समाचार

पूर्वराष्ट्रपति भण्डारीलाई नभेट्न एमालेको उर्दी हुँदाहुँदै पनि किन भेट मुख्यमन्त्री कार्कीले सुटुक्क ?

२०८२ भदौ ३ गते १२:५५

काठमाण्डू, ३ भदौ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन । विराटनगरमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग मुख्यमन्त्री कार्कीले सोमबार राति करिब १ घण्टा सटुक्क भेटवार्ता गरेका हुन । मुख्यमन्त्री कार्कीले पूर्वराष्टपति भण्डारीलाई भेटेको विषय गोप्य राख्न खोजिएको छ । यद्यपि,...

उपसभामुख हटाउने प्रक्रिया सुरु भयोः एमाले सांसद राई

२०८२ भदौ ३ गते १२:४८

काठमाण्डू, ३ भदौ– एमालेका सांसद राजेन्द्र राईले उपसभामुखबाट इन्दिरा रानालाई हटाउने प्रक्रिया सुरु भएको खुलासा गरेका छन । आज (मंगलबार) सिंहदरबारमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै एमाले सांसद राईले यस्तो खुलासा गरेका हुन । कांग्रेस र एमालेका सांसदहरूले रानालाई हटाउन हस्ताक्षर नै सुरु गरिसकेको जानकारी...

रविलाई भिटामिन डीको कमी, परामर्श दिन चिकित्सक नख्खु कारागार जाने

२०८२ भदौ ३ गते १२:३१

काठमाण्डू, ३ भदौ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको शरीरमा भिटामिन–डी कमी भएको पाइएको छ । सोमबार उनको स्वास्थ्यमा समस्या देखिएपछि रगत जाँच गर्नका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो । रगतको नमुना लिनका लागि ट्रमा सेन्टरबाट...

राजेन्द्र लिङदेन भारतबाट गाडी चोरेर ल्याएर भात खाने मान्छे हुन्ः दुर्गा प्रसाईं

२०८२ भदौ ३ गते ७:४२

काठमाण्डू, ३ भदौ– विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भारतबाट गाडी चोरेर ल्याएर बेच्ने गरेको गम्भीर आरोप लगाएका छन् । सोमबार पत्रकार सम्मेलन गरी प्रसाईंले लिङनेदले भारतमा गाडी चोरेर बिक्री गरेको पैसाले भात खाने गरेको टिप्पणी गरे । ‘राजेन्द्र लिङदेन दाजुलाई...

यी स्थानमा हुँदैछ भारी वर्षा

२०८२ भदौ ३ गते ७:२०

काठमाण्डु, ३ भदौ– जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको मनसुन सक्रियता सामान्यभन्दा केही कम रहेको जनाएको छ । विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थाको तुलनामा दक्षिणतर्फ सरेको हुँदा मनसुनी प्रभाव केही कमजोर देखिएको हो । यद्यपि, बंगालको खाडीबाट...

भ्रष्टाचार बढेका कारण जनता निराश भएः विद्या भण्डारी

२०८२ भदौ २ गते २१:१४

विराटनगर, २ भदौ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा सुशासन र पारदर्शिता कमजोर भएका कारण जनतामा निराशा चरम भएको बताएकी छन् । विराटनगरमा सोमबार आयोजित एक कार्यक्रममा उनले दिनानुदिन राज्यप्रति जनताको विश्वासमा ह्रास आएको बताइन् । ‘जनतामा राज्यप्रतिको विश्वास दिनदिनै कमजोर हुँदै गएको छ’, उनले भनिन्,...

८४ को चुनावमा एकल बहुमत ल्याउँछौंः देउवा

२०८२ भदौ २ गते १८:१०

काठमाण्डू, २ भदौ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी ०८४ सालको निर्वाचनमा पार्टीले एकल बहुमत ल्याएर सरकार बनाउने दाबी गरेका छन । आज (सोमबार) पार्टीको शुभेच्छुक संस्था समन्वय विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन । सभापति...

नेपाली समाजमा अहिले असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको छः महामन्त्री थापा

२०८२ भदौ २ गते १७:४१

काठमाण्डू, २ भदौ– कांग्रेस महामन्त्री गगन थापाले नेपाली समाजमा अहिले असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको दाबी गरेका छन । आज (सोमबार) कांग्रेसको मुख्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले यस्तो बताएका हुन । महामन्त्री थापाले अहिले नेपाली समाजभित्र पूरा असन्तुष्टिका...

रवि लामिछानेको स्वास्थ्यमा समस्या, रगत जाँच गर्न अस्पताल पठाइयो

२०८२ भदौ २ गते १७:२२

काठमाण्डू, २ भदौ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या आएको छ । सभापति लामिछानेको स्वास्थ्यमा केही समस्या देखिएपछि आज रगत जाँच गर्नका लागि रगत अस्पताल पठाइएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन । सोमबार...

पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका दुई मजदुरको मृत्य, पाँच घाइते

२०८२ भदौ २ गते १७:१४

काठमाण्डू, २ भदौ– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा दुई मजदुरको मृत्यु भएको छ भने उक्त घटनामा परी पाँच जना घाइते भएका छन् । आज (सोमबार) रघुगङ्गा–५ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको अडिट माथिबाट...

गौर हत्याकाण्डः उपेन्द्र यादवमाथि अनुसन्धान गर्न सर्वोच्चको परमादेश

२०८२ भदौ २ गते १७:०४

काठमाण्डू, २ भदौ– सर्वोच्च अदालतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि १९ वर्ष पुरानो रौतहटको गौर हत्याकाण्डमा छानबिन गरी कारबाहीको माग गर्दै परेको रिटमा परमादेश दिएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा परमादेश जारी गरेको...

गुण्डा नाइके राजु गोर्खालीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

२०८२ भदौ २ गते १६:४८

काठमाण्डू, २ भदौ–जिल्ला अदालत काठमाण्डूले गुण्डा नाइके राजु गोर्खालीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सोमबार अदालतले उनलाई ५ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको हो । बैंकिङ कसुर मुद्दामा उनी आइतबार राजधानीको चन्द्रागिरी क्षेत्रबाट पक्राउ परेका थिए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us