काठमाण्डू महानगरपालिकाको बजेट पारित

काठमाण्डु टुडे २०८२ असार ३२ गते १७:५८ मा प्रकाशित

काठमाण्डू, ३२ असार– काठमाण्डू महानगरपालिकाका आगामी आर्थिक वर्ष ०८२–८३ को बजेट पारित भएको छ । आगामी आ.व को रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजारको बजेट आज पारित भएको हो ।

महानगरपालिकाको आन्तरिक आय र बैँक मौज्दात गरी कुल २० अर्ब १२ करोड रुपैयाँ स्रोत व्यवस्थापनबाट हुने अनुमान गरिएको छ भने नेपाल सरकार तथा प्रदेश सरकारवाट सशर्त, समानीकरण, राजश्व बाँडफाटबाट प्राप्त हुने अनुदान ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजार स्रोत सुनिश्चित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us