संघीयता र समावेशीताबाट रास्वपा पछि हट्न सक्ने पुनको आशंका

काठमाण्डु टुडे २०८३ असार २ गते १२:५३ मा प्रकाशित

काठमाण्डू, २ असार– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले संघीयता, समावेशीता र समुदायगत भाषा, संस्कृतिजस्ता अधिकारबाट वर्तमान सरकार र सरकारको नेतृत्वकर्ता दल पछि हट्न सक्ने आशंका व्यक्त गरेका छन ।

मगर समुदायको भुमे पर्वका अवसरमा दाङको देउखुरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले यस्तो बताएका हुन । उनले संविधान संशोधनका नममा जनताले उपभोग गरिसकेका अधिकार खोस्ने प्रयास भए स्वीकार्य हुन नसक्ने समेत बताएका छन ।

संविधान सशोधनको नाममा नेपाली जनताको लामो त्याग र बलिदानबाट प्राप्त राजीतिक उपलब्धी खोस्न खोजिए अस्वीकार्य हुने समेत उनले बताए ।

०७२ सालमा संविधान जारी हुनुअघि उठेका र सम्बोधन नभएका जनताका एजेण्डा संविधानमा थप्न सकिने तर, पाइसकेको अधिकार खोस्ने प्रयास किमार्थ स्वीकार गर्न नसकिने उनले अनुरोध समेत गरेका छन । उनले २०५२ सालमा सुरु भएको जनयुद्धले राज्यबाट उत्पीडनमा परेका समुदायलाई माथि उठाएको र समाजमा जागरण ल्याएको भन्दै उनले प्राप्त अधिकार रक्षाको जिम्मेवारी पनि आफूहरूको भएको समेत बताएका छन ।

सरकारले नै बहसपत्र बनाउने भनेर कार्यदल गठन गरेपछि संविधान संशोधनको बहस चलिरहेको छ । यस्तो बेला जनताले पाएका अधिकारबाट राज्य पछि हट्न नहुने उनको खबरदारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us