समाचार

संविधान रक्षाको माग गर्दै कमर्स क्याम्पमा पनि विद्यार्थीको प्रदर्शन

२०८२ भदौ २६ गते १३:०४

काठमाण्डू,२६ भदौ– एमाले र एकीकृत समाजवादी निकट विद्यार्थी संगठनले संविधानको रक्षामा उभिन आह्वान गरेका छन् । नेपाल कमर्स क्याम्पस मीनभवनमा उभिएर उनीहरूले संविधानको रक्षा गरौं, राष्ट्रपतिलाई सार्वजनिक गर भन्ने प्लेकार्ड बोकेर उभिएका हुन् ।...

जेलबाट भागेका टोपबहादुर प्रहरीको सम्पर्कमा आए

२०८२ भदौ २६ गते १२:५१

काठमाण्डू, २५ भदौ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका उमाले सचिव टोपबहादुर रायमाझी प्रहरी सम्पर्कमा आएका छन् । रायमाझीे आफैंले टेलिफोन गरी आफू कारागार फर्कने जानकारी दिएका हुन् । तर, कारागार प्रशासनले उनलाई अहिले परिस्थिति राम्रो नभएकाले बाहिरै बस्न भनेको...

तीनकुनेमा दुई जना मृत फेला

२०८२ भदौ २६ गते १२:५०

काठमाण्डू,२६ भदौ– काठमाण्डूको तीनकुनेमा दुई जना मृत अवस्थामा फेला परेका छन । ह्वाइट हाउस स्कुल नजिकै छाप्रोमा बस्ने दम्पती झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । उनीहरू एउटै पासोमा झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए । सेना र प्रहरीको टोली...

जेनजीको नाममा विज्ञिप्त, सुशीलालाई ब्याक हटाएर कुलमानको नाम अघि सारियो

२०८२ भदौ २६ गते १२:४५

काठमाण्डू, २५ भदौ– जेनजी नेपालको एक समूहले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा अघि सारेको छ । वर्तमान संकट समाधानमा जेनजी नेपालको विज्ञप्ति भन्दै सार्वजनिक गरिएको एक नोटमा बुधबार भएको छलफलमा बालेन्द्र साहले रुची नदेखाएका कारण बहुसंख्यकले पूर्वप्रानन्यायाधीश सुशीला कार्कीको...

संविधान र संसद्‌बाट नै निकास खोजौंः सूर्य थापा

२०८२ भदौ २६ गते १२:४४

काठमाण्डू,२६ भदौ– एमाले नेता सूर्यबहादुर थापाले राष्ट्रपति रामचन्द्र पौडेलले अविलम्ब राष्ट्रको नाममा सम्बोधन गरेर आम नागरिकलाई आश्वस्त र विश्वस्त बनाउनआग्रह गरेका छन । एमाले नेता थापाले आज विज्ञप्ति जारी गर्दै अहिलेकै संविधान र सार्वभौम संसद्बाट नै राजनीतिक निकास दिनुपर्ने समेत बताएका छन । उनले...

नेपाल प्रहरीलाई टोपबहादुर भनेः म कारागार फर्किन्छु

२०८२ भदौ २६ गते १२:३७

काठमाण्डू,२६ भदौ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेर अहिले निस्केका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफू कारागार फर्कन तयार रहेको प्रहरीलाई बताएका छन । कारागार प्रशासन स्रोतकाअनुसार रायमाझीले टेलिफोन सम्पर्क गरी आफू कुनै पनि कारागार फर्कन तयार रहेको बताएका हुन् । रायमाझीले नै...

टोपबहादुरसँगै जेलबाट भागे ३३ किलो सुन तस्करीका नाइके गोरे

२०८२ भदौ २६ गते १२:३०

काठमाण्डू, २५ भदौ– ३३ किलो सुन तस्करी काण्डका मुख्य नाइके चूडामणि उप्रेती भनिने गोरे कारागारबाट भनेका छन् । सुन तस्करी र समन शाक्य हत्या प्रकरणमा अदालतबाट कैद सजाय तोकिएका गोरे सुनधारास्थित केन्द्रीय कारागारमा थिए । जेनजी प्रदर्शनकारीका नाममा नख्खु कारागारबाट आएको समूहले आगजनी र...

गौर कारागारबाट भागेका ५२ कैदीबन्दी पक्राउ

२०८२ भदौ २६ गते १२:२५

काठमाण्डू,२६ भदौ– रौतहट कारागारबाट भागेका कैदीहरुलाई प्रहरीले पक्राउ गर्न सुरु गरेको छ । मंगलबार राति हुलहुज्जत गरेर गौर कारगारबाट भागेकामध्ये ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर पुनः कारागार पठाएको प्रहरीले जनाएको छ । कुल २९१ कैदिबन्दी रहेको गौर कारागारमा २४ जना बाहेक सबै कारागार तोडफोड...

बानेश्वरमा नेविसंघको प्रदर्शन, राष्ट्रपति पौडेलको अवस्था सार्वजनिक गर्न माग

२०८२ भदौ २६ गते १२:२२

काठमाण्डू, २५ भदौ–काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघले बानेश्वरमा प्रदर्शन गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलको अवस्था सार्वजनिक गरिनुपर्ने माग राखेर नेविसंघले बिहीबार बिहान प्रदर्शन गरेको हो । यस्तै उनीहरुले राष्ट्रपतिमार्फत सर्वपक्षीय बैठक आह्वान गरी राजनीतिक जटिलताबारे समाधान खोज्नुपर्ने माग राखेका छन् । २३ भदौमा...

लोकतन्त्र समाप्त हुने संशय पैदा भयोः रास्वपा सांसद खनाल

२०८२ भदौ २६ गते १२:२२

काठमाण्डू,२६ भदौ– पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनालले प्रदर्शनमा होमिएका जेनजी व्यवस्था परिवर्तनको पक्षमा नरहेको बताएका छन । अगाडि बढ्ने सन्दर्भमा चार बुँदे प्रस्ताव अघि सार्दै नेता खनालले संविधानलाई जीवित राखेर नयाँ सरकारको गठन गर्नुपर्नेमा बताएका हुन् । लोकतन्त्र समाप्त...

जेनजीलाई गगनको आग्रहः संविधानको निरन्तरताबारे ख्याल गर्नुस्

२०८२ भदौ २६ गते १२:१५

काठमाण्डू,२६ भदौ– पूर्व मन्त्री एवं कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा संविधानलाई टेकेर समाधान खोज्नु पर्ने तर्क गरेका छन । महामन्त्री थापाले संविधानभन्दा पर गएर समाधान खोजियो भने केही समयपछि सम्हाल्न नसकिने अवस्था आउने बताएका छन । थापाले संविधानको निरन्तरताबारे ख्याल गर्न...

जेनजी समूहमा फुट, सुशीला कार्कीलाई नमान्ने भन्दै सैनिक मुख्यालय अगाडि लफडा

२०८२ भदौ २६ गते १२:१५

काठमाण्डू, २५ भदौ– नेपाली सेनाको मुख्यालय भद्रकाली अगाडि लफडा भएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नागरिक सरकारको प्रधानन्त्री बनाउन नहुने भन्दै जेनजी युवाहरुको एक समूहले नाराबाजी गरेको हो । ठूलो संख्यामा प्रदर्शनकारी जम्मा भएर विरोधमा उत्रिएपछि मुख्यालयबाहिर सुरक्षा तैनाथी बढाइएको हो । ‘सुशीला कार्की...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us