थाइल्यान्डबाट ल्याएको ५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाण्डु टुडे २०८२ असार ३२ गते १८:३० मा प्रकाशित

काठमाण्डू, ३२ असार– प्रहरीले थाइल्यान्डबाट ल्याएको ५ किलो गाँजासहित एकजना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीया लियाओन फुङथर रहेकी प्रहरीले जनाएको छ ।

असार ३० मा एयर एसियाको उडानमार्फत काठमाण्डू आएका उनलाई विमानस्थलबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण व्यूरोका एसपी जनक बहादुर शाहीले जानकारी दिए । आरोपीविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us