काठमाण्डु– पशुपति शिवालयमा एक व्यक्ति मृत भेटिएको प्रकरणमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दर्बेनाथ भनिने सुबिन राना मगर छन् । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई महोत्तरीको गौशाला नगरपालिका–६ बाट पक्राउ गरेको हो । सन्तोष गिरी भनिने सन्तोष परियार ६...
काठमाण्डु- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को नेतृत्व सर्वसम्मत चयन भएको छ । २४ औं वार्षिक साधारण सभा तथा ८औं महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चुनेको हो । लामो छलफलपछि कोषाध्यक्षबाहेक सबै पदमा पदाधिकारी र कार्यसमिति सदस्य सर्वसम्मत चयन भएका हुन्...
काठमाण्डू, २९ जेठ– ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त भएकी छन । आज (शुक्रबार) बसेको बैंकको सञ्चालक समितिको बैठकले भट्टराईलाई रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक भट्टराईलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले...
काठमाण्डू, २९ जेठ– शिक्षा मन्त्री सस्मित पोखरेलले सुस्तामा भारतीय प्रहरी बल (एसएसबी) प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिले गर्दा प्रवेश नगरेको तर्क गरेका छन । मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकार प्रवक्ता पोखरेलले यस्तो बताएका हुन । उनले सुस्तामा वर्षौँदेखि समस्या हुँदै आइरहेको पनि बताएका छन...
काठमाण्डू, २९ जेठ– विगत ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग’ (रावल आयोग)को प्रतिवेदन, २०५२ लाई सरकारले कार्यान्वयनमा लैजाने भएको छ । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले सो प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा सर्वोच्च...
काठमाण्डू, २९ जेठ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुस्तामा भारतीय सुरक्षा बलले स्थानीयलाई धाकधम्की दिइरहेको भन्दै रक्षामन्त्रीको खोजी गरेका छन । उनले आज संसद बैठकमा बोल्दै रक्षामन्त्रीलाई बोलाइदिन सभामुख लाई अनुरोध समेत गरेका छन । प्रधानमन्त्रीले सीमाबारे विवादित अभिव्यक्ति दिएपछि आफूहरूले ११ औँ...
काठमाण्डू, २९ जेठ– एमालेका उपाध्यक्ष रामबहादुर थापाले जनतालाई भ्रम दिएर विजय प्राप्त गरेको बताएका छन । आज (शुक्रबार) बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै रास्वपाले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, विकास, समृद्धि, सुशासनको लोकप्रिय नारा दिएको समेत बताएका छन । उनले भने, ‘रास्वपा पार्टी भनेको...
काठमाण्डू, २९ जेठ– सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारी तथा शिक्षकहरूको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय कार्यान्वयनका लागि बाटो खुल्ला गरीदिएको छ । प्रधान न्यायाधीश मनोज कुमार शर्माको अध्यक्षताको इजलासले आज सुनुवाइ गर्दै यसअघि अध्यादेशमार्फत गरिएको खारेजी कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश निरन्तर...
काठमाण्डू, २९ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद अमरेश कुमारले सरकारले संविधान संशोधनका लागि गरिरहेको गृहकार्यमाथि धावा बोलेका छन । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम साहप्रति उनी व्यक्तिगतरुपमा खनिए र गैरराजनीतिक टिप्पणीहरू गरेका हुन...
काठमाण्डू, २९ जेठ– सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ । ३४ जना व्यक्ति र पाँच कम्पनीलाई प्रतिवादी बनाउँदै आज विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो । मुद्दामा...
काठमाण्डू, २९ जेठ– नेपाल सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि छानबिन गर्नका लागि कुनै समिति नबन्ने बताएका छन । अर्थमन्त्री वाग्लेले बजेटमा करको दर हेरफेर गरेको भन्दै विपक्षीले संसदीय छानबिन समितिको माग गर्दै आइरहेका छन् । तर, सरकारका प्रवक्ता समेत...