काठमाण्डू, २५ चैत– काठमाण्डू महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले तलब पाएका छन । पछिल्लो तीन महिना रोकिएको तलब सोमबार सबैको खातामा पुगेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन । प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिको तीन महिनादेखि तलब रोकिएको थियो । रोकिएको...
काठमाण्डू, २५ चैत– आज सोमबार मन्त्रीपरिष्दको बैठक बस्दै छ । बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले स्रोतले जानकारी दिएको छ । आजको मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिएका छन ।...
काठमाण्डू, २५ चैत– नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनको मतगणना आज (सोमबार)बाट सुरु भएको छ । काठमाण्डूस्थित बारको केन्द्रीय कार्यालयमा झापा, इलाम र विराटनगरको मतपेटिकाबाट गणना सुरु भएको निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाले जानकारी दिएका छन । देशभर...
काठमाण्डू, २५ चैत– अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकमा वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायममुकायम गभर्नर जिम्मेवारी तोकीएको छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै मन्त्रालयले वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको हो । नेपाल राष्ट्र बैंक ऐन २०५८...
काठमाण्डू, २५ चैत– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको प्रर्दशनमा एक जना युवकले लुटेको सशस्त्र प्रहरी बलको ग्याँस गन अझै फेला पर्न सकेको छैन । पूर्व राजाको समर्थनमा दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको समूहले गरेको प्रदर्शनमा एक जना युवकले सशस्त्र...
काठमाण्डू, २५ चैत– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिलानेलाई आज (सोमबार) जिल्ला कारागार भैरहवा, रुपन्देहीमा राखिएको छ ।उनलाई कारागारको ४ नम्बर ब्लकमा राखिएको कारागार प्रशासक सुरेश भण्डारीले जानकारी दिएका छन ।...
काठमाण्डू, २५ चैत– हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा ३९ वटा दुर्लभ लोपोन्मुख हिउँ चितुवा फेला परेको छ । उकाली तथा तेस्रो ध्रुव संरक्षणले र डिभिजन वन कार्यालय हुम्लाको समन्वयमा गरेको सर्वेक्षणमा ३९ वटा हिउँ चितुवा रहेको पाइएको हो । सन् २०२२ देखि २०२३ सम्म त्यस...
काठमाण्डू, २५ चैत– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज सोमबार जिल्ला कारगार भैरहवा पुर्याइएको छ । शुक्रबार राति आफ्नै निवास काठमाण्डूबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते नै यति एअरलाइन्सको विमानमार्फत...
काठमाण्डू, २४ चैत- वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षमा निधन भएको छ । काठमाण्डूको पुरानोबानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार राति ९ बजे उपचारका क्रममा रिसालको निधन भएको हो । रिसाल पछिल्लो समय फोक्सो र मुटुको समस्याबाट ग्रसित थिए । रिसाल विक्रम सम्वत २०१३...
काठमाण्डू, २४ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्रसमेतको सहमतिमा देशमा गणतन्त्र ल्याएको बताएका छन । माओवादी पछि मात्रै आफूहरुसँग मिसिएको उनले बताए । आज (आइतबार) पार्टी मुख्यालय आलोकनगरमा एकीकृत समाजवादी निकट आदिवासी जनजाति महासंघको भेला तथा प्रशिक्षण कार्यक्रमलाई...
काठमाण्डू, २४ चैत– नेकपा (एमाले)का नेता तथा सांसद सूर्य थापाले न्यायालयको फैसलाविरुद्ध सिंगो पार्टीको रुवाबासी र ल्याङल्याङ किन गरेको भन्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रश्न गरेका छन् । एमाले सांसद थापाले सामाजिक सञ्जालमार्फत रास्वपा सभापति रवि लामिछानेले पार्टी खोल्नुअघिको बचत...
काठमाण्डू, २४ चैत– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन डढेलो नियन्त्रण र व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र दक्ष जनशक्ति नभएको बताएका छन । नेपालमा आगलागीको जोखिम कम गर्न र विद्युतीय सुरक्षासँग सम्बन्धित नयाँ प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाण्डूमा आज (आइतबार)देखि सुरु भएको अन्तर्राष्ट्रिय...