जुवातास खेलेको आरोपमा ८ जना रानीवनबाट पक्राउ

काठमाण्डु टुडे २०८२ भदौ १ गते १४:११ मा प्रकाशित

काठमाण्डू, १ भदौ– प्रहरीले जुवातास खेलेको आरोपमा आठ जनालाई नियन्त्रणमा लिएको छ । काठमाण्डूको नागार्जुन नगरपालिका–१ रानिवनस्थित पार्टी प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा शनिबार दिउँसो आठ जना नियन्त्रणमा लिएको हो ।

गोरखाको गण्डकी गाउँपालिका–५ घर भएका ४८ वर्षीय देव खनाल लगायत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३५ हजार ४ सय ८० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us