समाचार

आजदेखि बन्द भए चिया उद्योग

२०८३ असार १ गते १२:५८

काठमाण्डू, १ आसर– भारतीय पक्षले नेपाली चिया निकासीमा विभिन्न बहानामा अवरोध सिर्जना गरेपछि सोमबार (आज) देखि इलामका चिया उद्योगहरू बन्द भएको छ । भारतले गुणस्तर जाँचको बहानामा डेढ महिनादेखि नेपाली चिया निर्यातमा अड्चन खडा गरेपछि उद्योगीहरूले आजदेखि उद्योग बन्द गर्ने घोषणा गरेका हुन ।...

अर्थमन्त्री वाग्लेलाई एमालेको प्रश्नः फाइल खोल्ने धम्की कसलाई दिएको ?

२०८३ असार १ गते १२:४१

काठमाण्डू, १ आसर– प्रतिपक्षी दल एमालेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रश्नकर्ता सांसदहरूलाई फाइल खोल्ने धम्की दिएको भन्दै यसमा जवाफको माग गरेको छ । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै पार्टीको तर्फबाट समय लिएर बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा आर्यालले यस्तो प्रश्न...

फेसबुक पोस्टमाथि आलोचना बढेपछि बालेनले भने: म बिदाको दिन जिस्किन्छु

२०८३ असार १ गते ५:३९

काठमाडौँ, असार १ — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफूले सामाजिक सञ्जालमा गरेको पोस्टलाई लिएर विभिन्न टिकाटिप्पणी हुन थालेपछि स्पष्टीकरण दिएका छन् । आइतबार साँझ उनले गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालसँगको तस्वीर फेसबुकमा सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ लेखेका थिए ।...

टेम्पो भीरबाट खसालिएको घटनामा ११ वन कर्मचारी पक्राउ

२०८३ जेठ ३१ गते २१:३९

धनगढी- कैलालीको गोदावरी नगरपालिका–४ बासपानीमा स्थानीय महिलाको टेम्पो भीरबाट खसालिएको घटनामा प्रहरीले ११ जना वन कर्मचारीलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धानका लागि चार जनालाई इलाका प्रहरी कार्यालय मालाखेती र सात जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको...

कांग्रेसलाई इतिहासकै कमजोर बनाउने खलनायक गगन थापा हुन्ः मोहन बस्नेत

२०८३ जेठ ३१ गते १७:११

काठमाण्डू, ३१ जेठ– पूर्व मन्त्री एवं कांग्रेस नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर मोडमा पुर्याएको बताएका छन । आज (आइतबार) विराटनगरमा कांग्रेस इतर पक्षको भेलालाई सम्बोधन गर्दै कांग्रेस नेता बस्नेतले यस्तो बताएका हुन । पार्टीभित्रको आन्तरिक विवाद र क्रियाशील सदस्यता...

नेतृत्वप्रति सिटौलाको गुनासोः शत्रुलाई पनि यस्तो व्यवहार गरिँदैन

२०८३ जेठ ३१ गते १६:५०

काठमाण्डू, ३१ जेठ– कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र भइरहेको आन्तरिक कलह, कार्यशैली र महाधिवेशनको अन्योललाई चिर्नु पर्ने बताएका छन । पार्टीको विवाद समाधान गर्न नेतृत्वले साहस देखाउनुपर्ने भन्दै उनले अनावश्यक ‘नाटक’ बन्द गर्न समेत अनुरोध गरेका छन । आज (आइतबार) विराटनगरमा कांग्रेसको इतर समूहले...

सहकारी ठगको पैसा सरकारी बजेटबाट तिर्न सुरु गरे वर्तमान व्यवस्था नै ढल्छः दुर्गा प्रसाईं

२०८३ जेठ ३१ गते १६:४२

काठमाण्डू, ३१ जेठ– नयाँ पार्टी गठन गर्न लागेका मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले मुलुकमा वर्तमान गणतान्त्रिक शासन व्यवस्थाको अन्त्य हुने चेतावनी दिएका छन । आज (आइतबार) काठमाण्डूमा आयोजित ‘प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा...

राप्रपा राजा र धर्म साट्ने पार्टी होः दुर्गा प्रसाईं

२०८३ जेठ ३१ गते १६:३३

काठमाण्डू, ३१ जेठ– नयाँ पार्टी गठन गर्न लागेका मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजा र धर्म साट्ने पार्टी भएको आरोप लगाएका छन । आज (आइतबार) काठमाण्डूमा नयाँ पार्टी गठनको गृहकार्यबारे जानकारी...

महानगरमा भाडामा लगाएको घर अब अनिवार्य दर्ता गर्नुपर्ने

२०८३ जेठ ३१ गते १६:१९

काठमाण्डू, ३१ जेठ– काठमाण्डू महानगरपालिकाभित्र अब भाडामा लगाएको घरजग्गा तथा अन्य संरचना र सम्पत्ति अनिवार्य दर्ता गर्नुपर्ने भएको छ । काठमाण्ण्डू महानगरले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो । नीति तथा कार्यक्रमले घर बहाललाई औपचारिक प्रणालीमा...

नेपाली कांग्रेस टुक्रियो, अब एक ढिक्का हुनुपर्छः सशांक कोइराला

२०८३ जेठ ३१ गते १६:०२

काठमाण्डू, ३१ जेठ– कांग्रेसका पूर्वमहामन्त्री डा. सशांक कोइरालाले कांग्रेस हाल अत्यन्त कमजोर अवस्थामा पुगेको बताउँदै पार्टी एकता गर्नुपर्ने बताएका छन । पार्टी दुई टुक्रा भएको भन्दै उनले एक मात्र विकल्प एकता रहेको समेत बताएका छन । आज (आइतबार) कांग्रेस इतर समूहले विराटनगरमा आयोजना गरेको...

काठमाण्डू महानगर लक्ष्यः निस्शुल्क पिउने पानी र सर्वसुलभ सार्वजनिक शौचालय

२०८३ जेठ ३१ गते १५:३७

काठमाण्डू, ३१ जेठ– काठमाण्डू महानगरपालिकाले सहरी योजना अन्तर्गत आवधिक, रणनीतिक तथा क्षेत्रगत योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा यस्तो योजना उल्लेख छ । ‘विपद् व्यवस्थापनसँग सम्बन्धित सूचना तथा विवरणलाई भौगोलिक सूचना प्रणालीमा आबद्ध गरिनेछ ।...

रास्वपा कार्यकर्तालाई सहमहामन्त्री आर्चायको अनुरोधः धैर्यता के हो ? पुराना दलबाट सिक्नुहोस्

२०८३ जेठ ३१ गते १५:०३

काठमाण्डू, ३१ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिन आचार्यले पार्टीमा पद प्राप्त गर्न खोज्नेहरुको बिगबिगी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन । चुनावमा टिकट नदिए पनि पार्टीलाई माया गरेर क्रियाशील भइरहनु पर्नेमा पदीय भूमिका खोज्ने क्रम बढेको समेत सहमहामन्त्री आर्चायले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us