सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति

काठमाण्डु टुडे २०८३ असार ३ गते १३:०७ मा प्रकाशित

काठमाण्डू, २ असार– कांग्रेस सांसद चन्द्रमोहन यादवको अभिव्यक्तिप्रति रास्वपाका सांसद गणेश कार्कीले आपत्ति व्यक्त गरेका छन । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले रास्वपाले तपाईँको नाभी अझै काटिएको छैन भनी टिप्पणी गर्दै सभामुखको भूमिकामा प्रश्न उठाएका थिए ।

प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे सभामुखले कुनै कदम नचालेको उनको आरोप थियो । यादवले बोलेलगत्तै रास्वपा सांसद कार्कीले प्रतिनिधि सभाको नियमावली २१ को ख हेर्न आग्रह गरे ।

उनले सभामुखको आचरणमाथि प्रश्न उठाएको भन्दै आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरे । कार्कीले आपत्ति जनाएलगत्तै सभामुखले पनि यादवको भनाइप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।

उनले भने, ‘उहाँले बोल्नुभएको शब्दप्रति मेरो ध्यानाकर्षण भएको छ। नियमावलीको नियम २१ तर्फ ध्यानाकर्षण गराउँछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us