समाचार

रास्वपाले सोध्यो सुदूरपश्चिम सभापतिलाई स्पष्टीकरण

२०८२ जेठ २९ गते १३:३४

काठमाण्डू, २९ जेठ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम सभापति प्रकाश विष्टलाई स्पष्टीकरण सोधेको छ । केन्द्रीय समिति सदस्य समेत रहेका विष्टलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको रास्वपा स्रोतले जानकारी दिएको छ । पार्टीमा केही विषयमा द्धिविधा भए स्पष्ट पार्नका लागि स्पष्टीकरण...

अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

२०८२ जेठ २९ गते १३:२३

काठमाण्डू, २९ जेठ– काठमाण्डूको कीर्तिपुरमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन जारी छ । अखिलको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि मतदान जारी छ । कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा बिहान ८ बजे नै मतदान हुने भनिएपनि केहीबेरअघि सुरु भएको थियो...

मेयर बालेन र उपमेयर सुनिताको वार्ता, कार्यपालिका राख्ने तयारी

२०८२ जेठ २९ गते १३:०४

काठमाण्डू, २९ जेठ– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोल बीच लामो समयपछि आज (बिहिबार) भेटवार्ता भएको छ । केही वडाध्यक्षसहित भएको वार्तामा छिट्टै कार्यपालिका बैठक राख्न प्रारम्भिक सहमति भएको स्रोतले जानकारी दिएको छ । महानगरका एक वडाध्यक्षले भने, ‘हिजो लामै...

तीनकुने घटनाः थुनछेक बहस आज पनि जारी

२०८२ जेठ २९ गते १२:५२

काठमाण्डू, २९ जेठ– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूको थुनछेक बहस आज (बिहिबार) पनि जारी छ । जिल्ला अदालत काठमाण्डूमा प्रतिवादीहरूको बयान सकेर २० जेठदेखि थुनछेक बहस सुरु भएको थियो । आज ९ औं दिन पनि थुनछेक बहस चलिरहेको हो...

लेखा समिति सभापति पोखरेललाई पितृशोक

२०८२ जेठ २९ गते ९:०४

काठमाण्डू, २९ जेठ– संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई पितृशोक परेको छ । पोखरेलका पिता रामचन्द्र पोखरेलको ८८ वर्षको उमेरमा बुधबार साँझ विराटनगर महानगरपालिका–८ स्थित निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । दिवंगत पोखरेल एमाले मोरङका पूर्वअध्यक्ष हुन् ।  ...

नेपालसँगको सम्बन्ध थप मजबुत बनाउन चाहन्छुः ट्रम्प

२०८२ जेठ २९ गते ७:३०

काठमाण्डू, २९ जेठ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालसँग सामूहिक चासोका विषयमा सहकार्य गर्दै द्विपक्षीय सम्बन्ध अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार ह्वाइट हाउसमा आयोजित एक समारोहमा अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले राष्ट्रपति ट्रम्पसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्ने क्रममा उनले...

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

२०८२ जेठ २९ गते ७:२१

काठमाण्डू, २९ जेठ–हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ । ती प्रणालीको प्रभावले बिहीबार बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको जल...

विद्या भण्डारी केपी ओलीसँग भिडेर एमाले राजनीतिमा आउन खोज्नुभएको छैनः राई

२०८२ जेठ २८ गते २१:५२

खोटाङ, २८ जेठ– एमाले नेता एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले पूर्वराष्टपति विद्यादेवी भण्डारी केपी ओलीर्क समर्थनमा सक्रिय राजनीतिमा आउने बताएका छन् । पार्टीनिकट सञ्चारकर्मीको संस्था प्रेस चौतारीको बुधबार खोटाङको दिक्तेलमा गरेको पत्रकार भेटघाटमा राईले ओलीसँग भिडेर भण्डारी पार्टी नेतृत्वमा आउन नचाहेको बताए ।...

कुशासनमा फसेको सरकार सञ्चार माध्यम र सञ्चारकर्मीमाथि अनुदार देखियोः कोइराला

२०८२ जेठ २८ गते २१:४१

काठमाण्डू, २८ जेठ– कांग्रेसका नेता शेखर कोइरालाले सरकारले सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार व्यवहार प्रदर्शन गरेको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत बुधबार साँझ आफ्नो धारणा सार्वजनिक गर्दै कोइरालाले कुशासनको दुस्चक्रमा फसेको सरकार सञ्चार माध्यम, सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि खनिएको टिप्पणी गरेका हुन् ।...

आँप चोरेको निहुँमा दुई समूहबीच झडप, ९ जना घाइते

२०८२ जेठ २८ गते २१:११

कपिलवस्तु, २८ जेठ– कपिलवस्तु नगरपालिका–५ स्थित बभनीमा बुधबार दिउँसो दुई समूहबीच भएको झडपमा ९ जना घाइते भएका छन् । स्थानीय बगैँचाबाट आँप टिपेको विषयलाई लिएर सुरु विवाद झडपमा परिणत भएको प्रहरीले जनाएको छ । कपिलवस्तु प्रहरीका नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार विवादले उग्ररूप लिएपछि...

धान रोप्ने बेला भयो, किसानले पाएनन् मल

२०८२ जेठ २८ गते २१:०२

पश्चिम नवलपरासी, २८ जेठ– पश्चिम नवलपरासीका किसानले आवश्कताअनुसार मल खरिद गर्न नपाएपछि चिन्तामा परेका छन् । रोपाइँ गर्ने समयमा आवश्यकताअनुसार मल नपाउँदा खेतीपाती राम्रो नहुने भन्दै उनीहरू चिन्तामा परेका हुन् । पाल्हीनन्दन गाउँपालिका–४ का ज्ञानेश्वर सहानीले समयमा मल नपाउँदा उत्पादन वृद्धि नहुने भन्दै चिन्ता व्यक्त...

काँग्रेस–एमाले बिचौलिया र दलालका लागि काम गर्ने पार्टी हुन्ः प्रचण्ड

२०८२ जेठ २८ गते २०:५९

काठमाण्डू, २८ जेठ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस र एमाले बिचौलियाका लागि काम गर्ने पार्टी भएको आरोप लगाएका छन् । बुधबार मुस्ताङमा आयोजित कार्यक्रममा उनले कांग्रेस र एमाले बिचौलिया र दलालका लागि काम गरिरहेको आरोप लगाएका हुन् । माओवादी केन्द्र भने जनताका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us