काठमाण्डू, ४ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाइमा भएको अनियमितता प्रकरणमा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बयानका लागि बोलाएको छ । आयोगले २ दिनअघि (मंगलबार) बूढानीलकण्ठस्थित देउवा निवासमा बयानका लागि म्याद तामेलीको सूचना टाँसेको हो । सूचना टाँसेको मितिले बाटोको म्यादबाहेक ३ दिनभित्र...
काठमाण्डू, ४ असार– भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि पूर्वका चिया उद्योगहरू धमाधम बन्द हुन सुरु गरेका छन । १ असारदेखि इलामका ५६ उद्योग बन्द भएकोमा आज (४ असार) देखि झापाका ३० भन्दा बढी चिया उद्योग र करिब दुई दर्जन चिया बगानहरू पनि...
काठमाण्डू, ४ असार– गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन । आज (बिहिबार) राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकमा सहभागीपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री गुरुङले यस्तो बताएका हुन ।...
काठमाण्डू, ४ असार– भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पूर्वाधार बजेट यस वर्ष नबुझ्ने गरी बनाइएको बताएका छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै भौतिकमन्त्री लम्सालले यस्तो बताएका हुन । उनले एकै प्रकृतिको आयोजनाको टेन्डर एकै पटक खोल्दा काम गर्ने समय फरक पर्ने...
काठमाण्डू, ४ असार– प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदमा रक्षामन्त्रीको खोजी गरेका छन् । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेन शाह सदनमा नआएपनि मन्त्रालयगत छलफलमा रक्षा मन्त्री आउनुपर्ने उनले बताएका छन । रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री शाहले...
काठमाण्डू, ४ असार– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्ष ०८३-८४ का लागि शिक्षा तथा खेलकुद क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन । आज (बिहिबार) ब प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पोखरेलले...
काठमाण्डू, ४ असार– गृहमन्त्री सुधन गुरुङले गलत गर्नेलाई सरकारले नछाड्ने बताएका छन । विपद् व्यवस्थापन समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै त्यही अनुसारमा हिजो मात्रै सुरक्षा निकायलाई आफूले निर्देशन दिइसकेको समेत उनले बताएका छन । गृहमन्त्री गुरुङले भने, ‘सेवा नै हाम्रो धर्म हो । सुरक्षा...
काठमाण्डू, ४ असार– प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आइटी र एआइसम्बन्धी सबै जिम्मेवारी आफू मातहत राखेको गुनासो गरेका छन् । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष ०८३–०८४ को वार्षिक विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा...
काठमाण्डू, ४ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी ७ देखि ९ असारमा हुने आफ्नो प्रथम महाधिवेशनमा शुभकामना मन्तव्यका लागि अन्य दलका प्रमुख नेतालाई बोलाउने भएको छ । आगामी आइतबारदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनको उद्घाटन सत्रमा दलका प्रमुखहरूलाई आमन्त्रण गर्ने...
काठमाण्डू, ४ असार– प्रधानमन्त्री बालेन्द्र शाह बालेन प्रतिनिधिसभाको बैठकमा उपस्थित हुनेबारे संसद् सचिवालयले अनभिज्ञ छ । कार्यसूचीअनुसार आगामी आर्थिक वर्ष ०८३–८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेनले दिने कार्यक्रम रहेको छ । रक्षा मन्त्रालय प्रधानमन्त्री बालेन शाहले सम्हालिरहेका छन्...
काठमाण्डू, ४ असार– औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन काटेको छ । लामो समयदेखि औद्योगिक क्षेत्रको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर पनि भाडा र महसुल नतिरलिमिटेडले बुधबारदेखि धमाधम लाइन काट्न सुरु गरीएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको...
काठमाडौं- सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, बीमा ऐन, धितोपत्र तथा विदेशी विनिमय सम्बन्धी विभिन्न कसुरमा अभियोग लागेका दिपक भट्ट र सुलभ अग्रवाललाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले...