काठमाण्डू, २ असार– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राईले गृहमन्त्री सुधन गुरुङलाई ‘क्विक एक्सन मिनिस्टर’ भनेका छन ।
आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा उनले फिल्डमा गएर एक्सनमा उत्रने भएकाले गृहमन्त्रीलाई सांसद राईले ‘क्विक एक्सन मिनिस्टर’ भनेका हुन् ।
मन्त्री गुरुङ २८ जेठमा पीडितको गुनासो सुन्न माइतीघर मण्डलामा पुगेका थिए । त्यसपछि सांसद राईले ‘क्विक एक्सन मिनिस्टर’ भनेका हुन् । ‘म क्विक एक्सन मिनिस्टर भन्न चाहन्छु गृहमन्त्रीज्यू ।
क्विक एक्सन लिनुहुन्छ उहाँले । उहाँ आफैँ फिल्ड भिजिटमा जानुभएको छ । माइतीघरमा विभिन्न खालका मानिसहरू वर्षौंसम्म आन्दोलन गरेर डेरा बस्दाखेरि नेपाल सरकारले ध्यान दिनुपर्छ ।
के खालको माग राख्नुभएको छ । ध्यान दिएर न्याय दिनुपर्छ,’ सांसद राईले भने । उनले प्रधानमन्त्री वालेन्द्र शाह संसदमा आएर ‘नेपालले पनि भारतको सीमा मिचेको रहेछ’ भनी दिएको अभिव्यक्ति सच्याउने आशा रहेको समेत बताएका छन ।