि आज (बिहिबार) पत्रकार सम्मेलन गर्दै छन् । दिउसो ३ बजे मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।...

‘म बाट भ्रष्टाचार हुँदैन’: नवनियुक्त प्रशासनमन्त्री न्यौपाने

२०८२ साउन १ गते १२:३८

काठमाण्डू, १ साउन– नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले नेपाली जनताको कसम खाँदै आफूबाट भ्रष्टाचार नहुने बताएकी छन । घुस लेनेदेनको अडियो काण्ड आएपछि राजीनामा दिएका राजकुमार गुप्ताको स्थान मन्त्री बनेर आएकी न्यौपानेले आफ्‌नो ठुलो शक्ति भनेकै नैतिक तर्क गरेकी छन...

रामेछापमा युवतीमाथि खुकुरी प्रहार

२०८२ साउन १ गते १२:२५

काठमाण्डू, १ साउन– रामेछापको उमाकुण्ड गाँउपालिका–६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । हिजो (बुधबार) साँझ ३२ वर्षीय रजिन सुनुवारले सोही ठाउँकी २७ वर्षकी एलिसा सुनुवारमाथि खुकुरी प्रहार गरेका प्रहरीले जानकारी दिएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी महिलाको उपचारका लागि हेलिकप्टरमार्फत...

विधान संशोधनमा औपचारिक छलफल गर्न एमालेको सचिवालय बैठक

२०८२ साउन १ गते १२:२१

काठमाण्डू, १ साउन– सत्ता घटक दल एमालेले आज (बिहिबार)देखि पार्टीको विधान महाधिवेशनको एजेण्डामा औपचारिक छलफल सुरू गर्दैछ । त्यसका लागि आज दिउँसो १ बजे एमालेको मुख्यालय च्यासलमा सचिवालय बैठक बस्दै छ । साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीका...

रास्वपाले पत्रकार सम्मेलन गर्दै

२०८२ साउन १ गते १२:१५

काठमाण्डू, १ साउन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (बिहिबार) पार्टीको मुख्याल वनस्थलीमा पत्रकार सम्मेलन गर्दै छ । आज दिउँसो साढे ३ बजे पत्रकार सम्मेलन गरेर समसामयिक राजनीतिक घटनाक्रम धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरीएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी...

लुटपाट गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ

२०८२ साउन १ गते ११:१५

  काठमाण्डू, १ साउन– नेपाल प्रहरीले पेस्तोल देखाएर लुटपाट गरेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुबनी जिल्ला देवधा–८ का २३ वर्षीय विजय मुखिया रहेको प्रहरीले जानकारी दिएको छ । उनीमाथि यही असार २० गते धनुषाको जनकनन्दनी गाउँपालिका–१ का...

ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु, २ घाइते

२०८२ साउन १ गते १०:१२

काठमाण्डू, १ साउन– सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिक ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन । मृत्यु हुनेमा ट्रक सहचालक रौतहटको बृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवान रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जानकारी दिएको छ...

थाइल्यान्डबाट ल्याएको ५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

२०८२ असार ३२ गते १८:३०

काठमाण्डू, ३२ असार– प्रहरीले थाइल्यान्डबाट ल्याएको ५ किलो गाँजासहित एकजना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीया लियाओन फुङथर रहेकी प्रहरीले जनाएको छ । असार ३० मा एयर एसियाको उडानमार्फत काठमाण्डू आएका उनलाई विमानस्थलबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण...

लेखा समितिको प्रतिवेदन नसुनी हिँडे बालेन

२०८२ असार ३२ गते १८:१०

काठमाण्डू, ३२ असार– काठमाण्डू महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) बजेट स्वीकृत हुने बित्तिकै हिँडेका छन् । आज (बुधबार) आगामी आर्थिक वर्ष ०८२–०८३को बजेट स्वीकृत भएपछि बालेनले लेखा समितिको संयोजक गायत्री पुडासैनीलाई प्रतिवेदन पेस गर्न भन्दै उनी उठेर हिँडेका हुन् । उनी उठेर हिँडेपछि प्रवक्ता...

काठमाण्डू महानगरपालिकाको बजेट पारित

२०८२ असार ३२ गते १७:५८

काठमाण्डू, ३२ असार– काठमाण्डू महानगरपालिकाका आगामी आर्थिक वर्ष ०८२–८३ को बजेट पारित भएको छ । आगामी आ.व को रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजारको बजेट आज पारित भएको हो । महानगरपालिकाको आन्तरिक आय र बैँक मौज्दात गरी कुल २० अर्ब १२...

दुई मन्त्रीको चीन भ्रमण स्वीकृत

२०८२ असार ३२ गते १७:५५

काठमाण्डू, ३२ असार– गत सोमबार ( ३० असार)मा बसेको मन्त्रिपरिषद् बैठकले दुई मन्त्रीको चीन भ्रमण स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यमन्त्री प्रदीप पौडेल र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको चीन भ्रमण स्वीकृत गरेको आज बुधाबर पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । मन्त्रिपरिषद्को...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us