समाचार

पूर्वउपराष्ट्रपति पुनको घरमा पनि आगजनी

२०८२ भदौ २४ गते १४:२४

काठमाण्डू, २४ भदौ– जेन–जी समुहका प्रदर्शनकारीहरुले पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका नेता नन्दबहादुर पुनको घरमा आगजनी गरेका छन । प्रदर्शनकारीहरुले दहचोकस्थित पुनको घरमा आगजनी गरेका हुन । सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले...

प्रदर्शनकारी संसद भवनभित्र छिरे

२०८२ भदौ २४ गते १४:२०

काठमाण्डू, २४ भदौ– काठमाण्डूको बानेश्वरमा जारी जेन–जीका प्रदर्शनकारीहरू संघीय संसद भवनमा प्रवेश गरेका छन । जेनजीले सोमबार गरेको आन्दोलनमा प्रहरी दमन भएको विरोधमा उत्रिएका प्रदर्शनकारी संसद भवन प्रवेश गरेका हुन् । सोमबार पनि संसद भवन प्रवेश गरेका थिए । त्यसपछि प्रहरीले गोली चलाउँदा १९...

प्रदर्शनकारीले लगाए सिंहदरबारको मूल गेटमा आगो

२०८२ भदौ २४ गते १४:१७

काठमाण्डू, २४ भदौ– जेन–जी समुहका प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगो लगाएका छन् । आक्रोशित प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा मंगलबार दिउँसो आगो लगाएका हुन । प्रदर्शनकारीहरूले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक लगायतका नेताहरूको घरमा...

मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले दिए राजीनामा

२०८२ भदौ २४ गते १४:१३

काठमाण्डू, २४ भदौ– मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो पदबाट राजीनामा दिएका छन । जनमतका अध्यक्ष डा. सीके राउतको निर्देशनमा उनले राजीनामा दिएका पुष्टि गरेका छन । देशभर जेन–जी समुहले गरेको विरोध प्रदर्शनलाई मध्यनजर गरेर उनले आफ्नो पदबाट राजीनामा दिएका हुन ।...

शीर्ष नेताहरू सेनाको सुरक्षामा, नेताहरु भैरवनाथ गणमा

२०८२ भदौ २४ गते १४:०८

काठमाण्डू, २४ भदौ– जेन–जी समूहको प्रदर्शनले उग्र रूप लिएपछि शीर्ष नेताहरूलाई नेपाली सेनाले सुरक्षा दिएर राखेको छ । मन्त्री क्वार्टरबाट सबै मन्त्री, प्रमुख दलका शीर्ष नेताहरूलाई हेलिकोप्टरबाट उद्धार गरेर सेनाले भैरवनाथ गणमा राखेको छ । पछिल्लो अवस्थाको मूल्यांकन गर्दै सेनाले गम्भीर कदम चाल्न सक्ने...

अनेरास्ववियुको अध्यक्षबाट सुजन कडरियाले दिए राजीनामा

२०८२ भदौ २४ गते १४:०४

काठमाण्डू, २४ भदौ– एमाले निक विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) का अध्यक्ष सुजन कडरियाले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत पदबाट राजीनामाको घोषणा गरेका हुन् । सरकारले जेनजीहरूको प्रदर्शनलाई दबाउने प्रयास गरिरहेको उनले बताएका छन् । उनले ‘हिजो...

सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

२०८२ भदौ २४ गते १३:५९

काठमाण्डू, २४ भदौ– जेन–जी समुहका प्रदर्शनकारीहरु देशको प्रशासनिक केन्द्र सिंहदरबारभित्रै प्रवेश गरेका छन् । मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबार छिरेका हुन् । उनीहरू गेट तोडेर प्रवेश गरेका हुन् । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । अहिले...

भैंसेपाटीको मन्त्री क्वार्टरमा आगजनी

२०८२ भदौ २४ गते १३:४९

 काठमाण्डू, २४ भदौ– जेन–जी समुहका प्रदर्शनकारीले ललितपुरमा मन्त्री क्वार्टरमा आगजनी गरेका छन । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा आगजनी गरेका हुन् । सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानैबाट प्रदर्शन थप चर्को बन्दै गएको छ ।...

मीनभवन क्षेत्रमा ठूलो आगलागी

२०८२ भदौ २४ गते १३:४७

काठमाण्डू, २४ भदौ– काठमाण्डूको बानेश्वरमा जारी जेन–जी समुहको प्रदर्शनमा काठमाण्डूको मीनभवन क्षेत्रमा ठूलो आगलागी भइरहेको छ। आगो विस्तार हुँदै फैलिँदै गएको स्थानीयहरूले बताएका छन् । नयाँ बानेश्वर क्षेत्र आज पनि तनावग्रस्त छ। प्रदर्शनकारीहरू आज पनि संघीय संसद् भवनभित्र प्रवेश गर्ने प्रयास गरिरहेका छन् ।...

गगन थापाको घरमा आगजनी

२०८२ भदौ २४ गते १३:४२

काठमाण्डू, २४ भदौ– पूर्व मन्त्री एवं कांग्रेस महामन्त्री गगन थापाको घरमा जेन–जी समुहका प्रदर्शनकारीले आगजनी गरेका छन् । उनीहरूले महामन्त्री थापाको रातोपुलस्थित घरमा आगजनी गरेका हुन् । उनीहरूले गगन थापाको घरमा रहेको गाडीमा सुरूमा आगजनी गरेका थिए । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि आन्दोलनमा...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द, सेनाको नियन्त्रणमा

२०८२ भदौ २४ गते १३:३३

काठमाण्डू, २४ भदौ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द भएको छ । गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिएका छन । आकासमा रहेका जहाजलाई...

हिल्टन होटलमा आगजनी

२०८२ भदौ २४ गते १३:३१

काठमाण्डू, २४ भदौ– काठमाण्डूको नक्सालस्थित हिल्टन होटलमा जेन–जी समुहका प्रदर्शनकारीले आगजनी गरेका छन । उनीहरुले केहीबेरअघि हिल्टन होटलमा आगजनी गरेका हुन् । प्रहरी प्रधान कार्यालय नजिकै रहेको उक्त होटलमा आगजनी भएको हो । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us