संसदमा आज पनि मन्त्रीहरूको खोजी, सभामुखले बैठक स्थगित गरे

काठमाण्डु टुडे २०८३ असार २ गते १४:३८ मा प्रकाशित

काठमाण्डू, २ असार– आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बजेटमाथि मन्त्रालयगत छलफलमा हुँदा मन्त्रीहरू उपस्थित नभएको भन्दै आपत्ति जनाएपछि सभामुखले डिपी अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरीएको जानकारी गराएका हुन ।

९ वटा मन्त्रालयको बजेटमाथि छलफल हुँदा ३ जनामात्रै मन्त्री सहभागी भएको भन्दै विपक्षीले सदनमा मन्त्रीहरूको अनिवार्य उपस्थिति खोजेका छन् ।

हिजो पनि एमालेका सांसद राजेन्द्र राई रोष्ट्रममा उभिएर बसेपछि सभामुखले बैठक रोकेर मन्त्रीहरूलाई बोलाएका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us