समाचार

गृहमन्त्री लेखकलाई स्वागत नेपालको चुनौतीः भिजिट भिसा प्रकरणमा संसद्को रोष्ट्रमबाट होइन, अदालतको कठघरामा जवाफ दिनुस

२०८२ जेठ ३१ गते १२:४१

काठमाण्डू, ३१ जेठ– स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक स्वागत नेपालले गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा प्रकरणमा संसद्को रोष्ट्रमबाट होइन, अदालतको कठघरामा जवाफ दिन चुनौती दिएका छन । गृहमन्त्री लेखकले हालै संसद्‌मा आफू भिजिट भिसा प्रकरणमा संलग्न नभएको बयान दिएपछि नेपालले सामाजिक सञ्जालमार्फत यस्तो चुनौती...

०८३ को मङ्सिर भन्दा अगाडि नै पार्टीको महाधिवेशन हुन्छः महामन्त्री थापा

२०८२ जेठ ३१ गते १२:३२

काठमाण्डू, ३१ जेठ– कांग्रेस महामन्त्री गगनकुमार थापाले २०८३ साल मङ्सिर भन्दा अगाडि नै पार्टीको महाधिवेशन हुने बताएका छन । कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाण्डूको तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले यस्तो...

रास्वपा सांसदहरुप्रति रमेश लेखकको हेपाहा टिप्पणीः म मन्त्री भइसक्दा तपाईंहरु स्कुल पढ्दै गरेका साना केटाकेटी हुनुहुन्थ्यो

२०८२ जेठ ३० गते २२:४१

काठमाण्डू, ३० जेठ– गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुप्रति हेपाहा अभिव्यक्ति दिएका छन् । लेखकले आफू वर्षौंदेखि लोकतन्त्र र जनअधिकारका लागि संघर्ष गर्दै आएको भन्दै रास्वपाका सांसदहरु आफू मन्त्री भइसक्दा स्कुल पढ्ने सानासाना विद्यार्थी रहेको बताए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला...

नैतिकता भएको मानिस हुुँ, गृहमन्त्री पदको दुरुपयोग गरी अनुसन्धान प्रभावित पार्ने काम गर्दिनः रमेश लेखक

२०८२ जेठ ३० गते २२:२७

काठमाण्डू, ३० जेठ– गृहमन्त्री रमेश लेखकले आफूले अख्तियारले गरिरहेको भिजिट भिसा प्रकरणमा कुनै प्रकारको अनुचित दबाब वा प्रभाव पार्ने काम नगर्ने दाबी गरेका छन् । प्रतिनिधिसभा बैठकमा शुक्रबार बोल्दै उनले अख्तियारजस्तो स्वतन्त्र र सबल निकायको अनुसन्धान प्रभावित गर्नै नमिल्ने उनले बताए । संवैधानिक आयोगले...

माधव नेपालको सांसद पद निलम्बनमा परेको सूचना संसदमा सुनाइयो

२०८२ जेठ ३० गते २१:५८

काठमाण्डू, ३० जेठ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं रौतहट–१ बाट निर्वाचित सांसद माधवकुमार नेपालको सांसद पद निलम्बन भएको सूचना प्रतिनिधसभामा पढेर सुनाइएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उक्त सूचना पढेर सुनाए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनी...

भिजिट भिसा प्रकरण रमेश लेखकको नेतृत्वमा भएको लुटतन्त्र हो भन्ने यथेष्ट प्रमाण आइसक्योः रास्वपा

२०८२ जेठ ३० गते २१:४१

काठमाण्डू, ३० जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भिजिट भिसाका नामा हुने मानव तस्करीको नेतृत्व गृहमन्त्री रमेश लेखकले गरेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै झाले अध्यागमन विभागमार्फत भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको नेतृत्व गृह मन्त्रालयले गरिरहेको आरोप लगाए । झाले अख्तियार...

रास्वपा कार्यालयमा आफूविरुद्ध नक्कली पीडित खडा गरी जाहेरी दिने तयारी भइरहेको गृहमन्त्रीको आरोप

२०८२ जेठ ३० गते २१:२६

काठमाण्डू, ३० जेठ– गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणसँज जोडेर नक्कली पीडित खडा गरी आफूविरुद्ध पार्टी कार्यालयमा कीर्ते जाहेरी तयार गर्ने काम भइरहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा शुक्रबार भिजिट भिसा प्रकरणमा प्रष्टीकरण दिँदै उनले त्यस्तो बताएका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

भिजिट भिसा प्रकरणमा म संलग्न छैन, हुनै सक्दिनः गृहमन्त्री लेखक

२०८२ जेठ ३० गते २१:१५

काठमाण्डू, ३० जेठ– गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै शुक्रबार उनले विगतदेखिनै आफ्नो सार्वजनिक छवि हेर्न भन्दै मानव तस्करीजस्तो जघन्य अपराधमा आफू संलग्न हुनै नसक्ने बताए । यस घटनामा आफूलाई नियोजित र प्रतिशोधपूर्ण रूपमा...

रास्वपाले भन्योः माओवादीसँग मायाप्रीति रहने गरी पारपाचुके ग-यौं, संसदको अवरोध जारी रहन्छ

२०८२ जेठ ३० गते १६:३९

काठमाण्डू, ३० जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा अवरोध जारी राख्नेभएको छ । सत्तारुढ काँग्रेस, एमाले र माओवादी केन्द्रबीच भएको दुई बुँदे सहमतिमा रास्वपाले असहमति जनाएको छ । रास्वपा सह–प्रवक्ता मनिष झाले तीन दलबीच भएको सहमतिले समस्याको समाधान नदिने बताए । माओवादीले आफूहरुलाई...

संसद् अवरोध खुलाउन सत्ता र प्रतिपक्षबीच २ बुँदे सहमति

२०८२ जेठ ३० गते १६:३६

काठमाण्डू, ३० जेठ– केहि समय यता प्रतिनिधि सभामा जारी अवरोध हटाउन सत्तापक्ष र विपक्षबिच संसद् अवरोध खुलाउन २ बुँदे सहमति भएको छ । आज (शुक्रबार) सत्तापक्षका तर्फबाट मुख्य सचेतक महेश बर्तौला र विपक्षका तर्फबाट माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सहमतिमा हस्ताक्षर गरेका छन् ।...

रवीन्द्र मिश्र र धवलशमशेर छिट्टै अदालतमा उपस्थित हुने

२०८२ जेठ ३० गते १६:२२

काठमाण्डू, ३० जेठ– गत १५ चैतमा काठमाण्डूको तीन कुने क्षेत्रमा राजावादी समुहले गरेको प्रदर्शन हिंसात्मक भएसँगै अदालतमा मुद्दा खेपिरहेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा हाल ‘फरार’ छन् । उनीहरू आफ्ना कानुन व्यवसायीसँगकै परामर्शका आधारमा अदालतमा हालसम्म अनुपस्थित नभएको बताइएको छ ।...

अदालतमा प्रसाईँको अनुनयः त्यो गाडी फिर्ता दिलाइपाऊँ

२०८२ जेठ ३० गते १६:०४

काठमाण्डू, ३० जेठ– गत १५ चैतमा काठमाण्डूको तीन कुने क्षेत्रमा राजावादी समुहले गरेको अराजक र हिंशात्मक प्रदर्शनको क्रममा पक्राउ परेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जिल्ला अदालत काठमाण्डूमा बयानका क्रममा चैत १५ गते तीनकुनेबाट जफत भएको आफ्नो गाडी फिर्ता मागेका छन् । तीनकुनेमा भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us