विश्वप्रकाश र कृष्ण सिटौलाबीच झापामा वान टु वान वार्ता

काठमाण्डु टुडे २०८३ असार २ गते १४:३४ मा प्रकाशित

काठमाण्डू, २ असार– कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता भएको छ ।

आज (मंगलबार) झापा धुलाबारीमा दुई नेताहरूबीच भेटवार्ता भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँले जानकारी दिए । अनुसार दुई नेताहरूबीच केही समय वान टु वान वार्ता भएको उनले जानकारी दिए ।

आन्तरिक समस्या समाधान कित्ताकाटबाट नभई वार्ता र संवादबाट पार्टीभित्र बलियो एकता कायम गर्न सकिनेमा नेताहरु एकमत रहेको उनले बताएका छन ।

नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा याम भण्डारीको निधनप्रति समवेदना प्रकट गर्न दुई नेता आज बिहान झापा पुगेका थिए । उनीहरू झापाकै हुन् ।

पार्टीभित्र आन्तरिक विवाद चर्किएर विभाजनको डिलमा पुगेको बेलामा दुई नेताबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us