पेस्तोल र गोलीसहित दुई जना पक्राउ

काठमाण्डु टुडे २०८२ भदौ १ गते १४:५५ मा प्रकाशित

काठमाण्डू, १ भदौ– प्रहरीले बाँकेमा पेस्तोल तथा गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । बाँकेको नेपालगंज उपमहानगरपालिका–४ बसपार्कबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्डसहित सोही नगरपालिका–९ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई गए राति पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले पुष्पलाल चोकबाट बसपार्कतर्फ आउँदै गरेको ने.१ ह ४५०२ नम्बरको ई–रिक्सामा सवार उनीहरूलाई उक्त पेस्तोल र गोलीसहित फेला पारी पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us