समाचार

धैर्य गरौं, हामी फेरि उठ्ने छौंः पोखरेल

२०८२ भदौ २५ गते ९:२०

काठमाण्डू, २४ भदौ– एमाले महासचिव शंकर पोखरेलले धैर्य र संयमित बन्न अपिल गरेका छन् । पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरु फेरि उठ्ने बताएका छन् । पोखरेलले भनेका छन्, ‘धैर्य गरौं, संयमित बनौं, हामी फेरि उठ्ने छौं ।’ जेनजी आन्दोलन उग्र बनेपछि एमाले अध्यक्षसमेत रहेका...

बाँकेको बाल सुधार गृहमा झडप, ५ जनाको मृत्यु

२०८२ भदौ २५ गते ९:१३

काठमाण्डू, २४ भदौ– बाँके नौबस्तास्थित बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ । दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर छन् । घटनामा दुई जना घाइते भएका छन् ।...

मध्याह्न १२ बजेसम्म सबै उडान रद्ध

२०८२ भदौ २५ गते ८:१८

काठमाण्डू, २४ भदौ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार मध्यान्ह १२ बजेसम्म सबै उडान रोकिएको छ । जेनजी प्रदर्शनका कारण मंगलबार दिउँसो २ः३० देखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको छ । वायु सेवा कम्पनीहरुले मुलुकको विषम परिस्थितिका कारण उडानहरु रद्ध गरिएको जनाएका छन् ।...

नेपालको अवस्थाबारे भारतको मन्त्रिपरिषदमा पर्याप्त छलफल भएको छः मोदी

२०८२ भदौ २५ गते ८:०७

काठमाण्डू, २४ भदौ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको मन्त्रिपरिषदमा नेपालको अवस्थाबारे छलफल भएको बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत मोदीले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा नेपालको अवस्थाबारे पर्याप्त छलफल गरिएको बताएका हुन् । उनले नेपालको हृदयविदारक हिंसाका कारण आफू धेरै विचलित भएको भन्दै शान्ति कायम...

जेनजीको नाममा आएको समूहले झुम्का कारागारबाट भगायो झण्डै १ हजार कैदी

२०८२ भदौ २५ गते ७:५८

काठमाण्डू, २४ भदौ– सुनसरीको झुम्कास्थित कारागारबाट झण्डै एक हजार कैदीबन्दी भागेका छन् । आफूलाई जेनजी बताउने समूहले गएराति कारागारबाट कैदी भगाएका हुन् । जेलर सुवास लामिछानेका अनुसार जेलमा करिब ११ सय कैदीबन्दी थिए । कैदीबन्दी भाग्दै गर्दा पुगेको सेनाको टोलीले केहीलाई भने रोकेको थियो...

जेनजी काठमाण्डूमा मात्र छैनन्, नयाँ नेतृत्व चुन्न हतार नगरियोस्ः साम्पाङ

२०८२ भदौ २५ गते ७:५०

काठमाण्डू, २४ भदौ– धरानका उपमहानगरपालिका मेयर हर्क साम्पाङ राईले राष्टपति र सेनाले आफूसँग पनि वार्ता गर्नुपर्ने सर्त राखेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराई सिग्देलले मंगलबार आन्दोलनरत जेनजीका प्रतिनिधिलाई वार्तामा बोलाएका थिए । आज (बुधबार) वार्ताको तयारी भइरहेको छ । त्यसैतर्फ लक्षित...

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सेनाको अपिल

२०८२ भदौ २५ गते ७:४१

काठमाण्डू, २४ भदौ– नेपाली सेनाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ । काठमाण्डू उपत्यकासहित देशैभर गएरातिबाट सेनासहित सुरक्षा निकायले गस्ती गरिरहेको छ । सेनाले घरबाहिर निस्किएकाहरूलाई बिनाकाम बाहिर ननिस्कन भनेको छ । आकस्मिक सेवामा संलग्नलाई भने परिचयपत्रका आधारमा आउजाउ गर्न दिइएको छ ।...

सेनाद्वारा लुटपाटमा संलग्न २१ जना पक्राउ

२०८२ भदौ २५ गते ७:३१

काठमाण्डू, २४ भदौ– नेपाली सेनाले काठमाण्डू र भक्तपुरबाट लुटपाट र आपराधिक कार्यमा संलग्न २१ जनालाई पक्राउ गरेको छ । भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, हायात होटल र बौद्ध क्षेत्रमा लुटपाट गर्न खोज्ने २१ जनालाई नियन्त्रणमा लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । जेनजी...

कास्की प्रहरी कार्यालय प्रदर्शनकारीको कब्जामा, प्रहरीको हतियार खोसेर प्रदर्शन

२०८२ भदौ २४ गते २१:५८

काठमाण्डू, २४ भदौ– प्रदर्शनकारीहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा आगजनी गरेका छन् । मंगलबार राति उनीहरुले प्रहरी कार्यालयमा आगजनी गरेका हुन् । त्यसअघि प्रदर्शनकारीले कार्यालयमा रहेका प्रहरीलाई लखेटेका थिए । प्रहरीको हतियार खोसेर प्रदर्शनकारीले बोकेका छन् । उनीहरुले हिरासतमा रहेका थुनुवाहरुलाई बाहिर ल्याएर छाडिदिएका छन्...

जेनजी आन्दोलनकारीको सहयोगमा नख्खु कारागारबाट निस्किए जनकपुर बमकाण्डका अभियुक्त टकला

२०८२ भदौ २४ गते २१:५१

काठमाण्डू, २४ भदौ– जेनजी आज्न्दोलनकारीले नख्खु कारागारका सबै कैदीबन्दी भगाएसँगै पूर्वराज्यमन्त्री संजयकुमार साह –टकला) पनि बाहिर आएका छन् । टकला जन्मकैदको सजाय काटिरहेका थिए । उनी विगत १२ वर्षदेखि नख्खु जेलमा थिए । १८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चौकमा ५ जनाको ज्यान जाने...

लुटपाट र आगजनी नरोकिएपछि ब्यारेकबाहिर निस्कने सेनाको तयारी

२०८२ भदौ २४ गते २१:३९

काठमाण्डू, २४ भदौ– मंगलबार राति १० बजेबाट नेपाली सेना ब्यारेक बाहिर आउने भएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले एक सूचनामार्फत सेना र अन्य सुरक्षा निकाय परिचालित हुने जनाएको हो । ‘हालको विषम परिस्थितिको फाइदा उठाई केही समूहहरुले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्याधिक...

अघि बढ्यो सेना, प्रधानसेनापतिले जेनजीलाई वार्तामा बोलाए

२०८२ भदौ २४ गते २१:२७

काठमाण्डू, २४ भदौ– प्रधानसेनापति अशोकराज सिग्देलले वार्तामा आउन जेनजी आन्दोलनकारीलाई अपिल गरेका छन् । मंगलबार राति देशबासीका नाममा सम्बोधन गर्दै वार्ताबाट शान्तिपूर्ण निकास खोज्न अपिल गरेका हुन् । वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य भएको उल्लेख गर्दै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us