समाचार

रवि लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकाले

२०८२ भदौ २४ गते १७:३१

काठमाण्डू, २४ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जेनजी प्रदर्शनकारीले नख्खु जेलबाट बाहिर निकालेका छन् । आन्दोलनकारीहरुको समूहले मंगलबार दिउँसो लामिछानेलाई जेलबाट निकालेका हुन् । जेलबाट बाहिरिएपछि लामिछानेले प्रदर्शनकारीलाई सम्बोधन गरेका थिए । नख्खु जेलका प्रमुख सत्यराज जोशीले प्रदर्शनकारीले ढुंगामुढा गरेपछि अरु...

बालेनले लेखेः अब सेना प्रमुखसँग वार्ता हुन्छ

२०८२ भदौ २४ गते १७:२४

काठमाण्डू, २४ भदौ– काठमाण्डू महानगरपालिकाका प्रमुख बालेन्द्र साहले संयमित रहन प्रदर्शनकारीलाई अपिल गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रधानमन्त्री केपी ओलीको राजीनामा आइसकेकाले थप जनधनको क्षति नगर्न भनेका छन् । साहले अब मुलुकको नेतृत्व जेनजी पुस्ताले गर्ने पनि बताए । साहले अब संसद...

राष्ट्रपति भवनमा आगजनी, राष्ट्रपति पौडेललाई आर्मी हेडक्वार्टर लगियो

२०८२ भदौ २४ गते १७:१४

काठमाण्डू, २४ भदौ– जेनजी आन्दोलनकारीले राष्ट्रपति कार्यालय शीतल निवासमा आगजनी गरेका छन् । मंगलबार अपराह्नमा प्रदर्शनकारीको समूहले शीतल निवासमा आगजनी गरेको हो । नेपाली सेनाले राष्ट्रपति पौडेललाई सुरक्षित स्थानमा सारेको छ । श्रोतका अनुसार सैनिक हेलिकोप्टरबाट उनलाई नेपाली सेनाको मुख्यालय भद्रकाली लगिएको छ ।...

जेलमा रहेका रवि छुटाउन रास्वपा नेताहरू पुगे नख्खुमा

२०८२ भदौ २४ गते १५:०८

काठमाण्डू, २४ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरू सभापति रवि लामिछानेलाई राखिएको ललितपुरको नख्खुमा रहेको केन्द्रीय कारागारमा पुगेका छन । केही सांसदहरुले राजीनामा घोषणा गर्दै सभापति लामिछानेलाई छुटाउन उनीहरु नख्खु पुगेका हुन् । सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।...

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको राजीनामा स्वीकृत

२०८२ भदौ २४ गते १५:०१

काठमाण्डू, २४ भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृत गरेका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राजीनामा स्वीकृत भएको पुष्टि गरेका छन । जेन्जीको आन्दोलन चर्केपछि ओलीले पदबाट आज नै राजीनामा दिएका थिए।...

देश भित्रैबाट समस्याको समाधान निकालियोस्ः पूर्व राजा शाह

२०८२ भदौ २४ गते १४:५८

काठमाण्डू, २४ भदौ– पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय देशमा देखिएको समस्याको समाधान देश भित्रैबाट ओज्न आग्रह गरेका छन । नयाँ युवा पुस्ता (जेन–जी) हरूको जायज मागलाई सम्बोधन नगरी व्यक्तिको ज्यान लिनु दुखद् एवं निन्दनीय कार्य भएको भन्दै पूर्व राजा शाहले यस्तो आग्रह गरेका हुन...

प्रचण्ड पुत्री गंगाको घरमा आगजनी

२०८२ भदौ २४ गते १४:५४

काठमाण्डू, २४ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहालको घरमा आगजनी भएको छ । जेनजी युवाहरूको समूहले ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको गंगा दाहालको घरमा आगजनी गरेका हुन् । आगजनीबाट दाहालको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।...

प्रधानमन्त्री ओलीको राजीनामा पत्र: असामान्य परिस्थितिलाई ध्यानमा राख्दै राजीनामा दिएँ

२०८२ भदौ २४ गते १४:५१

काठमाण्डू, २४ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पदबाट राजीनामा दिएका छन् । हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै आफूले पदबाट राजीनामा दिएको ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरेर पठाएको पत्रमा उल्लेख छ । ओलीले लेखेको पत्रमा भनिएको छ,...

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

२०८२ भदौ २४ गते १४:४५

काठमाण्डू, २४ भदौ– प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् ।...

प्रधानमन्त्री ओलीले दिए राजीनामा

२०८२ भदौ २४ गते १४:३५

काठमाण्डू, २४ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिएका छन । प्रधानमन्त्री ओलीले आज मंगलबार आफ्नो पदबाट राजीनामा दिएको उनको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।...

राप्रपाका सबै सांसदले दिए सामुहिक राजीनामा

२०८२ भदौ २४ गते १४:२९

काठमाण्डू, २४ भदौ– पछिल्लो विकसित घटना क्रमलाई देखाउँदै प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संघ र प्रदेशका सबै सांसदहरूले राजीनामा दिएका छन् । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीका अनुसार संघ र प्रदेशका सबै सांसदहरूलाई राजीनामा दिएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

पूर्वउपराष्ट्रपति पुनको घरमा पनि आगजनी

२०८२ भदौ २४ गते १४:२४

काठमाण्डू, २४ भदौ– जेन–जी समुहका प्रदर्शनकारीहरुले पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका नेता नन्दबहादुर पुनको घरमा आगजनी गरेका छन । प्रदर्शनकारीहरुले दहचोकस्थित पुनको घरमा आगजनी गरेका हुन । सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us