बजेटले युवाहरूमा उत्साह जगाउन सकेनः क्षितिज थेबे

काठमाण्डु टुडे २०८३ असार १ गते १६:२१ मा प्रकाशित

काठमाण्डू, १ असार– एमाले सांसद छितिज थेबेले आगामी आर्थिक बर्षको लागि संसद्मा प्रस्तुत बजेटले युवाहरूमा उत्साह जगाउन नसकेको बताएका छन ।

आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद थेबेले यस्तो बताएका हुन । उनले बजेटको मन्त्रालयगत शिर्षकमाथिको छलफलमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन ।

सांसद थेबेले भने, ‘समग्रमा बजेटको आकार ठूलो छ । शब्द चयनहरू आर्कषक छ । प्रस्तुती प्रभावशाली छ, ऐतिहासिक अवसर प्राप्त यो सरकारप्रति असाध्यै ठूलो आशा थियो । म एक युवा सांसद भएको नाताले म भित्र अत्यन्तै उत्साह थियो । जब बजेट वक्तव्य पढेँ, सुनेँ त्यसपछाडि त्यो उत्साह रहन सकेन ।’

आफूले लामो समय युवा आन्दोलनलाई नेतृत्व गरेर आएको स्मरण गर्दै उनले युवा मन्त्रालयसाग सम्बन्धित रहेर नै आफ्ना धारणा राखे ।

चुनावका बेला आफूलाई युवाले गरेको प्रश्न सम्झिए, ‘तपाईंको पार्टीले कति युवालाई रोजगारी दिन्छ ?’ यस्तै प्रश्न रास्वपाले पनि सामना गरेको स्मरण गरे र रोजगारी सिर्जन गर्ने वाचा सबैले गरेको बताए । जब बजेट आयो तब युवाहरुले आश गरेको रोजगारीको अवसर प्राप्त गर्ने आश देख्न नसकेको पनि उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us