समाचार

घोंगी टिप्ने क्रममा पोखरीमा डुबेर वृद्धाको मृत्यु

२०८२ भदौ ३ गते १८:२१

काठमाण्डू, ३ भदौ– सप्तरीमा घोंगी टिप्ने क्रममा एक वृद्धाको पोखरीमा डुबेर ज्यान गएको छ । मृत्यु हुनेमा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा–२ सीतापुरका स्थानीय ७२ वर्षीया सजनी सदा रहेको प्रहरीले जानकारी दिएको छ । सदाको आज पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरदेखि...

विद्या भण्डारीको निर्णयमा राखेको फरक मत अपानिमा नपठाएको भन्दै पाण्डे र ज्ञवालीले दिए निवेदन

२०८२ भदौ ३ गते १८:०८

काठमाण्डू, ३ भदौ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेमा फर्कन रोक लगाउने केन्द्रीय कमिटीको निर्णयविरुद्ध राखेको फरक मत अन्तर पार्टी निर्देशन (अपानि) मा समावेश नगरेको भन्दै उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पार्टीका निवेदन दिएका छन । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालयमा पुगेर कार्यालय सचिव...

उपसभामुख हटाउने प्रयासमा विपक्षीको निष्कर्षः सशक्त विरोध गरेर जानैपर्छ

२०८२ भदौ ३ गते १७:२९

काठमाण्डू, ३ भदौ– संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई हटाउनेगरी सुरु भएको सत्तारुढ दलहरूको प्रयासको सशक्त विरोध गरेर जानुपर्ने निष्कर्ष निकालेको छ । आज (मंगलबार) प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको बैठकले यस्तो निष्कर्ष निकालेको प्रमुख सचेतक हितराज पाण्डेले...

सबै दलहरूसँग मिलेर काम गर्नुपर्ने अवस्था छः देउवा

२०८२ भदौ ३ गते १७:२७

काठमाण्डू, ३ भदौ– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबाहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिष्पर्धी राजनीतिक दलसँग मिलेर काम गर्नुपर्ने अवस्था रहेको दाबी गरे । आज (मंगलबार) कांग्रेसको मुख्यालय सानेपामा स्मृति दिवसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले यस्तो तर्क गरेका हुन...

अमेरिकामा रहेकी उपसभामुखलाई शेखरको फोन

२०८२ भदौ ३ गते १७:२१

काठमाण्डू, ३ भदौ– सत्ता घटक दल कांग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिका भ्रमणमा रहेकी उपसभामुख इन्दिरा राना मगरसँग टेलिफोन संवाद गरेका छन । उपसभामुख रानालाई हटाउने तयारीस्वरुप सत्ता घटक दल कांग्रेस र एमालेका सांसदहरूले हस्ताक्षर अभियान चलाइरहेका छन् । यसैबीच, कांग्रेस इतर पक्षको नेतृत्व...

रविलक्षित कांग्रेस सांसद थापाको टिप्पणीः जेलमा ससुराली गएजस्तो हुँदैन

२०८२ भदौ ३ गते १७:१५

काठमाण्डू, ३ भदौ– सत्ता घटक दल नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै जेलमा ससुराली गएको जस्तो मेजमानी नपाइने भन्दै टिप्पणी गरेका छन । आज (मंगलबार) सिंहदरबारमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै कांग्रेस सांसद थापाले यस्तो बताएका हुन ।...

पूर्ण लोकतन्त्रमार्फत परिपूर्ण लोकतन्त्रमा अघि बढिरहेका छौँः प्रधानमन्त्री

२०८२ भदौ ३ गते १७:०८

काठमाण्डू, ३ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई झोक चल्दा प्रधानमन्त्री समेत बर्खास्ती र नियुक्ति गर्ने गरेको बताएका छन । आज (मंगलबार) राष्ट्रिय सूचना आयोगद्वारा आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदबाट चुनिने भएकाले अदालतको विषय...

अदालतलाई झोक चल्दा प्रधानमन्त्री नियुक्ति र बर्खास्ती हुन्छः ओली

२०८२ भदौ ३ गते १७:०६

काठमाण्डू, ३ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई झोक चल्दा प्रधानमन्त्री समेत बर्खास्ती र नियुक्ति गर्ने गरेको बताएका छन । आज (मंगलबार) राष्ट्रिय सूचना आयोगद्वारा आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदबाट चुनिने भएकाले अदालतको विषय...

संस्थापनले रोक्न खोज्यो, समर्थकसहित पार्टी कार्यालय पुगिन् विद्या भण्डारी

२०८२ भदौ ३ गते १६:५८

काठमाण्डू, ३ भदौ– पार्टी सदस्यता नवीकरण नगर्ने नेकपा एमालेको निर्णयपछि पहिलोपटक विराटनगर आएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार दिउँसो एमाले मोरङको कार्यालय जाने कार्यक्रम रहेको थियो । १० वर्षपछि भण्डारी पार्टी कार्यालय आउने सूचना पाएका कार्यकर्ता स्वागतका निम्ति बनेर बसेका थिए । तर प्रदेश अध्यक्ष...

सांसदहरूलाई उपत्यका नछाड्न एमालेले पठायो सूचना

२०८२ भदौ ३ गते १६:२२

काठमाण्डू, ३ भदौ– सत्ता घटक दल एमाले आफ्ना सांसदहरूलाई उपत्यका नछाड्न सूचना जारी गरेको छ । आज (मंगलबार) सांसदहरूलाई मोबाइलमा मेसेज पठाउँदै एमालेले तत्काल उपत्यका बाहिरका कार्यक्रममा नजान सुचना पठाएको स्रोतले जानकारी दिएको छ । एक सांसदका अनुसार, उपत्यका बाहिर भएका सांसदहरूलाई फर्कन र...

उपसभामुख हटाउन हस्ताक्षर संकलन भएपछि विपक्षी दलहरू जुटे छलफलमा

२०८२ भदौ ३ गते १६:१७

काठमाण्डू, ३ भदौ– उपसभामुख इन्दिरा रानालाई हटाउने तयारीस्वरूप सत्ता घटक दलहरुले तयारी थालेपछि विपक्षी दलहरू छलफलमा जुटेका छन् । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अहिले विपक्षी दलहरूको बैठक जारी रहेको स्रोतले जानकारी दिएको छ । बैठकमा नेकपा माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल...

खैरो हिरोइन सहित एक भारतीय नागरिक पक्राउ

२०८२ भदौ ३ गते १५:३६

काठमाण्डू, ३ भदौ– प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१५ रानीबाट २ सय ग्राम लागूऔषध (खैरो हिरोइन) सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको टोलीले सो मात्रामा खैरो हिरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको गौतमपुरी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us