समाचार

उपसभामुखमाथिको आरोप प्रमाणित गर्न प्रधानमन्त्रीलाई रास्वपाको चुनौती

२०८२ भदौ ३ गते १५:३२

काठमाण्डू, ३ भदौ– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामाथि मानव तस्करीको आरोप प्रमाणित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ बसेको कांग्रेससँगको बैठकमा उपसभामुख हटाउने प्रस्ताव गरेका थिए । रास्वपाले मानव तस्करीको मुद्दा...

विपक्षी दललाई तर्साउने र दबाउने प्रयास भयोः उपमहासचिव पुन

२०८२ भदौ ३ गते १५:२८

काठमाण्डू, ३ भदौ– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले प्रतिनिधि सभाकी उपसभामुखलाई पदबाट हटाउने तयारी थालेर सत्तारुढ दलले विपक्षीहरूलाई तर्साउने काम गरेको आरोप लगाएका छन् । विपक्षी दलहरूको बैठक सिंहदरबारमा बस्दैछ । त्यसअघि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उपमहासचिव पुनले यस्तो बताएका...

बालुवाटार बैठकमा उपसभामुखबारे प्रधानमन्त्रीः ‘रास्वपाका माग पूरा गर्दिउँ, प्रक्रिया अघि बढाउँ’

२०८२ भदौ ३ गते १५:२३

काठमाण्डू, ३ भदौ– हिजो (सोमबार) साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता घटक दल कांग्रेस एमालेका शीर्ष नेताहरुको बैठक चलिरहेको थियो । उक्त बैठकमा सामाजिक सञ्जाल बिधेयकबारे छोटो छलफल भयो । त्यसपछि कांग्रेस एमालेका नेताहरू उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्ने प्रस्ताव अघि बढाउने विषयमा अघि...

छिटो दौडिन नसके सिंह पनि भोकै मर्छः प्रधानमन्त्री

२०८२ भदौ ३ गते १५:१४

काठमाण्डू, ३ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले विकासको दौडमा सफल हुन अरू देशभन्दा तीव्र गतिमा अघि बढ्नुपर्ने बताएका छन । आज (मंगलबार) नाडा अटो शोको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले प्रतिस्पर्धात्मक विश्वमा छिटो दौडिन...

प्रचण्डले बोलाए विपक्षी दलको बैठक

२०८२ भदौ ३ गते १४:२३

काठमाण्डू, ३ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलको बैठक बोलाएका छन् । सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन तयारी गरेको भनिएको बेला प्रचण्डले विपक्षी दलको बैठक बोलाएको बुझिएको छ । केहीबेरपछि बैठक माओवादी संसदीय दलको कार्यालयमा...

सरकारले अर्को गल्ती गर्दैछः प्रचण्ड

२०८२ भदौ ३ गते १४:२१

काठमाण्डू, ३ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने प्रयास धेरै पहिलेदेखि नै भइरहेको बताएका छन । आज (मंगलबार) माओवादीको मुख्यालय बाहिर सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन प्रचण्डले यसमा सरकारले गल्ती...

उपसभामुखविरुद्ध कुनै प्रस्ताव दर्ता गर्ने निर्णयमा पुगेका छैनौँः एमाले

२०८२ भदौ ३ गते १४:१४

काठमाण्डू, ३ भदौ– सत्ता घटक दल एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सत्ता गठबन्धनले उपसभामुख इन्दिरा राना मगरविरुद्ध कुनै प्रस्ताव दर्ता गर्ने तयारी नगरेको जानकारी गराएका छन । आज (मंगलबार) सिंहदरबारमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै एमाले प्रमुख सचेतक बर्ताैलाले यस्तो बताएका हुन । उनले उपसभामुखले...

शेखर पक्षका सांसदले खाली पानामा हस्ताक्षर गर्न मानेनन्

२०८२ भदौ ३ गते १३:५८

काठमाण्डू, ३ भदौ– प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग लगाउनका नेपाली कांग्रेसले सङ्कलन गरेको पार्टीका सांसदहरूको हस्ताक्षरमा नेता डा. शेखर कोइराला निकट सांसदहरूले हस्ताक्षर गरेका छैनन् । उनीहरूले प्रयोजन नखुलाई खाली कागजमा हस्ताक्षर नगर्ने जवाफ फर्काएका छन । पार्टीका तर्फबाट प्रमुख सचेतक श्यामकुमार घिमिरेले पार्टीका...

सत्ता गठबन्धनको बैठक बस्दै

२०८२ भदौ ३ गते १३:५२

काठमाण्डू, ३ भदौ– आज (मंगलबार) सत्ता घटक दलको बैठक सिंहदरबारमा बस्दै छ । कांग्रेस संसदीय दलको कार्यालयमा गठबन्धनको बैठक बोलाइएको लोसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिएका छन । उक्त बैठकमा सहभागी हुन नेताहरू पुग्ने क्रम जारी रहेको उनले जानकारी दिए । बैठकमा सहभागी हुन...

अहिले आवश्यकता परेर उपसभामुखलाई हटाउनुपर्ने भयोः सांसद थापा

२०८२ भदौ ३ गते १३:१४

काठमाण्डू, ३ भदौ– कांग्रेस सांसद दुर्लभ थापाले राजनीतिक आवश्यकताका कारण उपसभामुख इन्दिरा रानाविरुद्ध पद अनुकुलको आचारण नगरेको सम्बन्धी प्रस्ताव ल्याउनुपरेको तर्क गरेका छन । सांसद थापाले कुनै पनि विषयको उपचार सही समयमा गर्नुपर्ने तर्क गर्दै अहिले उपसभामुखलाई हटाउनु आवश्यकता रहेको बताए । आज (मंगलबार)...

खाली कागजमा सांसदको हस्ताक्षर संकलन गरिएको छ, आवश्यकता अनुसार प्रयोग हुन्छः योगेश भट्टराई

२०८२ भदौ ३ गते १३:०९

काठमाण्डू, ३ भदौ– पूर्व मन्त्री एवं एमाले सांसद योगेश कुमार भट्टराईले आफ्नो पार्टीले सांसदहरूको हस्ताक्षर खाली कागजमा संकलन गरेको खुलासा गरेका छन । एमाले सचिव समेत रहेका सांसद भट्टराईले संसदीय राजनीतिमा पुरानै चलन भएको बताउँदै आवश्यकताअनुसार उक्त हस्ताक्षर प्रयोग गरिने जानकारी दिए । आज...

उपसभामुख हटाउने प्रक्रियामा एकीकृत समाजवादी सहभागी नहुने

२०८२ भदौ ३ गते १३:००

काठमाण्डू, ३ भदौ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले उपसभामुखबाट इन्दिरा रानालाइ हटाउन खोजे त्यसको विरोध गर्ने चेतवनी दिएको छ । एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर औपचारिक रुपमा प्रस्ताव अगाडि बढेपछि औपचारिक रुपमा प्रतिक्रिया दिने बताएका छन । कांग्रेस र एमालेले भने उपसभामुखलाई हटाउन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us