समाचार

पृथ्वी राजमार्गको यात्रामा शौच गर्न गाडीबाट ओर्लिएर झाडीतिर दौडिनुपर्छः आशिका तामाङ

२०८३ जेठ २९ गते १३:४४

काठमाण्डू, २९ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले पृथ्वी राजमार्गको यात्रा गर्दा सौच गर्न गाडीबाट ओर्लिएर झाडीतिर दौडिनुपर्ने अवस्था रहेको बताएकी छन । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद तमाङले सार्वजनिक सौचालय नहुँदा यस्तो बाध्यता रहेको भनेर...

अर्थमन्त्रीले बजेटमा छेडखानी गरे, चुप बस्न सकिँदैनः एमाले

२०८३ जेठ २९ गते १३:३९

काठमाण्डू, २९ जेठ– एमालेले बजेटमा छेडखानी भएको भन्दै संसदीय छानबिन समितिको माग गरेको छ । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि यस्तो आरोप लगाउँदै एमालेका नेता गुरुप्रसाद बरालले संसदीय छानबिनको माग गरेका हुन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा पार्टीका...

कांग्रेसले माग्यो ३ प्रतिवेदन कार्यान्वयनको प्रगति

२०८३ जेठ २९ गते १३:३२

काठमाण्डू, २९ जेठ– प्रतिपक्षी दल कांग्रेसले फरक–फरक तीन वटा प्रतिवेदन कार्यान्वयनको प्रगति विवरण माग गरेको छ । आज (शुक्रबार) बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीका तर्फबाट आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद भरत बहादुर खड्काले गत भदौ २३ गते भएको घटनालाई छानबिन गरे पनि २४ गतेको घटनाको...

सुस्तामा भारतीय सीमा बलले हप्कीदप्की गरेको भन्दै हर्कले संसदमा खोजे रक्षामन्त्री

२०८३ जेठ २९ गते १३:२१

काठमाण्डू, २९ जेठ– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्कीदप्की गरेको भनेर सरकारको ध्यानाकर्षण गराएका छन । ‘यस बेला नेपालका रक्षामन्त्री कहाँ छन् ?’ उनले प्रश्न समेत गरेका छन । अध्यक्ष साम्पाङले भने, ‘प्रधानमन्त्रीज्यू आउनुहुन्न...

कांग्रेसको प्रश्नः सुधन गुरुङबारेको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ ?

२०८३ जेठ २९ गते १३:१६

काठमाण्डू, २९ जेठ– प्रमुख प्रतिपक्षी दल कांग्रेसले सुधन गुरुङबारेको प्रतिवेदनबारे सरकारको ध्यानाकर्षण गराएको छ । आज (शुक्रबार) बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा पार्टीका तर्फबाट बोल्दै कांग्रेस सांसद भरत खड्काले सुधन गुरुङबारेको प्रतिवेदनबारे सरकारको ध्यानाकर्षण गरेका हुन् । सुधन गुरुङको सम्पति विवरण सार्वजनिक भएपछि त्यसको...

हर्क राईलाई कडा टक्कर दिएकी गोमा तामाङले रास्वपा परित्याग गरिन्

२०८३ जेठ २८ गते २३:०५

विराटनगर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  नेतृ गोमा तामाङ ‘सरिन’ले पार्टी परित्याग गरेकी छन् । कोशी प्रदेश अधिवेशनअन्तर्गत सभापति पदको निर्वाचनमा पराजित भएपछि उनले सामाजिक सञ्जालमार्फत पार्टी छाडेको घोषणा गरेकी हुन् । फेसबुकमा स्ट्याटस लेख्दै तामाङले भनिन्, “आजदेखि राजनीतिबाट बिट मारें । मतदाता सम्पूर्ण साथीहरूलाई...

नक्कली भुटानी शरणार्थी प्रकरण: ओलीलाई बयानका लागि झिकाउन  दायर निवेदन दर्ता

२०८३ जेठ २८ गते २२:५७

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत विभिन्न व्यक्तिलाई बयानका लागि झिकाउन माग गर्दै दायर गरिएको निवेदन जिल्ला अदालत काठमाडौंले दर्ता गरेको छ । अदालत स्रोतका अनुसार बिहीबार कार्यालय समय सकिनै लाग्दा न्यायाधीशले उक्त निवेदन दर्ता गर्ने निर्णय गरेका हुन्...

रामहरि श्रेष्ठ हत्या प्रकरण: गोविन्दबहादुर बटालालाई १० वर्ष कैद

२०८३ जेठ २८ गते २२:४५

काठमाडौं- रामहरि श्रेष्ठ हत्या प्रकरणमा सर्वोच्च अदालतको पूर्ण इजलासले गोविन्दबहादुर बटाला ‘जीवित’ लाई १० वर्ष कैद सजाय सुनाएको छ । बिहीबार न्यायाधीशहरू डा. नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र शान्तिसिंह थापाको पूर्ण इजलासले यसअघि सर्वोच्चको संयुक्त इजलासबाट भएको फैसला उल्ट्याउँदै बटालालाई १० वर्ष कैद...

सरकार बिरामीको उपचारमा समेत कर लिन उद्धत भयोः दुलाल

२०८३ जेठ २८ गते १९:३२

काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रमुख सचेतक युवराज दुलालले विद्युतीय उपकरण तथा गाडी प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा सरकारले बजेटमार्फत निरुत्साहित गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा दुलालले देशमा उत्पादित विद्युतको अधिकतम उपयोग गर्नुपर्नेमा उल्टै कर लगाएर सरकारले...

दीपक भट्टको समूहविरुद्ध तीन फरक अदालतमा मुद्धा दायर

२०८३ जेठ २८ गते १९:२२

काठमाण्डु– व्यवसायीहरु दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छाविरूद्ध विभिन्न तीन अदालतमा मुद्धा दर्ता भएको छ । विशेष अदालत, उच्च अदालत पाटन र जिल्ला अदालत काठमाण्डूमा उनीहरुविरुद्ध छुट्टाछुट्टै मुद्दा दायर भएको हो । भट्ट, अग्रवाल र गोल्छासहित ४२ जनाविरूद्ध बीमा ऐन–२०७९ अन्तर्गत आर्थिक हिनामिना...

रास्वपा छाडेकी गोमाको दुखेसोः माथिको ह्विप भन्दै हराइयो

२०८३ जेठ २८ गते १८:२०

काठमाण्डू, २८ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी गोमा तामाङले आफूलाई माथिको ह्विप भन्दै प्रदेश सभापति हराइएको दाबी गरेकी छन । उनले सामाजिक सञ्जालमा फेसबुकमार्फत सेटिङ गरेर प्यानल बनाउन नसक्दा हारेको बताएकी छन् । उनले आफूलाई हराउन केही सांसद लागेको समेत बताएकी छन । उनले...

रास्वपा बागमतीको अधिवेशन ३० जेठमा काठमाण्डूमा हुने, विद्युतीय मेसिनबाट मतदान

२०८३ जेठ २८ गते १८:११

काठमाण्डू, २८ जेठ– हेटौँडामा स्थगित भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको नेतृत्व चयन काठमाण्डूमा हुने भएको छ । बागमती प्रदेशको प्रथम अधिवेशनअन्तर्गतको स्थगित निर्वाचन प्रक्रिया ३० जेठमा हुने भएको हो । काठमाण्डूको धुम्बाराहीमा प्रदेश नेतृत्व चयनका लागि निर्वाचन हुने रास्वपाले जनाएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us