समाचार

मोबाइल फोनमा रिङ ब्याकटोन बजाउन बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट

२०८२ भदौ २ गते १६:४४

काठमाण्डू, २ भदौ– नेपाल टेलिकमले ल्यान्डलाइन र मोबाइल फोनमा रिङ ब्याक टोन बजाउन बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता विमल पोखरेलले नेपाल टेलिकम, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाउँदै आज सर्वेच्चमा रिट दर्ता गराएका...

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

२०८२ भदौ २ गते १६:१४

काठमाण्डू, २ भदौ– प्रहरीले १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर बस्ने २० वर्षीय बालकृष्ण गिरी रहेको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएको छ । गिरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको...

प्राधिकरणले अख्तियारलाई पठायो ट्रंक डेडिकेटेड लाइनको विवरण

२०८२ भदौ २ गते १६:०२

काठमाण्डू, २ भदौ– नेपाल विद्युत् प्राधिकरणले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई डेडिकेटेड फिडर तथा ट्रंकलाइन सम्बन्धी निर्णयहरूको विवरण पठाएको छ । प्राधिकरण र उद्योगी व्यवसायीहरूबिच डेडिकेटेड तथा ट्रंकलाइनको महसुल विवादमा आयोगले गत असार २९ गते नै पत्र पठाएर छानबिनका लागि विवरण माग गरेको थियो ।...

तीनकुनेमा भएको आन्दोलनमा राप्रपाले मलाई छुरी हान्योः दुर्गा प्रसाईं

२०८२ भदौ २ गते १५:४८

काठमाण्डू, २ भदौ– केहि समय अधिमात्रै डिल्लीबजार कारागारबाट छुटेका विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाका) अध्यक्ष राजेन्द्र लिङ्देनमाथि भारतबाट गाडी चोरेर जिविकोपार्जन गरेको आरोप लगाएका छन् । आज (सोमबार) जेलबाट छुटेपछि पहिलो पटक सम्मेलन गरेका प्रसाईंले लिङ्देनमाथि यस्तो आरोप लगाएका हुन्...

रास्वपा उपसभापति वाग्ले र सांसद खनालले भेटे भारतीय विदेश सचिव

२०८२ भदौ २ गते १५:३३

काठमाण्डू, २ भदौ– नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्रीसँग रास्वपा उपसभापति स्वर्णिम वाग्ले र विदेश विभाग प्रमुख शिशिर खनालले भेटवार्ता गरेका छन । उनीहरू सोमबार दिउँसो केहीबेर अघि बत्तीसपुतलीस्थित होटल द्वारिकाज पुगेर भेटवार्ता गरेको स्रोतले जानकारी दिएको छ । दुई दिने नेपाल...

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

२०८२ भदौ २ गते १५:२३

काठमाण्डू, २ भदौ–  केहि समय अधिमात्रै डिल्लीबजार कारागारबाट छुटेका विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । आज (सोमबार) जेलबाट छुटेपछि पत्रकार सम्मेलन गर्दै उनले राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् । उनले आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने...

तीनकुनेमा मलाई इन्काउन्टर गर्ने योजना रहेछ, थाहा पाएर भागेँः दुर्गा प्रसाईं

२०८२ भदौ २ गते १५:१२

काठमाण्डू, २ भदौ– केहि समय अधिमात्रै डिल्लीबजार कारागारबाट छुटेका विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल चैत १५ मा काठमाण्डूको तीनकुने घटनाबारे पहिलोपटक मुख खोलेका छन । उनले सोमबार एक पत्रकार सम्मेलन आयोजना गर्दै उक्त दिनको घटनाबारे बताएका हुन् । उनले करिब १० वर्षपछि...

कोरियामा कोमा रहेका एक नेपालीको मृत्यु

२०८२ भदौ २ गते १५:०४

काठमाण्डू, २ भदौ– ंदक्षिण कोरियामा कोमा रहेका उदयपुरको चौदण्डीगढी–५ बेल्हा निवासी कमल चौधरीको निधन भएको छ । विगत डेढ महिनादेखि कोरियाको बुसानस्थित अस्पतालमा कोमामा अचेत अवस्थामा रहेका चौधरीको निधन भएको कोरियमा रहेका उनका सालो पुरूषोत्तम चौधरीले जानकारी दिएका छन । एकाएक ढलेपछि अस्पताल पुर्‍याइएका...

विकास र समृद्धिका लागि डिजिटल नेपाल फ्रेमवर्क ल्याइएको होः प्रधानमन्त्री ओली

२०८२ भदौ २ गते १४:५०

काठमाण्डू, २ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्क, २०७६ लाई समयसापेक्ष विस्तार र नेपाल टेलिकमको कार्य प्रगतिबारे ब्रिफिङ लिएका छन् । सूचना तथा सञ्चार प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिको गतिलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै आएका प्रधानमन्त्री...

नुहाउन गएका बालकको खोलामा डुबेर मृत्यु

२०८२ भदौ २ गते १४:१९

काठमाण्डू, २ भदौ– कैलालीको गोदावरी नगरपालिकामा एक जना बालकको नुहाउन गएको बेला खोलामा डुबेर मृत्यु भएको छ । आइतबारदेखि हराइरहेका गोदावरी नगरपालिकाका एक बालकको शव सोमबार बिहान खुटिया खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यलउ कैलालीले जानकारी दिएको छ । आइतबार दिउँसो घरमा खाना...

बैतडीमा अनमी आफ्नै डेरामा मृत फेला

२०८२ भदौ २ गते १४:१३

काठमाण्डू, २ भदौ– बैतडीको पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्य चौकीमा कार्यरत २४ वर्षीया अनमी भागरथी कुँवर आफ्नै डेरामा मृत भेटिएकी छन । विजयपुरमै घर भएकी कुँवर स्वास्थ्य चौकी घरबाट टाढा भएकाले डेरामा बस्दै आएकी थिइन् । आइतबार राति करिब ८ बजेतिर उनी झुन्डिएको अवस्थामा...

पर्यटन क्षेत्रमा निजी क्षेत्रको साथ आवश्यक छः मन्त्री पाण्डे

२०८२ भदौ २ गते १४:०९

काठमाण्डू, २ भदौ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुपर्ने तर्क गरेका छन । आज (सोमबार) नेपाली कांग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको भेटघाट कार्यक्रममा पर्यटनमन्त्री पाण्डले यस्तो बताएका हुन । उनले पर्यटन क्षेत्र निजी क्षेत्रमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us