कैलालीमा ४ दिनदेखि बेपत्ता आमाछोरी झुन्डिएको अवस्थामा मृत फेला

काठमाण्डु टुडे २०८२ भदौ १ गते १५:३४ मा प्रकाशित

काठमाण्डू, १ भदौ– कैलालीमा २९ साउनदेखि घरबाट बेपत्ता भएकी महिला छोरीसहित झुन्डिएको अवस्थामा मृत भेटिएकी छन । मृत भेटिनेमा कैलालीको घोडाघोडी नगरपालिका–७ की २१ वर्षीया आरतीकुमारी डगौरा र उनकी १० महिनाकी छोरी अनुजा चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीले डगौरा छोरीसहित घर नजिकै रहेको गौरीशंकर सामुदायिक वनमा रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जानकारी दिए । आमाछोरी एउटै रूखमा फरक–फरक पासोमा झुन्डिएको अवस्थामा फेला परेको उनले जानकारी दिएका छन ।

डगौरा छोरीसहित २९ साउनदेखि बेपत्ता थिइन् । खोजीका लागि परिवारले प्रहरीमा निवेदन दिएको थियो । उनी खोजीको क्रममा मृत भेटिएकी हुन् उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us