विराटनगर– कोशी प्रदेश सभा बैठकमा सांसदहरुले प्रधानमन्त्री बालेन्द शाह (बालेन) विरुद्ध खेद प्रस्ताव पारित गर्नुपर्ने आवाज उठाएका छन् । शनिबार बैठकमा बोल्ने सत्ता र प्रतिपक्षका सांसदले ‘नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको छ’ भन्ने बालेनको अभिव्यक्ति आपत्ति जनाए । बालेनले राष्ट्रिय अखण्डता, भौगोलिक...
काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले अमेरिकामा जारी विश्वपमा आफूलाई मन पर्ने देश सहभागी नभएको बताएका छन् । शनिबार साँझ फेसबुकमा लेख्दै प्रधानमन्त्री शाहले आफूलाई धेरैले विश्वकपमा ‘फेभरेट’ कुन देश हो ? भनेर सोधेकोे बताए । तर, आफ्नो ‘फेभरेट’ देशले नखेलेको उनको भनाइ छ...
हम्ला– हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थाग्णामा कर्णाली करिडोर माथिबाट खसेको ढुङ्गाले लागेर एक किशोरीको मृत्यु भएको छ । सर्केगार्ड गाउँपालिका–४ गैरीसाँयाकी १५ वर्षीया पवित्रा साउद आज बिहान गाईगोरु चराउन जंगल गएकी थिइन् । बिहान करिब १०ः३० बजे करिडोरको माथिल्लो भागबाट अचानक खसेको ढुङ्गा लाग्दा...
सुर्खेत- चोरी मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ वर्षीय सबीर बक्स रहेका छन् । मोबाइल चोरीको आरोपमा पक्राउ परेका उनी जेठ २७ गतेदेखि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका थिए । जिल्ला...
बाँके– बाँके राष्ट्रिय निकुञ्जले कृत्रिम पोखरी निर्माण गरेपछि मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुगेको छ । निकुञ्जले ३० वटा कृत्रिम पोखरी निर्माणले चुरे तथा भावर क्षेत्रमा वर्षौंदेखि रहँदै आएको पानी अभावको समस्या समाधान हुनाका साथै मानव–वन्यजन्तु द्वन्द्व घटेको जनाएको छ । निकुञ्जभित्रै बाह्रै महिना पानी...
काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा सवारी नियम उल्लंघन गर्ने दुई हजार ५९८ चालक कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट राज्यकोषमा १७ लाख ८६ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने...
काठमाण्डु– प्रहरी प्रधान कार्यालयले शुक्रबार काभ्रेमा भएको बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । प्रहरी महानिरीक्षक दानबाहदुर कार्कीले एसएसपी कमल थापाको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेका हुन् । थापा नेपाल प्रहरी प्रदेश कार्यालय पनौतीमा कार्यरत छन् । समितिमा काभ्रे प्रहरीका डिएसपी...
काठमाण्डु– काभ्रेमा शुक्रबार भएको यात्रु बस दुर्घटनामा मृत्यु भएका सबै ८ जनाकै सनाखत भएको छ । बनेपाबाट भकुण्डेबेसी जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका–२ मा बुच्चाकोटमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो । काभ्रे प्रहरीका डिएसपी रविन विष्टले मृतक सबैको सनाखत...
दाङ– एस्काभेटरले फालेको बालुवामा पुरिएर एक मजदुरको मृत्यु भएको छ । देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँपालिका–२का ४५ वर्षीय लालमणि यादवको एस्काभेटरले फालेको बालुवामा पुरिएर मृत्यु भएको हो । गढवास्थित इलाका प्रहरी कार्यालयका अनुसार बिटुमिन तयार गर्ने स्थानमा एस्काभेटर चालक चालक...
काठमाण्डु– सशस्त्र प्रहरीले प्रक्ताको जिम्मेवारी डिआईजी नेत्रबहादुर कार्कीलाई दिएको छ । प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले शुक्रबारेखि कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकेका हुन् । यसअघि डिआईजी विष्णुप्रसाद भट्ट सशस्त्रको प्रवक्ता थिए । भट्टको केही दिनअघि महोत्तरीस्थित सशस्त्र प्रहरी बल नेपाल, नम्बर–२ छिन्नमस्ता बाहिनी प्रमुखका रुपमा सरुवा...
काठमाण्डु– जेनजी आन्दोलनका क्रममा २४ भदौमा नख्खु कारागार तोडेर भागेका एक कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सैलुङ गाउँपालिका–८ दोलखाका ४४ वर्षीय सुनिल श्रेष्ठ छन् । श्रेष्ठ चोरी डाँका मुद्धामा ५ वर्षका लागि जेल परेका थिए । उनलाई शुक्रबार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–९ मुढेबाट...
काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्तिबारे पार्टी धारणा माग गरेका छन् । साम्पाङले लामिछानेलाई खुला पत्र लेखेर गत १७ असोजमा प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा दिएको ‘नेपालले पनि धेरै ठाउँमा...