काठमाण्डू, २ असार– प्रतिपक्षी एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको कडा आलोचना गरेका छन् ।
आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचेतक महरले अर्थमन्त्रीको दम्भले गम्भीर बनाएको समेत बताएका छन । उनले भने, ‘अर्थमन्त्रीज्यूको एटीट्युडले हामीलाई असाध्यै गम्भीर बनायो ।
न त्यसमा विषयवस्तु छ, न सारमा केही जनताको पक्षमा देश विकास गर्न गर्ने, प्याराडाइम सिफ्ट गर्ने खालको विषयवस्तु छ। न उहाँको स्वभाव शैली जुन प्रकारको विद्वानमा हुनुपर्ने स्वभाव शैली हो, त्यो देखियो।’ उनले अर्थमन्त्रीले प्रतिपक्षीहरूलाई अपमान गर्ने गरीकन प्रस्तुत भइरहेको समेत ।
उनले बजेट हावादारी रहेको भन्दै जनताको चाहनाअनुसार काम गर्न नसक्ने बताए । बजेटले जनमतको अपमान गरेको बताए। उनले अर्थमन्त्रीमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन ।
उनले अर्थमन्त्रीलाई ३५ वर्षका काण्डको फाइल खोल्न चुनौती समेत दिएका छन । अर्थमन्त्रीले ल्याएको बजेटले देश बन्ने कुरा प्रधानमन्त्रीलाई पनि विश्वास नभएको बताए ।
प्रधानमन्त्रीले घोषणा गरेको देश बनाउने टीममा अर्थमन्त्री नपर्नुले प्रधानमन्त्रीलाई बजेटप्रति विश्वास नभएको पुष्टि हुने बताएका छन ।