रास्वपा उपसभापति वाग्ले र सांसद खनालले भेटे भारतीय विदेश सचिव

काठमाण्डु टुडे २०८२ भदौ २ गते १५:३३ मा प्रकाशित

काठमाण्डू, २ भदौ– नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्रीसँग रास्वपा उपसभापति स्वर्णिम वाग्ले र विदेश विभाग प्रमुख शिशिर खनालले भेटवार्ता गरेका छन ।

उनीहरू सोमबार दिउँसो केहीबेर अघि बत्तीसपुतलीस्थित होटल द्वारिकाज पुगेर भेटवार्ता गरेको स्रोतले जानकारी दिएको छ । दुई दिने नेपाल भ्रमणमा आएका मिश्रीले उच्चस्तरीय राजनीतिक भेटघाट हिजो नै सकेका थिए ।

आज स्वदेश फर्किनुअघि उनले हिजो छुटेका अन्य दलका नेताहरूसँग भेट गरिरहेका छन् । उनले मधेकेन्द्रित दलका नेताहरुलाई पनि होटलमै भेटेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us