समाचार

कास्की कारागारबाट भागे ९ सय कैदी

२०८२ भदौ २४ गते १९:५२

पोखरा, २४ भदौ– कास्की कारागारबाट ९ सय कैदीबन्दी भागेका छन् । जेनजी प्रदर्शनकारीले कारागारबाट मंगलबार साँझ उक्त संख्यामा कैदीबन्दी भगाएका हुन् । जेनजी प्रदर्शनकारीले कागारारमा हमला गर्ने तयारी गरेको सूचनाका आधारमा सुरक्षामा थप कडाई गरिएको भए पनि जेनजीको सहयोगमा कैदी भागेका हुन् ।...

जेनजीले छानेका व्यक्तिको नेतृत्वमा देश अघि बढ्छः लामिछाने

२०८२ भदौ २४ गते १९:४७

काठमाण्डू, २४ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मुलुकको नेतृत्व अब जेनजीले अघि सारको व्यक्तिबाट हुने बताएका छन् । मंगलबार नख्खु कारागारबाट बाहिरिएका लामिछानेका तर्फबाट पत्नी निकिता पौडेलले जारी गरेको सन्देशमा उनले जारी आन्दोलन विशुद्ध जेनजीको भएको र मुलुकको अबको नेतृत्व जेनजीकै...

सार्वजनिक सम्पत्ति र सम्पदा नजलाऔं, देश चलाउन नयाँ पुस्तालाई पनि ती संरचना चाहिन्छः राजेश हमाल

२०८२ भदौ २४ गते १९:३७

काठमाण्डू, २४ भदौ– महानायक राजेश हमालले सार्वजनिक सम्पत्ति र सम्पदामा आगजनी र तोडफोड नगर्न जेनजी आन्दोलनकारीलाई अपिल गरेका छन् । आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएकाहरुको स्मृतिमा आयोजित दीप प्रज्ज्वलन कार्यक्रममा हमालले उक्त आग्रह गरेका हुन् । हमालले १९ विद्यार्थीको ज्गान जाने गरी...

नक्साल भाटभटेनीमा लुटपाट र आगजनी

२०८२ भदौ २४ गते १९:३०

काठमाण्डू, २४ भदौ– जेनजी प्रदर्शनकारीले नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा आगजनी र लुटपाट गरेका छन् । आगलागी गर्नुअघि प्रदर्शनकारीले स्टोरबाट सामान लुटेका थिए । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन । व्यवसायी मिनबहादुर गुरुङले ०४३ सालमा उक्त स्टोर स्थापना गरेका थिए । हाल देशका विभिन्न...

एमाले अखिलका अध्यक्ष कडरियाद्वारा पद त्याग

२०८२ भदौ २४ गते १९:२४

काठमाण्डू, २४ भदौ– एमाले सम्वद्ध अनेरास्ववियूका अध्यक्ष डा. सुजन कडरियाले पद त्याग गरेका छन् । आफ्नो दलका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले जेनजीको आन्दोलनमा नरसंहार गरेकाले नैतिकताका आधारमा विद्यार्थी संगठनको नेतृत्वमा रहन नसक्ने भन्दै उनले राजीनामा दिएका हुन् । ‘हिजो विद्यार्थी राजनीतिको शिर ढलेको...

डिएसपीसहित ७ प्रहरीको हत्या

२०८२ भदौ २४ गते १९:१७

काठमाण्डू, २४ भदौ– काठमाण्डूमा मंगलबार डिएसपीसहित ७ प्रहरीको हत्या भएको छ । जेनजी प्रदर्शनकारीले महाराजगञ्जमा डिएसपीसहित चार र कोटेश्वरमा तीन प्रहरीको हत्या गरेका हुन् । मृतकको परिचय खुलाइएको छैन । काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयका एक वरिष्ठ अधिकारीका अनुसार प्रदर्शनकारीले नियन्त्रणमा लिएर कुटीकुटी प्रहरीको...

नख्खु कारागारका सबै कैदी भागे

२०८२ भदौ २४ गते १९:११

काठमाण्डू, २४ भदौ– नख्खु कारागारमा प्रदर्शनकारीले मंगलबार साँझ आगजनी गरेका छन् । आगजनीपछि कारागारमा रहेका कैदी भागेका छन् । कति कैदी भागे भन्ने अखिलेभ छैन । यसअघि मंगलबार अपराह्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकालेका थिए ।...

प्रधानसेनापतिले देशबासीलाई सम्बोधन गर्ने

२०८२ भदौ २४ गते १९:०६

काठमाण्डू, २४ भदौ–प्रधानसेनापति अशोकराज सिग्देलले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले मुलुकको पछिल्लो अवस्थाबारे जानकारी दिँदै निकास सम्बन्धमा धारणा राख्ने तयारी गरेका हुन् । यसअघि सिग्देलसहित मुख्यसचि एक नारायण अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङलगायतले संयुक्त विज्ञप्ति...

राष्ट्रपतिले बोलाए जेनजीसहितको सर्वपक्षीय बैठक

२०८२ भदौ २४ गते १८:५८

काठमाण्डू, २४ भदौ–राष्ट्रपति रामचन्द्र पौडेलले सर्वपक्षीय छलफल आह्वान गरेका छन् । मंगलबार अपराह्न एक अपिल जारी गर्दै उनले संयमित हुन र वार्तामा आउन आन्दोलनकारीलाई आह्वान गरे । उनले लोकतन्त्रमा नागरिकले उठाएका आवाज वार्ता र संवादमार्फत समाधान गर्न सकिने बताए । ‘लोकतन्त्रमा नागरिकले उठाएका मागहरू...

एमाले महासचिव पोखरेल निवासमा आगजनी

२०८२ भदौ २४ गते १७:५५

काठमाण्डू, २४ भदौ– एमाले महासचिव शंकर पोखरेल निवासमा आगजनी गरेका छन् । जेनजी प्रदर्शनकारीले मंगलबार अपराह्न कोटेश्वरस्थित पोखरेल निवासमा आगजनी गरेका हुन् । प्रदर्शनकारीले काँग्रेस, एमाले र माओवादी केन्द्रका कार्यालय र नेताहरुका घरमा आगजनी गरिरहेका छन् ।...

जेनजीलाई सन्दुक रुइतको अपिलः भ्रष्ट नेतृत्व पछि हटिसक्यो, सार्वजनिक सम्पत्ति नष्ट नगरौं

२०८२ भदौ २४ गते १७:४९

काठमाण्डू, २४ भदौ– वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले सार्वजनिक सम्पत्तिमा आगजनी नगर्न जेनजी प्रदर्शनकारीलाई अपिल गरेका छन् । उनले मंगलबार अपराह्न एक सन्देश जारी गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण गर्न अपिल गरेका हुन् । सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु उचित नहुने उनको भनाइ थियो ।...

प्लिज जेनजी अब घर फर्कनुस्ः बालेन

२०८२ भदौ २४ गते १७:३७

काठमाण्डू, २४ भदौ– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले जेनजी आन्दोलनकारीलाई घर फर्कन आग्रह गरेका छन् । मंगलबार अपराह्न सामाजिक सञ्जाल फेसबुकमार्फत साहले घर फर्कन आन्दोलनकारीलाई अपिल गरेका हुन् । ‘प्लीज जेनजी, देश तपाईंहरूकै हातमा छ । तपाईंहरूले नै बनाउने हो । अब...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us