समाचार

जेनजी र विद्यार्थी सङ्गठनबिच लफडा

२०८२ भदौ २६ गते १६:४३

काठमाण्डू,२६ भदौ– जेनजीको एक समूह र राजनीतिक पार्टी सम्बद्ध विद्यार्थी सङ्गठनबिच लफडा सिर्जना भएको छ । संविधानको पक्षमा प्रदर्शनमा उत्रिएका विद्यार्थी सङ्गठन र जेनजी पक्षधरबिच लफडा भएको हो । त्रिचन्द्र क्याम्पस अगाडि भएको उक्त लफडापछि विद्यार्थीहरू हिँडेका छन् ।...

सर्वोच्च अदालत आगामी साताबाट आंशिक रुपले चल्ने

२०८२ भदौ २६ गते १६:३७

काठमाण्डू,२६ भदौ– आगामी साताको आइतबारदेखि सांकेतिक रुपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने भएको छ । सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक (फूल कोर्ट)ले आगामी आइतबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनहरु हेर्न थाल्ने सर्वेच्चको तयारी छ ।...

दुर्गा प्रसाईँको प्रवेशसँगै त्रिपक्षीय वार्ता स्थगित

२०८२ भदौ २६ गते १६:२६

काठमाण्डू,२६ भदौ– निर्णायक निकास निकाल्ने अपेक्षा गरिएको त्रिपक्षीय वार्ता स्थगित गरीएको छ । वार्तास्थलमा दुर्गा प्रसाईँको प्रवेशसँगै वार्ता स्थगित भएको स्रोतले जानकारी दिएको छ । यस अघि जेन–जी समूहले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन एकमत भएसँगै अब त्रिपक्षीय वार्ता सुरु हुने बताइएको थियो...

पूर्व प्रधानमन्त्रीहरूलाई सक्रिय राजनीतिबाट बिदा दिऔंः रामकुमारी झाँक्री

२०८२ भदौ २६ गते १६:१६

काठमाण्डू,२६ भदौ– पूर्व मन्त्री एवं एकीकृत समाजवादीको नेतृ रामकुमारी झाँक्रीले पूर्व प्रधानमन्त्री सबैलाई सक्रिय राजनीतिबाट बिदा लिन सुझाव दिएकी छन । आज (बिहिबार) सामाजिक सञ्जालमा विचार राख्दै झाँक्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्नुपर्ने माग समेत गरेकी छन् । राष्ट्रपति पौडेललाई नयाँ सरकार गठनमा भूमिका...

नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ

२०८२ भदौ २६ गते १६:१२

काठमाण्डू,२६ भदौ– ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह टक्लालाई प्रहरीले नियन्त्रणमा लिएको छ । टक्लालाई काभ्रेबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले टक्लालाई पक्राउ गरेको हो । उनलाई अब कैद भुक्तानका लागि कारागार पठाउने तयारी रहेको प्रहरी स्रोतले...

छात्रवृत्ति बचत गरेर बनाएको घर पनि जलाए, शरणार्थी बन्नुपर्‍योः गभर्नर पौडेल

२०८२ भदौ २६ गते १६:०२

काठमाण्डू,२६ भदौ– नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा विश्वनाथ पौडेललाई पनि जेनजी आन्दोलनको सिकार बनाइएको छ । आफूले पाएको छात्रवृत्ति बचत गरी निर्माण गरेको घरमा समेत आगजनी गरेर शरणार्थी बनाइएको भन्दै गर्भनर पौडेलले दुःख व्यक्त गरेका छन । जेनजी आन्दोलन उग्र भए पनि निसानामा सरकारी...

झापामा एक व्यक्तिको हत्या

२०८२ भदौ २६ गते १५:५६

काठमाण्डू,२६ भदौ– झापामा एक व्यक्तिको हत्या भएको छ । झापाको मेचीनगर–७ गैरीगाउँका ५० वर्षीय नारायण ज्ञवालीले दुवागढीका ४० वर्षीय फौमोदिन मोहमदको बुधबार राति हत्या भएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार राति घरमा ३७ वर्षीया श्रीमती सुजता ज्ञवालीसँग मोहमदले...

जेनजीकै प्रस्तावमा संविधानभित्रैबाट अन्तरिम सरकार गठन गरौँः उपाध्यक्ष श्रेष्ठ

२०८२ भदौ २६ गते १५:४१

काठमाण्डू,२६ भदौ– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेनजीकै प्रस्तावमा संविधानभित्रैबाट अन्तरिम सरकार गठन गर्नुपर्ने बताएका छन । आज (बिहीबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै नेता श्रेष्ठले वर्तमान संविधान र संवैधानिक प्रक्रियालाई नै पक्रेर जेनजी कै प्रस्ताव र सहमति...

बालेनप्रति संकेत गर्दै हर्कले भनेः संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक !

२०८२ भदौ २६ गते १५:३०

काठमाण्डू,२६ भदौ– धरानका मेयर हर्क साम्पाङले काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)प्रति संकत गर्दै कडा टिप्पणी गरेका छन । संकटको बेलामा लुक्ने र सडकमा आउन नसक्ने डरपोक भन्दै टिप्पणी गरेका हुन । सामाजिक सञ्जालमा लेख्दै हर्कले भनेका छन्, ‘संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने...

अज्ञात स्थलबाट बोले राष्ट्रपतिः संवैधानिक दायराभित्रैबाट निकास खोज्न प्रयासरत छु

२०८२ भदौ २६ गते १५:२९

काठमाण्डू, २५ भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामाभित्रैबाट मुलुकलाई निकास दिन आफूले हर प्रयास गरिरहेको बताएका छन् । बिहीबार प्रेस विज्ञप्तिमार्फत राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कायम गर्नेबारे विचार, विमर्श र हरप्रयास गरिरहेको बताएका छन् । काँग्रेस, एमाले, माओवादी र नागरिक...

पूर्वविद्यार्थी अध्यक्षहरुद्वारा प्रतिगामी चलखेलविरुद्ध सडक संघर्षमा उत्रन अपिल

२०८२ भदौ २६ गते १५:२०

काठमाण्डू, २५ भदौ– विभिन्न दल निकट पूर्वविद्यार्थी नेताहरुले जननिर्वाचित संसदबाटै वर्तमान राजनीतिको निकास खोज्नुपर्नेमा जोड दिएका छन् । बिहीबार एक संयुक्त वक्तव्यमार्फत उनीहरुले प्रतिगामी तथा अवान्छित तत्वहरूबाट गरिएको संसद विघटनको मागलाई दृढतापूर्वक अस्वीकार गर्ने उल्लेख गेरका छन् । आमजनता र युवाहरूको भ्रष्टाचार अन्त्य गर्ने,...

घरमै ज्यान मार्न आएपछि अखिल अध्यक्षबाट जबर्जस्ती राजीनामा घोषणा गरेको डा. कडरियाको दाबी

२०८२ भदौ २६ गते १५:१९

काठमाण्डू,२६ भदौ– एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्षबाट राजीनामा दिएका डा. सुजन कडरियाले आफूलाई त्यसबेला हातहतियारसहित केही व्यक्ति आएर आक्रमण गरेपछि सामाजिक सञ्जालबाट राजीनामा घोषणा गर्न बाध्य बनाइएको बताएका छन । सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका कडरियाले आज...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us