समाचार

अबको निकास संविधानसम्मत हुनुपर्छ, विध्वंशात्मक घटनाको छानबिन हुनुपर्छः एमाले

२०८२ भदौ २५ गते २३:२३

काठमाण्डू, २४ भदौ– एमालेले संविधानसम्मत र लोकतान्त्रिक विधिबाट मुलुकलाई निकास दिइनुपर्ने बताएको छ । महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बुधबार पार्टी कार्यकर्ताको नाममा संयुक्त सन्देश जारी गर्दै प्रधानमन्त्रीको राजीनामापछिको राजनीतिक निकास संविधानसम्मत् र लोकतान्त्रिक विधिबाट खोजिनुपर्ने बताएका हुन् । विज्ञप्तिमा युवा पुस्ताका...

सेनाले खुकुलो बनायो कर्फ्युः बिहान ६ देखि १० र साँझ ५ देखि ७ बजेसम्म हिंडडुल गर्न पाइने

२०८२ भदौ २५ गते २३:०६

काठमाण्डू, २४ भदौ– नेपाली सेनाले निषेधाज्ञा र कर्फ्यु केही खुकुलो बनाएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार एक सूचना जारी गर्दै कर्फ्युको समय घटाएको हो । सेनाले काठमाण्डू उपत्यकामा तीनवटै जिल्लामा कर्फ्यु र निषेधाज्ञा जारी गरेको छ । ‘काठमाण्डू ललितपुर र भक्तपुर जिल्लामा...

बालेन साहद्वारा सुशीला कार्कीलाई प्रधानमन्त्री प्रस्ताव

२०८२ भदौ २५ गते २२:५८

काठमाण्डू, २४ भदौ– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिक सरकारको प्रधानमन्त्री प्रस्ताव गरेका छन् । साहले बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कार्कीलाई प्रधानमन्त्री बनाउने जेनजी प्रतिनिधिको प्रस्ताव आफूलाई स्वीकार्य रहेको बताए । साहले कार्कीलाई प्रधानमन्त्री...

जेनजीलाई ओलीको पत्रः तिमीहरूको निर्दोष अनुहार देखाएर देशमा षड्यन्त्र भइरहेको छ

२०८२ भदौ २५ गते २२:०६

काठमाण्डू, २४ भदौ– एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओलीले आन्दोलनकारी जेनजी समूहका नाममा पत्र लेखेका छन् । सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा सैनिक सेनाको सुरक्षामा रहेका ओलीले बुधबार जेनजीका नाममा पत्र लेखेका हुन् । ओलीको पत्र एमाले पत्रकारको संस्था प्रेस चौतरीका पूर्वअध्यक्ष...

जेनजी समूहमा विवाद, असन्तुष्ट समूहद्वारा सैनिक मुख्यालय अगाडि नाराबाजी

२०८२ भदौ २५ गते २१:४७

काठमाण्डू, २४ भदौ– नागरिक सरकारको नेतृत्वबारे जेनजी र सैनिक नेतृत्वबीच छलफल चलिरहेका बेला सैनिक मुख्यालय अगाडि लफडा भएको छ । बुधबार साँझ भित्र वार्ता चलिरहेका बेला जेनजीका विभिन्न समूहबीच विवाद भएको हो । भिडमा सहभागीमध्ये केहीले हर्क साम्पाङ, केहीले बालेन्द्र साह, केहीले गोपी हमाल...

रवि लामिछानेले भनेः ओली–देउवाको कूशासनदेखि जेनजीसम्म आइपुग्दा पनि ममाथिको अन्याय नरोकिने हो ?

२०८२ भदौ २५ गते २१:३८

काठमाण्डू, २४ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई नख्खु कारागार प्रशासनले जबर्जस्ती बाहिर निकालेको बताएका छन् । बुधबार साँझ एक भिडियो सन्देश जारी गर्दै उनले आफ्नो चाहनाविपरीत जेलबाट निस्किएको बताए । सहकारीको बचत अपचलन कसुरमा नख्खु कारागारमा रहेका लामिछाने प्रधानमन्त्री...

प्रधानसेनापतिलाई जेनजीले भन्योः दुर्गा प्रसाईं र रास्वपालाई आन्दोलनको स्केट होल्डर मान्न सक्दैनौं

२०८२ भदौ २५ गते २१:१५

काठमाण्डू, २४ भदौ– नेपाली सेनासँगको वार्तामा सहभागी भएकी जेनजी नेतृ रक्षा बमले मेडिकल व्यवसायी दुर्गा प्रसाईं र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आन्दोलनको पक्ष मान्न नसकिने बताएकी छन् । जेनजी समूहका १० हजार सहभागी ‘डिस्कोर्स’ बहसमा उक्त विषयमा छलफल भएको छ । वार्तामा सहभागी...

जेनजीको एक सूमहद्वारा प्रधानमन्त्रीमा सुशीला कार्कीको नाम

२०८२ भदौ २५ गते २१:०५

काठमाण्डू, २४ भदौ– जेनजीको एक समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम नागरिक सरकारको प्रधानमन्त्रीमा अघि सारेको छ । सामाजिक सञ्जाल ‘डिस्कर्ड’ मा लामो छलफलपछि उक्त समूहले कार्कीको नाम अघि सारेको हो । करिब १० हजार युवा सहभागी डिस्कोर्सको निस्कर्षसहित आफ्ना प्रतिनिधि सेनासँगको वार्तामा गएको जानकारी...

प्रधानसेनापतिसँग दुर्गा प्रसाईंले भनेः बालेन र सुशीला कार्की तयार नभए म हुन्छु प्रधानमन्त्री

२०८२ भदौ २५ गते २०:५३

काठमाण्डू, २४ भदौ– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानसेनापति अशोकराज सिग्देलसँग आफूले बुधबार दिनभर मुलुकको अवस्थाबारे छलफल गरेको बताएका छन् । प्रधानसेनापति सिग्देलसँग भेटेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै प्रसाईंले देशको पछिल्लो अवस्था र आगामी बाटोबारे दिनभरि कुराकानी भएको बताएका हुन् । प्रसाईंले दिनभरिको छलफलपछि...

जंगीअड्डा बैठकमा जेनजी प्रतिनिधि नै गणतन्त्र र राजतन्त्रमा विभाजित

२०८२ भदौ २५ गते १८:१९

काठमाण्डू, २५ भदौ– जंगीअड्डामा आफूहरुको माग सुनाउन गएका जेनजी प्रतिनिधि नै विभाजित भएका छन । १५ जनाभन्दा बढीको संख्यामा नेपाली सेनाको मुख्यालय प्रवेश गरेका उनीहरु देशको भविष्य गणतन्त्र वा राजतन्त्र के हुने भन्नेमा विभाजित भएको स्रोतले जानकारी दिएको छ । जंगीअड्डामा चलिरहेको छलफलबाट बाहिर...

गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको सनाखत

२०८२ भदौ २५ गते १८:०९

काठमाण्डू, २५ भदौ– पूर्व प्रधानमन्त्री एवं नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको सनाखत भएको छ । जलेको अवस्थामा मृत भेटिका व्यक्ति सुरज खत्री हुन् । मृत भेटिएका व्यक्ति ललितपुरकै सुनाकोठीका २६ वर्षीय सुरज खत्री रहेको जिल्ला...

हेटौंडा बालसुधार केन्द्रबाट ५८ बालबन्दी फरार

२०८२ भदौ २५ गते १७:५३

काठमाण्डू, २५ भदौ– हेटौंडा उपमहानगरपालिका–११ स्थित बालसुधार गृह फोडेर ५८ जना बालबन्दीहरू फरार भएका छन । ७२ जना भागेकामध्ये १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर फर्काएको छ । १ जना आफैं फर्किएको सुधार गृहले जनाएको छ । अझै ५८ जना फरार रहेको सुधार गृहले जनाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us