काठमाण्डू, २ असार– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा पनि सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिएको सीमासम्बन्धी विषयको अभिव्यक्तिको विरोध गर्दै जवाफ मागेका छन् । बैठकमा प्रधानमन्त्रीको धारणा रेकर्डबाट हटाउन सांसदहरुले माग गरेका छन । प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रमेश हमालले...
काठमाण्डू, २ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ । पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा अर्याललाई पक्राउ गरीएको अख्तियार स्रोतले जानकारी दिएको छ। यो केसमा अर्यालका साथै व्यवसायी सिद्धार्थ थापा पनि जोडिन्छन् । अर्का एक जना व्यक्ति पनि...
काठमाण्डू, १ असार– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३–०८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट ल्यानएको छ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आज (सोमबार) प्रदेश सभामा उक्त बजेट प्रस्तुत गरेका हुन् । उनले पोखरामा आयोजित...
काठमाण्डू, १ असार– प्रतिपक्षी दल एमालेका सांसद राजेन्द्र राईले रोष्ट्रममै बसिदिन्छु भनेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरीएको छ । प्रतिनिधिसभामा नौ वटा मन्त्रालयगत शीर्षकमा बजेट छलफल भइरहँदा दुई मन्त्री मात्रै उपस्थित भएपछि उनले मन्त्रीहरू उपस्थितिका लागि माग गरे । सभामुखले उनलाई आफ्ना...
काठमाण्डू, १ असार– सर्वोच्च अदालतले नागरिकको दैनिक जीवन र सुरक्षासँग जोडिएका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । सार्वजनिक संरचना र त्यसको व्यवस्थापनमा हुने लापरबाहीका कारण नागरिकले नोक्सान बेहोर्नु परेकाले त्यसको क्षतिपूर्तिको व्यवस्था (दुष्कृतिसम्बन्धी कानुन कार्यान्वयन) हुनुपर्ने माग राखी दायर रिट निवेदनमा सर्वोच्च अदालतले सडक...
काठमाण्डू, १ असार– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३-०८४ को बजेट प्रदेश मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । आज (सोमबार) अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको कर्णाली प्रदेश सरकारका सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिएका छन । कर्णाली प्रदेश आर्थिक...
काठमाण्डू, १ असार– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३–०८४ को लागि ६६ अर्बको बजेट ल्याउने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार ६६ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी भइरहेको हो । आज ४ बजेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा...
काठमाण्डू, १ असार– एमाले महासचिव शंकर पोखरेलले नयाँ ढङ्गले अघि बढ्नुपर्छ भन्ने मान्यता अनुसार पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउने बताएका छन । आज ९सोमबार० एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यको पदभार ग्रहण कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन ।...
काठमाण्डू, १ असार– एमाले सांसद छितिज थेबेले आगामी आर्थिक बर्षको लागि संसद्मा प्रस्तुत बजेटले युवाहरूमा उत्साह जगाउन नसकेको बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद थेबेले यस्तो बताएका हुन । उनले बजेटको मन्त्रालयगत शिर्षकमाथिको छलफलमा बोल्दै उनले यस्तो टिप्पणी गरेका...
काठमाण्डू, १ असार– कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारका मन्त्रीको बोलीमा लगाम लगाउन प्रधानमन्त्री बालेन्द्र शाहसँग अनुरोध गरेका छन । भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीको खुट्टा भाँचिदिनू भनि दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै कांग्रेस उपसभापति शर्माले यस्तो बताएका हुन । शर्माले भने, ‘एकजना...
काठमाण्डू, १ असार– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको प्रमाणसहित मन्त्रालयको उजुरी गर्न अनुरोध गरेका छन । मन्त्री श्रेष्ठले मन्त्रालयको हटलाइन नम्बर ११५१ मा तत्काल जानकारी गराउन...
काठमाण्डू, १ असार– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले रकमान्तर गरेर सीमामा तारजाली लगाउन १ खर्ब बजेट विनियोजन गर्न सरकारसँग माग गरेका छन । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटअन्तर्गत मन्त्रालयगत छलफलमा भाग लिँदै नेता साम्पाङले सरकारसँग...