गुण्डा नाइके राजु गोर्खालीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाण्डु टुडे २०८२ भदौ २ गते १६:४८ मा प्रकाशित

काठमाण्डू, २ भदौ–जिल्ला अदालत काठमाण्डूले गुण्डा नाइके राजु गोर्खालीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सोमबार अदालतले उनलाई ५ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको हो ।

बैंकिङ कसुर मुद्दामा उनी आइतबार राजधानीको चन्द्रागिरी क्षेत्रबाट पक्राउ परेका थिए । जिल्ला प्रहरी परिसर काठमाण्डूले हिरासतमा राखेर उनीमाथि अनुसन्धान भइरहेको एसपी अपिलराज बोहराले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us