समाचार

कार्यालय छाडेका प्रहरीलाई तत्काल सम्पर्क गर्न हेडक्वार्टरको सर्कुलर

२०८२ भदौ २५ गते १६:२९

काठमाण्डू, २५ भदौ– जेनजीको प्रदर्शन चर्किएसँगै कार्यालय छाडेर हिँडेका प्रहरीहरूलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सर्कुलर जारी गरेको छ । आज (मंगलबार) प्रदर्शनकारीहरूले काठमाण्डू उपत्यकाका दर्जन बढी कार्यालयमा आगजनी गरेका थिए । प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरी कर्मचारीहरू कार्यालय र हतियार छाडेर सुरक्षित स्थानतर्फ...

त्रिभुवन विमानस्थल खुल्यो

२०८२ भदौ २५ गते १६:२५

काठमाण्डु, २४ असोज– त्रिभुवन अन्तर्राष्ट्रिय विमान सञ्चालनमा आएको छ । बुधबार साढे ३ बजेबाट विमानस्थल खुल्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थल सुरक्षा समिति बैठकको निर्णयनुसार विमानस्थल खोल्ने निर्णय भएको प्राधिकरणको भनाइ छ । प्राधिकरणले एक सूचना जारी गर्दै टिकट लिइसकेका यात्रुले...

कसैले पनि हिंसात्मक कार्य नगरौँ, लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै होः राष्ट्रिय मानव अधिकार आयोग

२०८२ भदौ २५ गते १६:२२

काठमाण्डू, २५ भदौ– गत सोमबार र मंगलबार (भदौ २३ र २४ गते) भएको जेनजी पुस्ताको प्रदर्शन र त्यसपछिको उत्पन्न अवस्थाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले अनुगमनलाई निरन्तरता दिएको जनाएको छ । आयोगले आज (बुधबार) आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै देशका विभिन्न शहरहरुमा भएको...

विष्णु पौडेलमाथि आक्रमण भएको छैनः सचिवालय

२०८२ भदौ २५ गते १६:११

काठमाण्डु, २४ असोज– एमाले उपाध्यक्ष एवं निवर्तमान उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि जेनजी आक्रमणकारीले कुटपिट गरेको भन्दै सार्वजनिक भिडियो झुठो भएको उनको सचिवालयले जनाएको छ । पौडेलका स्वकीय सचिव यम पाण्डेले सामाजिक सञ्जालमार्फत पौडेलमाथि आन्दोलनकारीका तर्फबाट कुटपिट नभएको बताएका हुन् । ‘२०८२ साल भदौ...

वार्ताका लागि प्रतिनिधि टुङ्ग्याउन जेनजीको ढिलाइ

२०८२ भदौ २५ गते १६:०९

काठमाण्डू, २५ भदौ– बदलिँदो परिस्थितिअनुसार मुलुकलाई सहज वातावरणमा अवतरणका लागि नेपाली सेनाले जेनजीलाई वार्तामा बोलाएपनि उनीहरूले आन्तरिक छलफलमा सहमतिको प्रयास गरिरहेका छन । बुधवार दिउँसो उनीहरूको तर्फबाट वार्ताका लागि प्रतिनिधि को को जाने, एजेन्डा केके राख्ने जस्ता विषयमा भर्चुअल छलफल गरेका हुन् । उनीहरूको...

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२०८२ भदौ २५ गते १६:०२

काठमाण्डू, २५ भदौ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो । यो सँगै त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ ।...

जसपा मधेस प्रदेश अध्यक्ष अशोक यादव पक्राउ

२०८२ भदौ २५ गते १५:५९

काठमाण्डू, २५ भदौ– जसपाका मधेस प्रदेश अध्यक्ष अशोक यादवलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले सरमुकाम मलंगवाको शिवसागर चौकबाट यादवलाई पक्राउ गरेको हो । असारको अन्तिम समयमा जिल्ला पूर्वाधार कार्यालय मलङगवामा राति कार्यालयमा कर्मचारीले सुरक्षाकर्मी लगाएर चेक काटिरहेको विषयमा जिल्ला...

प्रतिनिधि सभा बैठक अनिश्चितकालको लागि स्थगित

२०८२ भदौ २५ गते १५:४६

काठमाण्डू, २५ भदौ– प्रतिनिधि सभाको बैठक अनिश्चितकालको लागि स्थगित गरीएको छ । जेन जी आन्दोलनले उग्र रूप लिएपछि संसद पनि जलेपछि बैठक स्थगित भएको हो । संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय एक सूचना जारी गर्दै बुधवार दिनको १ बजे बस्ने गरी निर्धारण भएको बैठक...

सामाजिक एकता र मेलमिलापका लागि राष्ट्रिय सरकारको गठन गर्नुपर्छः कांग्रेस नेता केसी

२०८२ भदौ २५ गते १५:३४

काठमाण्डू, २५ भदौ– पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सामाजिक एकता र मेलमिलापका लागि राष्ट्रिय सरकारको गठन गर्नुपर्ने बताएका छन । कांग्रेस नेता केसीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सामाजिक एकता र मेलमिलापको शान्तिपूर्ण नयाँ कार्यदिशाका लागि सात विषय अगाडि सारेका छन् ।...

पोखरामा गोली चल्यो

२०८२ भदौ २५ गते १५:२३

काठमाण्डू, २५ भदौ– पोखराको गैंह्रापाटनमा गोली चलेको छ । बुधबार गोली चल्दा एक बालक घाइते भएका छन् । घाइते बालकलाई उपचारका लागि अस्पताल लगिएको बताइएको छ ।...

जेनजी प्रतिनिधिसँग प्रधानसेनापतिले भनेः पहिले सबै मिलेर आउनुस्

२०८२ भदौ २५ गते १५:१८

काठमाण्डू, २५ भदौ– नेपाली सेनाको मुख्यालय जंगीअड्डामा जेनजी आन्दोलनका केहि प्रतिनिधिहरु पुगेका छन् । सोमबार र मंगलबारको तनावपछि उत्पन्न परिस्थितिकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले संवादका लागि आह्वान गरेका थिए । त्यसपछि बुधबार जेनजी प्रतिनिधिहरु भद्रकालीस्थित सैनिक मुख्यालय पुगेका हुन् । ‘जेनजी आन्दोलनको प्रतिनिधि भन्दै १५–१६...

विराटनगरमा कैदीबन्दी भगाउन खोज्दा चल्यो गोली

२०८२ भदौ २५ गते १५:१०

काठमाण्डू, २५ भदौ– जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको छ । कैदीबन्दी छुटाउने योजनासहित एउटा समूह पुगेपछि प्रहरीले हवाई फायर गरेको हो । कैदीबन्दी छुटाउनु पर्ने मागसहित एउटा समूह पुगेपछि कारागारबाट कैदीबन्दीहरूले पनि भाग्ने प्रयास गरेका थिए । भीडलाई तितरबितर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us