समाचार

रौतहटमा छुरा प्रहार गरी युवकको हत्या, एक पक्राउ

२०८२ भदौ ४ गते १८:००

काठमाण्डू, ४ भदौ– रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या गरीएको छ । रौतहटको गौरनगरपालिका ५ गौरीशंकर कलेज अगाडि विवादको क्रममा छुरा प्रहार गरी अन्दाजी २२ वर्षीय युवकको हत्या भएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिएका छन । आज दिउँसो २ः ४०...

ललितपुरमा ट्याक्सी चालकमाथि खुकुरी प्रहार गर्दै लुटपाट, २ जना पक्राउ

२०८२ भदौ ४ गते १७:४३

काठमाण्डू, ४ भदौ– ललितपुरमा ट्याक्सी चालकमाथि खुकुरी प्रहार गर्दै लुटपाट भएको पाइएको छ । यो घटनामा संलग्न भएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खोटाङ घर भई ललितपुर बस्दै आएका २६ वर्षीय सिसन राई र १८ वर्षीय सविन राई रहेको...

देउवा ५ पटक प्रधानमन्त्री बने पनि एक कार्यकालजति प्रधानमन्त्री हुनु भएको छैनः एमाले महासचिव

२०८२ भदौ ४ गते १७:३६

काठमाण्डू, ४ भदौ– एमाले महासचिव शंकर पोखरेलले पार्टी र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुने कुरा बुझ्न जरूरी रहेको तर्क गरेका छन । आज (बुधाबार) काठमाण्डूमा स्व. प्रदीप गिरीको स्मृति सभामा बोल्दै एमाले महासचिव पोखरेले यस्तो बताएका हुन । उनले नेपाली कांग्रेसभित्र सभापति...

पार्टीभित्र एकढिक्का हुँदा कांग्रेसलाई कसैले कमजोर गर्न सक्दैनः गृहमन्त्री लेखक

२०८२ भदौ ४ गते १७:०८

काठमाण्डू, ४ भदौ– गृहमन्त्री रमेश लेखकले एकतालाई मूल मन्त्र बनाएर अघि बढ्दा कांग्रेसलाई कसैले कमजोर पार्न नसक्ने तर्क गरेका छन । आज (बुधबार) काठमाण्डूमा नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेस नेता समेत रहेका लेखकले यस्तो बताएका हुन । उनले कांग्रेस एउटै...

रवि भेट्न नख्खु जाँदै प्रचण्ड

२०८२ भदौ ४ गते १७:०१

काठमाण्डू, ४ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भेट्न नख्खु जाने भएका छन । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार प्रचण्ड बुधबार साँझ ६ बजे सभापति लामिछाने...

नागरिक उन्मुक्तिको संसदीय दलको नेतामा श्रेष्ठ

२०८२ भदौ ४ गते १६:३०

काठमाण्डू, ४ भदौ– नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा संसदीय दलको नेतामा अध्यक्ष रञ्जिता श्रेष्ठ नै रहेको जानकारी सङ्घीय संसद् सचिवालयलाई पठाएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले...

सौर्य एयरलाइन्स दुर्घटनामा चित्तबुझ्दो रिपोर्ट आएनः सुदन किराँती

२०८२ भदौ ४ गते १६:२३

काठमाण्डू, ४ भदौ– पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन हुनुपर्ने तर्क गरेका छन । आज (बुधबार) अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै माओवादी सांसद किराँतीले यस्तो बताएका हुन ।...

संसद्‌मा आज पनि उठ्यो गणपूरक संख्याको प्रश्न

२०८२ भदौ ४ गते १६:१५

काठमाण्डू, ४ भदौ– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा पनि गणपूरक संख्याकोबारे प्रश्न उठेको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ‘बालबालिका सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्न लाग्दा गणपूरक संख्याको प्रश्न उठेको हो । माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले...

संख्या छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन, पार्टीमा आत्मविश्वास चाहियोः महामन्त्री थापा

२०८२ भदौ ४ गते १६:०५

काठमाण्डू, ४ भदौ– सत्ता घटक दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकतन्त्रमा संख्याको आधारमा निर्णयहरू हुने भए पनि अरुले स्वीकार गरेको छ वा छैन भन्ने विषय पनि हेरिनुपर्ने बताएका छन । आज (बुधबार) काठमाण्डूमा नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री...

सत्तारुढ दलहरू दुई दलीय व्यवस्थाको अभ्यासउन्मुख देखिएः शक्ति बस्नेत

२०८२ भदौ ४ गते १५:५२

काठमाण्डू, ४ भदौ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले सत्तारुढ दलहरू दुई दलीय व्यवस्थाको अभ्यासतर्फ उन्मुख भएको आरोप लगाएका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद बस्नतले नेपालको सामाजिक, सांस्कृतिक र आर्थिक विविधतामा दुई दलीय...

रोशन कार्कीले सांसदलाई खाली कागजमा हस्ताक्षर गराइयो भनेपछि सूर्य थापाको प्रतिवाद

२०८२ भदौ ४ गते १५:४४

काठमाण्डू, ४ भदौ– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा सत्ता घटक दल एमाले र प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदबीच नोकझोक चलेको छ । राप्रपाकी सांसद रोशन कार्कीले उपसभामुख इन्दिरा रानालाई हटाउन खाली कागजमा हस्ताक्षर गर्ने एमाले र कांग्रेसका सांसदहरूप्रति धिक्कार छ भनेपछि उनीहरूबीच...

शिक्षा विधेयकः निजी विद्यालयले घोषणा गरे आन्दोलन, भोलिबाट थाल्ने

२०८२ भदौ ४ गते १४:२३

 काठमाण्डू, ४ भदौ– निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) ले विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै भोली (बिहिबार) बाट आन्दोलनको घोषणा गरेको छ । बुधबार यी दुई संगठनले संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us