राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

काठमाण्डु टुडे २०८२ भदौ २ गते १५:२३ मा प्रकाशित

काठमाण्डू, २ भदौ–  केहि समय अधिमात्रै डिल्लीबजार कारागारबाट छुटेका विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।

आज (सोमबार) जेलबाट छुटेपछि पत्रकार सम्मेलन गर्दै उनले राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् । उनले आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने लगायतका अवरोध भएपछि आफू यो निष्कर्षमा पुगेको बताए । उनले भने, ‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ ।

मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन् । राजनीतिले बिगारेको यो सुधारका लागि राजनीतिमा संलग्न हुन हामी बाध्य भएका छौं ।’ उनले केही समयमै दलको नाम घोषणा गर्ने पनि बताएका छन ।

प्रसाईंले भने, ‘म लगायत हाम्रो अभियान र अभियानका साथीहरूले राजनीतिक दल खोली दलमा संलग्न हुने अठोट गरेका छौं । त्यसकारण मैले राजनीतिक शक्ति निर्माणका दल गठन गर्ने निश्चय गरेको छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us