समाचार

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

२०८१ चैत २१ गते ९:५१

काठमाण्डू, २२ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदै छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनलाई सम्बोधन गरेपछि ओलीले मोदीलाई भेट्ने कार्यक्रम तय भएको बताइएको...

कुकुरले टोकेर एक जनाको मृत्यु

२०८१ चैत २१ गते ९:४३

काठमाण्डू, २२ चैत– मोरङमा कुकुरको टोकाइबाट एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङको मिक्लाजुङ गाउँपालिका–६ मगर टोलका अन्दाजी ६२ वर्षीय गौडे भनिने कृष्णबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यलय मोरङले जानकारी दिएको छ । मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा छाडा कुकुरले टोक्दा मगरको मृत्यु...

ओली र मोदीबीच दुर्लभ डिनर

२०८१ चैत २१ गते ८:०५

काठमाण्डू, २२ चैत- प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदी एक डिनरमा भेटिएका छन् । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनअघि बिहीबार साँझ बैंककमा आयोजित डिनरमा उनीहरु भेटिएका हुन् । ओली गत असारमा अन्तिममा प्रधानमन्त्री भएपछि दुई छिमेकी...

दुर्गा प्रसाईं भागेको गाडी प्रहरीले नियन्त्रणमा लियो, भेटिएनन् प्रसाईं

२०८१ चैत २१ गते ७:५१

काठमाण्डू, २१ चैत- राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंले भाग्ने क्रममा प्रयोग गरेको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । बिएबी ४२०८ नम्बरको एसयुभी गाडी प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय रानीपोखरीको टोलीले इटहरीबाट नियन्त्रणमा लिएको हो । उक्त कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले...

‘समृद्ध नेपाल, सुखी नेपाली’ को अन्तिम गन्तव्य ‘समृद्ध विश्व, सुखी मानवजाति’ होः ओली

२०८१ चैत २० गते २०:५१

काठमाण्डू, २१ चैत- प्रधानमन्त्री केपी ओलीले पृथ्वीमा मानिसहरु आफैंसँग त्रसित हुनुपर्ने अवस्था आएको बताएका छन् । थाइल्यान्डको राजधानी बैंककमा आयोजित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मानव जातिबाट विनाश र भयानक क्षति हुन नपाओस् भनेर चिन्ता गर्नुपर्ने अवस्था उत्पन्न भएको बताएका हुन्...

हितेन्द्रको रिटमाथि सर्वोच्चले दिएन अन्तरिम आदेश

२०८१ चैत २० गते १८:४३

काठमाण्डू, २१ चैत– सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वेच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले हितेन्द्रले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै लगाउको आदेश जारी गरेको छ । उक्त...

प्रधानमन्त्री ओलीसँग नेपाल र थाइल्यान्डका व्यवसायीको संयुक्त भेटवार्ता, नेपालमा लगानी गर्न आग्रह

२०८१ चैत २० गते १८:२३

काठमाण्डू, २१ चैत– थाइल्यान्डको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डका व्यवसायीहरुसँग आज बैंककमा भेटवार्ता भएको छ । भ्रमण दलमा सहभागी नेपाली व्यवसायी प्रतिनिधिमण्डलसमेत सहभागी भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपाल लगानीको लागि उर्वर भूमी भएको उल्लेख गर्दै थाई व्यवसायीहरुलाई नेपालमा लगानी...

कुलमानलाई पदमुक्त गर्ने निर्णयमा अन्तरिम आदेश सर्वेच्चद्धारा अस्वीकार

२०८१ चैत २० गते १८:१५

काठमाण्डू, २१ चैत– सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणबाट पदमुक्त भएका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वेच्च अदालतका न्यायाधीशहरू डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले कुलमानलाई पदमुक्त गर्ने सरकारको निर्णयमाथिको प्रश्न मुद्दाको अन्तिम...

मधेशकेन्द्रित ७ दलको ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा

२०८१ चैत २० गते १७:३२

काठमाण्डू, २१ चैत– मधेशका मुद्दालाई प्रभावकारी ढंगले उठाउन मधेशकेन्द्रित ७ दलले संघीय लोकतान्त्रिक मोर्चा घोषणा गरेका छन् । समतामूलक, न्यायपूर्ण व्यवस्था स्थापन गर्ने उद्देश्य राखेर तराई–मधेशकेन्द्रित दलहरूले ‘संघीय लोकतान्त्रिक मोर्चा’ गठन गरेका छन् । मोर्चामा तराई–मधेशकेन्द्रित सात राजनीतिक दल आवद्ध छन् । आज (बिहिबार)...

सर्बिया पठाइदिने भन्दै ३२ लाख ठगी गर्ने पक्राउ

२०८१ चैत २० गते १७:२०

काठमाण्डू, २१ चैत– प्रहरीले वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने भन्दै ३२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने भक्तपुरको भक्तपुर नगरपालिका–५ घर भएका २८ वर्षीय सुरेश माकलाई सर्बिया पठाइदिने भन्दै ठगी गरेको अभियोगमा पक्राउ गरिएको काठमाडौँ...

सुनिता डंगोलको अध्यक्षतामा कार्यपालिका बैठक बसेको छैन: काठमाण्डू महानगर

२०८१ चैत २० गते १७:०५

काठमाण्डू, २१ चैत– काठमाण्डू महानगरपालिकाले उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा कार्यपालिका बैठक नबसेको बताएको छ । काठमाण्डू महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले महानगरपालिकाकी उपप्रमुख डंगोलको अध्यक्षमा बैठक नभई आगामी कार्यपालिका बैठकका अजेन्डाबारे अनौपचारिक छलफल भएको जानकारी दिएको छ । उनले भने, ‘उहाँ (उपप्रमुख सुनिता डंगोल) को...

कञ्चनपुरमा मृतअवस्थामा भेटियो जङ्गली हात्ती

२०८१ चैत २० गते १६:५९

काठमाण्डू, २१ चैत– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा बिहीबार वयस्क भाले जङ्गली हात्ती मृतावस्थामा भेटिएको छ । सीमा क्षेत्र नजिकै नेपाली भूमिमा हात्ती मृतावस्थामा भेटिएको हो । हात्ती मृत फेला परेको घटनास्थलमा पशु चिकित्सकसहितको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली पुगेर जाँच र अनुसन्धानको कार्य...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us