मेरो फेभरेट देशले विश्वकप खेलेकै छैनः बालेन

काठमाण्डु टुडे २०८३ जेठ ३० गते १९:३९ मा प्रकाशित

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले अमेरिकामा जारी विश्वपमा आफूलाई मन पर्ने देश सहभागी नभएको बताएका छन् ।

शनिबार साँझ फेसबुकमा लेख्दै प्रधानमन्त्री शाहले आफूलाई धेरैले विश्वकपमा ‘फेभरेट’ कुन देश हो ? भनेर सोधेकोे बताए । तर, आफ्नो ‘फेभरेट’ देशले नखेलेको उनको भनाइ छ ।

‘धेरैजना साथीभाइले सोध्नुभो, तपाईंको फेभरेट देश कुन वर्ल्डकपमा ?’, शाहले लेखेका छन्, ‘मेरो ‘फेभरेट’ देशले खेलेकै छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us