काठमाण्डू, १ साउन– रामेछापको उमाकुण्ड गाँउपालिका–६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । हिजो (बुधबार) साँझ ३२ वर्षीय रजिन सुनुवारले सोही ठाउँकी २७ वर्षकी एलिसा सुनुवारमाथि खुकुरी प्रहार गरेका प्रहरीले जानकारी दिएको छ ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी महिलाको उपचारका लागि हेलिकप्टरमार्फत केएमसी अस्पताल काठमाण्डू पठाइएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिएका छन ।
वर्षाको कारण सडक राम्रो नभएकोले सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर सुनुवारलाई थप उपचारका लागि काठमाण्डू पठाइएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिएका छन । रजिनले एलिसाको ढाडमा खुकुरी प्रहार गरेका थिए ।
उनको अवस्था नाजुक रहेको पनि प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिएका छन । खुकुरी प्रहारपछि फरार रहेका रजिन भाग्दै गरेको अवस्थामा उमाकुण्डकै भुजी भन्ने ठाउँबाट पक्राउ परेका छन् । घटना के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान सुरु गरिएको रामेछापका प्रहरी प्रमुख भोला भट्टले जानकारी दिए ।