काठमाण्डू, २५ भदौ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ । हिजो (मंगलबार) बन्द गरिएको विमानस्थल आज १२ बजे खाल्ने भनिए पनि पुनः अनिश्चितकालका लागि बन्द गरीएको हो । विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयले एक सूचना...
काठमाण्डू, २४ भदौ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको जलेको घरमा शव फेला परेको छ । जेनजी आन्दोलनकारीले ललितपुरको ढोलाहिटीस्थित गंगाको घरमा मंगलबार आगो लगाएका थिए । ललितपुर प्रहरी परिसरका प्रमुख सएसपी श्यामकृष्ण अधिकारीले गंगाको घरमा पूर्ण रुपमा लजेको शव भेटिएको...
काठमाण्डू, २५ भदौ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश कार्कीले १० जना जेनजी अगुवाहरूको नाम राष्ट्रपति कार्यालयलाई दिएका छन् । राष्ट्रपति कार्यालयले वार्ताका लागि आह्वान गरेपछि कार्कीले मध्यस्थता गर्न खोजेका हुन् । अहिले जेनजीका अनेकन् समूहहरू भएको र सरकारविहिनताको स्थिति रहेकाले...
काठमाण्डू, २४ भदौ– पूर्वप्रधानमन्त्री एवं (नेसपा नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले जेनजी युवाहरूको क्रान्ति प्रतिक्रान्तिमा परिणत हुन लागेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जेनजीको आन्दोलनलाई समर्थन गर्ने क्रममा भेडाको खोल ओढेर आउने ब्वाँसाहरूले आजगनी, तोडफोड र लुटपाट गरेको बताए ।...
काठमाण्डू, २५ भदौ– काठमाण्डूको नक्सालमा रहेको प्रहरी मुख्यालय नजिकै रहेको हिल्टन होटल र भाटभटेनीमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । प्रहरी मुख्यालयबाट केही मिटर मात्रै पर रहेको यी दुई संरचनामा करिव २४ घण्टादेखि आगो र धुवाँको मुस्लो निस्किरहँदा निभाउने प्रयास भने जारी छ...
काठमाण्डू, २४ भदौ– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले मुलुकको लोकतन्त्र र राष्ट्रिय हितको रक्षा गर्न जेनजी आन्दोलनकारीलाई आग्रह गरेका छन् । भुसालले सामाजिक सञ्जालमार्फत जेनजीका नामा अरू नै शक्तिले लुट्ने खतरा रहेको औंल्याउँदै सचेत रहन आग्रह गरे । उनले आफ्नो पुस्ताको नालायकीप्रति भने...
काठमाण्डू, २५ भदौ– हिजो (मंगलबार) जेन–जी समुहले गरेको प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुले गरेको आगजनी कारण सर्वोच्च अदालतको अभिलेखसहितका डाटा सेन्टर पनि ध्वस्त भएको छ । २४ हजार बढी मुद्दाका फाइल एक साथ नष्ट भएका छन् । प्रदर्शनको निशानामा सर्वोच्च अदालत, जिल्ला अदालत काठमाण्डू र विशेष...
काठमाण्डू, २५ भदौ– पूर्व उपप्रधान एवं रक्षा मन्त्री समेत रहेका नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामाजिक सद्भाव र अमनचयनका लागि सबैको पहल आवश्यक रहेको तर्क गरेका छन । बरिष्ठ उपाध्यक्ष पोखरेलले सम्पूर्ण कार्यकर्तामा विषम परिस्थितिमा धैर्य र संयमता अपनाउन पनि आग्रह समेत गरेका...
काठमाण्डू, २४ भदौ– पोखरामा जेनजी प्रदर्शनकारीले जलाएको अटो सोरूमभित्र जलेको अवस्थामा युवतीको शव भेटिएको छ । कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले बुधबार युवतीको शव भेटिएको बताए । उनका अनुसार युवतीको सनाखत हुन बाँकी छ । ओलीयाले युवती सोरुममा काम गर्ने कर्मचारी हुन सक्ने...
काठमाण्डू, २५ भदौ– सोमबार र मंगलबार भएको जेन–जी समुहको प्रदर्शनका क्रममा सुरक्षाकर्मीबाट युवाहरुको समूहले खोसेका झण्डै दुई दर्जन हतियार नेपाली सेनाको जिम्मा लगाइएको छ । पछिल्लो जानकारी अनुसार भक्तपुरको लोकन्थलीमा गस्तीमा रहेका नेपाली सेनालाई पनि केही युवाहरुले हतियार जिम्मा लगाएका छन् । सैनिक जनसम्पर्क...
काठमाण्डू, २४ भदौ–एमाले सचिव योगेश भट्टराईले पार्टी पंक्तिका नाममा अपिल जारी गर्दै नयाँ ढंगले अघि बढ्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले पार्टी पुनर्गठन गरेर अघि बढ्नुपर्ने बताएका छन् । १० बुँदे सुझाव भन्दै भट्टराईले जारी गरेको अपिलमा पछिल्लो घटना क्रमको विश्लेषण गरी...
काठमाण्डू, २५ भदौ– पोखरा नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको जलेको घरमा एक महिलाको शव भेटिएको छ । हिजो (मंगलबार) जेन–जी समुहका आन्दोलनकारीले गण्डकीका मन्त्री तथा व्यवासयी विन्दुकुमार थापाको घर, व्यापारिक प्रतिष्ठानसहित उनका भाइ ध्रुवको गाडी सोरूम र घर जलाएर नष्ट गरेका...