समाचार

सुस्तामा छिर्याे भारतीय सुरक्षाकर्मी, स्थानीयले गरे प्रतिकार

२०८३ जेठ २९ गते १६:०५

काठमाण्डू, २९ जेठ– नवलपरासी पश्चिमको सुस्ता क्षेत्रमा हतियारसहित प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई स्थानीय बासिन्दाले प्रतिकार गरी फिर्ता पठाएका छन । अनुमति बिना भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेपछि स्थानीय र सुरक्षाकर्मीहरूबीच केहीबेर विवाद समेत भएको थियो । सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले भारतीय सुरक्षाकर्मी नेपाली...

पत्रकारको उपहास गर्ने अर्थमन्त्रीलाई ज्ञवालीको जवाफः मिडिया ‘खोस्टा’ होइनन्, लोकतन्त्रका पहरेदार हुन्

२०८३ जेठ २९ गते १५:५६

काठमाण्डू, २९ जेठ– पूर्व मन्त्री एवं एमाले नेता प्रदीप ज्ञवालीले कुनै कैफियत देखिए कानुनी कारबाही गर्न तर सांसद र मिडियाको उपहास हुनेगरी धम्की नदिन अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अनुरोध गरेका छन । आज (शुक्रबार) सामाजिक सञ्जालमा लेख्दै ज्ञवालीले अर्थमन्त्रीको उत्तेजनाले झन् गम्भीर प्रश्न खडा गर्ने...

संविधान संशोधन कार्यदलको म्याद एक महिना थप

२०८३ जेठ २९ गते १५:३८

काठमाण्डू, २९ जेठ– सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलको समय थप गरेको छ । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद एक महिना (असार) थपेको हो । गत चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल...

लेखा समितिमा प्रधानसेनापति, ‘फास्ट ट्र्याकको १ अर्ब ३९ करोड बेरुजु तत्काल फर्स्योट हुने अवस्था छैन’

२०८३ जेठ २९ गते १५:३४

काठमाण्डू, २९ जेठ– प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनामा रहेको बेरुजु घटाउन पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा फर्स्योट गर्ने कार्यलाई प्राथमिकतामा राखेको बताएका छन । संसद्को सार्वजनिक लेखा समितिमा बोल्दै सिग्देलले बेरुजु घटाउन योजनाबद्ध रूपमा प्रमाण खोजिरहेको र आगामी दिनमा प्रगति राम्रो देखिने पनि...

पूर्व बालसेनालाई तत्काल सम्मानजनक परिपूरणको व्यवस्था गर्न सर्वोच्चको परमादेश

२०८३ जेठ २९ गते १५:२६

काठमाण्डू, २९ जेठ– सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालका पूर्व बालसेनाहरूलाई ‘अयोग्य’ वा ‘बहिर्गमित’ जस्ता अपमानजनक शब्द प्रयोग नगर्न सरकारका नाममा परमादेश जारी भएको छ । न्यायाधीशत्रय सपना प्रधान मल्ल, सुनील कुमार पोखरेल र शान्तिसिंह थापाको पूर्ण इजलासले पूर्व बालसेनाहरूको आत्मसम्मानमा चोट पुग्ने गरी सरकारी अभिलेखमा...

काभ्रेको बुच्चाकोटमा बस दुर्घटना, ७ जनाको मृत्यु

२०८३ जेठ २९ गते १५:१६

काठमाण्डू, २९ जेठ– बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी सात जनाको मृत्यु भएको काभ्रेका डीएसपी रवीन बिष्टले जानकारी दिएका छन । दुर्घटनामा परी घाइते भएका १५ जनालाई उद्धार अस्पताल पठाइएको उनले जानकारी दिएका छन । बनेपाबाट रोशी...

प्रश्नकर्ता सांसदहरूलाई अर्थमन्त्रीले गरे छेडखानी

२०८३ जेठ २९ गते १५:११

काठमाण्डू, २९ जेठ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रश्नकर्ता सांसदहरूलाई गरे छेडखानी गरेका छन । बिहिबार प्रश्नकर्ता सांसदहरूको क्षमतामाथि नै प्रश्न गरेका थिए । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरूको बौद्धिक योग्यतामाथि प्रश्न उठाउँदै भनेका थिए, ‘सैद्धान्तिक धरातलबारे अलिक उन्नत बुझाइ भयो भने बजेटको दर्शन बुझ्न सकिन्छ...

मन्त्रिपरिषद्को बैठक जारी

२०८३ जेठ २९ गते १५:०१

काठमाण्डू, २९ जेठ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ । बैठक केहिबेर अधिमात्रै सुरु भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । आजको बैठक नियमित बैठक भएको बताएको छ ।...

परराष्ट्रमन्त्री खनालको चीनको भ्रमणको औपचारिक तालिका सार्वजनिक

२०८३ जेठ २९ गते १४:५७

काठमाण्डू, २९ जेठ– परराष्ट्रमन्त्री शिशिर खनालले आउँदो आइतबारदेखि चार दिनसम्म चीन भ्रमण गर्ने औपचारिक तालिका सार्वजनिक गरीएको छ । चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनालले जेठ ३१ गतेदेखि असार ३ गतेसम्म भ्रमण गर्ने तयारी...

मन नपरेको खण्डमा प्रधानमन्त्री फाल्ने अधिकार संसद्ले राख्छः अर्थमन्त्री वाग्ले

२०८३ जेठ २९ गते १४:५२

काठमाण्डू, २९ जेठ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन नपरेको खण्डमा प्रधानमन्त्री फाल्ने अधिकार संसद्ले राख्ने बताएका छन । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री डा.वाग्लले यस्तो बताएका हुन । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु...

जेसीबीमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२०८३ जेठ २९ गते १४:०४

काठमाण्डू, २९ जेठ– जनकपुरधाममा जेसीबीमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको मनरासिसवा नगरपालिकाको बथनाहाका ६५ वर्षीय विपिनकुमार झा रहेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान ९ बजेतिर जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलिया स्थित जनकपुर डिजल सेन्टर पेट्रोल पम्पबाट...

‘दाई दाई’ बन्यो विश्वकपकै सर्वकालिन उत्कृष्ट गीत

२०८३ जेठ २९ गते १३:५२

काठमाण्डू, २९ जेठ– शकिरा र बर्ना ब्वायको गीत ‘दाई दाई’ विश्वकप फुटबलको सर्वकालिन उत्कृष्ट गीत बनेको छ । प्रतिष्ठित सांगीतिक म्यागजिन बिलबोर्डले यो गीतलाई सबै समयको उत्कृष्ट विश्वकप गीतको रुपमा उल्लेख गरेको हो । आफ्ना पाठकमाझ आयोजित सर्वेक्षणमा ३१.२८ प्रतिशत मत पाउँदै ‘दाई दाई’...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us