समाचार

इरानले विश्वकपको खेल सक्ने बित्तिकै केही घण्टाभित्रै अमेरिका छाड्नुपर्ने

२०८३ असार ३ गते १३:२२

काठमाण्डू, २ असार– विश्वकप २०२६ मा सहभागी इरानको राष्ट्रिय टोलीले खेल समाप्त हुनेबित्तिकै केही घण्टाभित्रै देश छाड्नुपर्ने भएको छ । संयुक्त राज्य अमेरिकाका अधिकारीहरूका अनुसार यो नियम लस एन्जलस र सियाटलमा हुने समूह चरणका खेलपछि पनि लागू हुने बताइएको छ । अमेरिकी राष्ट्रपति कार्यालयअन्तर्गतको...

पूर्वराजाले असार २३ मा ८० औँ जन्मोत्सव मनाउँदै

२०८३ असार ३ गते १३:१२

काठमाण्डू, २ असार– पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते निर्मल निवासमा मनाउने तयारी गरेका छन । जनचाहना अनुसार जन्मोत्सव समारोह आयोजना गरिएको पूर्वराजाको संवाद सचिवालयले जानकारी दिएको छ । सचिवालयद्वारा जारी विज्ञप्ति अनुसार जन्मोत्सव समारोहमा पूर्वराजाबाट शुभकामना तथा अभिवादन...

सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति

२०८३ असार ३ गते १३:०७

काठमाण्डू, २ असार– कांग्रेस सांसद चन्द्रमोहन यादवको अभिव्यक्तिप्रति रास्वपाका सांसद गणेश कार्कीले आपत्ति व्यक्त गरेका छन । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले रास्वपाले तपाईँको नाभी अझै काटिएको छैन भनी टिप्पणी गर्दै सभामुखको भूमिकामा प्रश्न उठाएका थिए । प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे सभामुखले कुनै कदम नचालेको...

प्रधानमन्त्रीबारे कांग्रेस सचेतकको टिप्पणीः चिया पिउन भ्याउनुहुन्छ, किसानको समस्या समाधान गर्न फुर्सद छैन

२०८३ असार ३ गते १२:५४

काठमाण्डू, २ असार– प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारले चिया उद्योग र किसानका समस्याप्रति गम्भीर चासो नदेखाएको आरोप लगाएका छन । आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले यस्तो बताएका हुन । उनले इलामसहित पूर्वी पहाडी जिल्लाका चिया उद्योग र किसानहरू गम्भीर...

महिला सांसदसँग सभामुख मुस्काउँदा साइबर बुलिङ गरिएको भन्दै एमाले सांसदको आपत्ति

२०८३ असार ३ गते १२:४२

काठमाण्डू, २ असार– एमालेकी सांसद यशोदाकुमारी बरालले बढ्दो साइबर बुलिङप्रति सरकारको ध्यानाकर्षण गराएकी छन । आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सभामुखसँग महिला सांसदहरू सामान्य रूपमा हाँसेको विषयलाई लिएर सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रति आपत्ति समेत व्यक्त गरिन् । उनले भनिन्, ‘देशमा अहिले साइबर बुलिङ...

आफ्नो आचरणमाथि प्रश्न उठाइएपछि सभामुखले भनेः मेरो ध्यानाकर्षण भएको छ

२०८३ असार ३ गते १२:२९

काठमाण्डू, २ असार– संसद्मा आफ्नो आचरणमाथि प्रश्न उठाइएपछि प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन । कांग्रेसका सांसद चन्द्रमोहन यादवले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को विवादित अभिव्यक्तिउपर रुलिङ नगरेको भनेर सभामुख अर्यालमाथि नै प्रश्न गरेका थिए । उनले भनेका...

भिडियो भाइरल भएपछि सांसद भट्टराईले भनिन्ः भविष्यमा यस्ता गतिविधि दोहोर्याउने छैन

२०८३ असार २ गते १८:१०

काठमाण्डू, २ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो भिडियो भाइरल भएपछि स्पष्टीकरण दिएकी छन । उनले आफू सार्वजनिक जिम्मेवारीमा हुनुअघिको निजी समयसँग सम्बन्धित उक्त भिडियो पुरानो रहेको समेत बताएकी छन । सामाजिक सञ्जालमा मंगलबार बिहानैबाट भट्टराईले...

राहदानी विभागका महानिर्देशक अर्याल र निर्देशक केसीलाई ४ दिन थुनामा राख्न अनुमति

२०८३ असार २ गते १८:०३

काठमाण्डू, २ असार– विशेष अदालतले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई ४ दिन थुनामा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले सोमबारदेखि लागू हुनेगरी उनीहरूलाई...

यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ

२०८३ असार २ गते १७:५६

काठमाण्डू, २ असार– यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट प्रहरीले ६ बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि–५ का २७ वर्षीय रन्जित महर्जन, गोकर्णेश्वर–८ का २३ वर्षीय दोर्जे लामा, चन्द्रागिरि–१२ का ३२ वर्षीय आशिष श्रेष्ठ, चन्द्रागिरि–५ का ४९ वर्षीय केदार श्रेष्ठ, धादिङको सिद्धलेक गाउँपालिका–१ का...

मोबाइल चोरेको भन्दै बाबाले कुटेर गरेका थिए पशुपतिमा हत्या

२०८३ असार २ गते १७:५०

काठमाण्डू, २ असार– ६ फागुन २०८२ शिवरात्रिको भोलिपल्ट पशुपतिमा एक युवकको शंकास्पद मृत्यु भयो । युवकको शव पशुपतिनाथ मन्दिर परिसरमा शव फेला परेको थियो । शव भेटिएपछि प्रहरीले घटनास्थलको मुचुल्का गरी अनुसन्धान अघि बढायो । मृत व्यक्तिको शरीरमा निलडाम र चोटपटक देखिएपछि मृत्यु शंकास्पद...

विश्वप्रकाशले सिटौलासँग सोधेः सात बुँदे प्रस्तावप्रति तपाईंहरूको धारणा के हो ?

२०८३ असार २ गते १७:२७

काठमाण्डू, २ असार– कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सात बुँदेप्रति संस्थापनइतरको धारणा आउनुपर्ने बताएका छन । कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँग मंगलबार विहानको भेटमा उक्त प्रसंग उपसभापति शर्माले निकालेका हुन् । उपसभापति शर्माको काका वितेको आज पाँच दिन हुँदा झापामा रहेका सिटौला समवेदना दिन पुगेका थिए...

मुलुक अलोकतान्त्रिक खोँचतिर धकेलिँदैछ, एमाले–कांग्रेस आन्तरिक समस्याबाट उठ्नुपर्छः एमाले नेता ज्ञवाली

२०८३ असार २ गते १५:३७

काठमाण्डू, २ असार– पूर्व मन्त्री एवं एमाले नेता प्रदीप ज्ञवालीले एमाले र कांग्रेस आन्तरिक समस्याबाट माथि उठेर राष्ट्रिय मुद्दामा केन्द्रित हुनुपर्ने बताएका छन । नेता ज्ञवालीले लोकतान्त्रिक पार्टीहरूभित्र नीति, निर्णय, सङ्गठन, शैली र नेतृत्वका बारेमा मतान्तर देखिनु अस्वाभाविक नभएको पनि उनले बताएका छन ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us