समाचार

विष्णु पौडेलको रास्वपालक्षितको टिप्पणीः खहरे हुन्, आयु लामो छैन

२०८२ भदौ १ गते १६:००

काठमाण्डू, १ भदौ– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिगामी शक्ति, रास्वपा र माओवादीले नेपालमा अस्थिरता चाहेको बताएका छन । उनले यस्ता राजनीतिक शक्तिहरूको अब नेपालमा भविष्य नरहने समेत तर्क गरेका छन । आज (आइबतार) नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै...

कैलालीमा ४ दिनदेखि बेपत्ता आमाछोरी झुन्डिएको अवस्थामा मृत फेला

२०८२ भदौ १ गते १५:३४

काठमाण्डू, १ भदौ– कैलालीमा २९ साउनदेखि घरबाट बेपत्ता भएकी महिला छोरीसहित झुन्डिएको अवस्थामा मृत भेटिएकी छन । मृत भेटिनेमा कैलालीको घोडाघोडी नगरपालिका–७ की २१ वर्षीया आरतीकुमारी डगौरा र उनकी १० महिनाकी छोरी अनुजा चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय सुखडका...

जंगली च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर बिरामी

२०८२ भदौ १ गते १५:२६

काठमाण्डू, १ भदौ– रोल्पामा जंगली च्याउ खाँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर बिरामी भएका छन । मृत्यु हुनेमा रोल्पाको परिवर्तन गाउँपालिका–२ राङसीकी ७४ वर्षीया नर्मला वली रहेको जिल्ला प्रहरी कार्यलय रोल्पाले जानकारी दिएको छ । २७ साउनमा जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा...

राष्ट्रपति पौडेल र भारतीय विदेश सचिवबीच शिष्टाचार भेटवार्ता

२०८२ भदौ १ गते १५:०४

काठमाण्डू, १ भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणमा रहेका भारतीय विदेशी सचिव विक्रम मिस्रीसँग शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको भेटमा राष्ट्रपति पौडेलले एक मित्र एवं निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको र अझ बढी...

पेस्तोल र गोलीसहित दुई जना पक्राउ

२०८२ भदौ १ गते १४:५५

काठमाण्डू, १ भदौ– प्रहरीले बाँकेमा पेस्तोल तथा गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । बाँकेको नेपालगंज उपमहानगरपालिका–४ बसपार्कबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्डसहित सोही नगरपालिका–९ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई गए राति पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।...

रुपन्देही–३ को उपनिर्वाचनबारे प्रतिवेदन तयार गर्दै एकीकृत समाजवादी

२०८२ भदौ १ गते १४:३६

काठमाण्डू, १ भदौ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले रुपन्देही–३ मा हुने उपनिर्वाचनका विषयमा अध्ययन प्रतिवेदन पेस गर्न पाँच सदस्यीय कार्यदल बनाएको छ । कार्यदलको संयोजक उपमहासचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज मेटमणि चौधरी रहेका छन । त्यस्तै सचिव सोमप्रसाद पाण्डे, प्रदेश कमिटी अध्यक्ष अब्दुल...

पिपरामा विद्युत प्रवाह चुहावट हुँदा दम्पतिको निधन

२०८२ भदौ १ गते १४:२०

काठमाण्डू, १ भदौ– सप्तरीको कञ्चनरुप नगरपालिका–५ स्थित पिपरामा विद्युत प्रवाह चुहावट (करेन्ट) भएर आज विहान एक दम्पतिको निधन भएको छ । मृत्यु हुनेमा ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमलादेवी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी...

जुवातास खेलेको आरोपमा ८ जना रानीवनबाट पक्राउ

२०८२ भदौ १ गते १४:११

काठमाण्डू, १ भदौ– प्रहरीले जुवातास खेलेको आरोपमा आठ जनालाई नियन्त्रणमा लिएको छ । काठमाण्डूको नागार्जुन नगरपालिका–१ रानिवनस्थित पार्टी प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा शनिबार दिउँसो आठ जना नियन्त्रणमा लिएको हो । गोरखाको गण्डकी गाउँपालिका–५ घर भएका ४८ वर्षीय देव खनाल लगायत ८ जनालाई शनिबार दिउँसो...

गुन्डा नाइके राजु गोर्खाली पक्राउ

२०८२ भदौ १ गते १४:०५

काठमाण्डू, १ भदौ– प्रहरीले बजारमा गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ परेका छन् । गुन्डा नाईके गोर्खालीलाई जिल्ला प्रहरी परिसर काठमाण्डूको विशेष टोलीले पक्राउ गरेको हो । बैंकिङ कसुरको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । यसअघि २०७९...

नेकपा एमालेमा कुनै गुट छैनः योगेश भट्टराई

२०८२ भदौ १ गते १३:५२

काठमाण्डू, १ भदौ– पूर्व मन्त्री एवं एमाले सचिव योगेश भट्टराईले एमालेमा अहिले कुनै पनि गुट नरहेको तर्क गरेका छन । आज (आइबतार) प्रेस चौतारी ताप्लेजुङले गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले सचिव भट्टराईले यस्तो बताएका हुन । पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सिङ्गो एमाले...

गोङ्गबुको गेस्ट हाउसमा पत्नीको हत्या गरेर भागेका युवक पर्साबाट पक्राउ

२०८२ भदौ १ गते १३:०२

काठमाण्डू, १ भदौ– प्रहरीले काठमाण्डू महानगरपालिका–२६ स्थित गोङ्गबुको गेस्ट हाउसमा पत्नीको हत्या गरेर भगेका एक जना युवकलाई पर्साबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको भुम्लु घर भएका सन्तोष सेन्चुरी रहेको प्रहरीले जानकारी दिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पर्सामा...

विदेश जाने यात्रु कम्तिमा एक घन्टा अगाडि अध्यागमनमा पुगिसक्नुपर्ने

२०८२ भदौ १ गते १२:५६

काठमाण्डू, १ भदौ– अब विदेश जाने यात्रुहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन जाँचमा कम्तिमा एक घन्टा अगाडि नै पुग्नुपर्ने भएको छ । अन्तिम समयमा यात्रुको चाप हुँदा कागजात परीक्षण गर्न पर्याप्त समय नहुने भन्दै कम्तिमा एक घन्टा अगाडि पुग्नुपर्ने व्यवस्था गरिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us