लेखा समितिको प्रतिवेदन नसुनी हिँडे बालेन

काठमाण्डु टुडे २०८२ असार ३२ गते १८:१० मा प्रकाशित

काठमाण्डू, ३२ असार– काठमाण्डू महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) बजेट स्वीकृत हुने बित्तिकै हिँडेका छन् । आज (बुधबार) आगामी आर्थिक वर्ष ०८२–०८३को बजेट स्वीकृत भएपछि बालेनले लेखा समितिको संयोजक गायत्री पुडासैनीलाई प्रतिवेदन पेस गर्न भन्दै उनी उठेर हिँडेका हुन् ।

उनी उठेर हिँडेपछि प्रवक्ता नवीन मानन्धर सहित केहि वडाध्यक्ष पनि उठेका थिए । नगर सभाको अध्यक्ष रहेका बालेन बैठक नसकिँदै हिँडेपछि नगर सभा एकछिन छक्क परेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us