काठमाण्डू, २ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको सभापतिमा इन्जिनियर प्रकाश विष्ट निर्वाचित भएका छन ।
निर्वाचित भएका विष्टले ३५८ मत पाए भने उनका प्रतिस्पर्धी जनकसिंह धामीले १५४ मत प्रप्त गरेका छन । कुल खसेको मतको ५१ प्रतिशत कटाउने उम्मेदवार विजयी हुने व्यवस्था अनुसार विष्ट पहिलो चरणबाटै निर्वाचित भएका हुन् । सभापतिमा निर्वाचित विष्ट यसअघि पनि भसापति नै थिए ।
पराजित भएका धामी प्रतिनिधि सभा सदस्य हुन् । उनी कञ्चनपुर–१ बाट विजयी भएका हुन् । सभापतिसहित १६ भूगोल र १५ खुला तथा समावेशी सदस्य चयन गर्न मतदान भएको थियो ।